भालुको लिङ्ग काटेर खाने सिकारी पक्राउ « Khabarhub

भालुको लिङ्ग काटेर खाने सिकारी पक्राउ


७ कार्तिक २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

एजेन्सी– भालु मारेर तिनको लिङ्ग खाने एक सिकारीलाई भारतीय प्रहरीले पक्राउ गरेको छ ।

यार्नेन नामले चिनिने ति व्यक्तिले धेरै वर्षदेखि फरार रहेका उनलाई पक्राउ गर्न सक्नुलाई प्रहरीले ठूलो सफलता मानेको छ ।

भारतको एउटा राष्ट्रिय निकुञ्जमा गुप्ताङ्ग काटिएका भाले भालुका शवहरू फेला परेपछि शिकारीको खोजीलाई तिव्रता दिइएको थियो ।

यार्नेन नाम गरेकी ति सिकारी फिरन्ते आदिवासी समुदायका हुन् । उनको समुदायमा भालुको लिङ्ग सेवन गर्दा यौन उत्तेजना बढ्ने अन्धविश्वास भएको मध्यप्रदेश वन विभागका रितेश सिरोठियाले बताए ।

यार्नेन अक्टोबर १९ मा गुजरात राज्यमा पक्राउ परेका हुन् । उनी मध्य र पश्चिम भारतमा बाघ तथा अन्य लोपोन्मुख जनावरको अवैध सिकार र तस्करीमा संलग्न एक प्रमुख व्यक्ति भएको बताइन्छ ।

प्रहरीबाट जोगिन उनले विभिन्न छद्म नाम प्रयोग गर्ने गरेको बीबीसीले जनाएको छ । तर प्रहरीले उनीमाथि कुनै अभियोग लगाइसकेको छैन ।

उनलाई बुधवार अदालतमा उपस्थित गराइएको थियो र अहिले उनी हिरासतमा छन् ।

यार्लेन सबैभन्दा पहिले सन् २०१३ मा पक्राउ परेका थिए । त्यतिखेर प्रहरीले लिङ्ग र पित्तको थैली निकालिएका दुईवटा भालुका शव फेला पारेका थिए । जेलमा एक वर्ष बिताएर जमानतमा रिहा भएपछि उनी फरार भएको प्रहरीको भनाइ छ ।

भालुको कलेजोमा बन्ने पित्त उसको पित्ताशयमा जम्मा हुन्छ। भालुको पित्तलाई परम्परागत चिनियाँ उपचार पद्धतिमा कामोत्तजक औषधिका रूपमा प्रयोग गरिन्छ ।

प्रकाशित मिति : ७ कार्तिक २०७६, बिहीबार  १ : ३४ बजे

डीपफेकविरुद्ध सामन्थाको कानुनी लडाइँ, अदालतले भन्यो- ‘नाम, तस्बिर र आवाजको दुरुपयोग गर्न पाइँदैन’

काठमाडौं– एआईको प्रयोग गरेर आफ्नो तस्बिर, आवाज र पहिचानसँग जोडिएका

गोलञ्जोर आधारभूत अस्पतालमा शव परीक्षण सुरु

काठमाडौं– सिन्धुली जिल्लाको गोलञ्जोरस्थित आधारभूत अस्पतालमा शव परीक्षण सेवा सुरु

सदनमा उठाइएका आवाजबारे सरकार गम्भीर भएन : उपनेता हमाल

काठमाडौं– नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का संसदीय दलका उपनेता प्रमेशकुमार हमालले

६ महिनामा सरकारको ‘फासीवादी’ प्रवृत्ति देखियो : नेता थापा

काठमाडौं–  नेकपा एमाले संसदीय दलका नेता रामबहादुर थापाले वर्तमान सरकारको

सुरक्षा निकायबाट पनि खाना पकाउने ग्यास वितरण गर्न अनुमति दिने तयारी

काठमाडौं– उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव रुद्रसिंह तामाङले सुरक्षा