रामदेवविरुद्धका भिडियो हटाउन फेसबुक र गुगललाई अदालतको आदेश « Khabarhub

रामदेवविरुद्धका भिडियो हटाउन फेसबुक र गुगललाई अदालतको आदेश


७ कार्तिक २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी- दिल्ली उच्च अदालतले सामाजिक सञ्जाल फेसबुक, गुगल, युट्युब र ट्वीटरलाई योग गुरु रामदेवविरुद्धका आपत्तिजनक भिडियो तथा सामग्री विश्वभर हटाउन आदेश दिएको छ ।

भारतका प्रयोगकर्ताका लागि मात्रै त्यस्ता आपत्तिजनक भिडियो सामग्रीहरु हेर्न प्रतिबन्ध लगाउनु उचित नभएकाले विश्वभरबाटै प्रतिबन्धका लागि यस्तो आदेश दिइएको न्यायाधीश प्रतिभा एम सिंहको तर्क छ । भारतमा मात्रै प्रतिबन्ध लगाउने हो भने सामाजिक सञ्जालमा रहिरहने त्यस्ता सामग्री प्रयोगकर्ताले अन्य कुनै माध्यमबाट हेर्न सक्ने अदालतको ठहर छ ।

आपत्तिजनक कुनै पनि भिडियो सामग्रीलाई विश्वभरमै रोक्नका लागि सामाजिक सञ्जालहरुलाई अदालतले आदेश दिएको हो ।

यसअघि सामाजिक सञ्जालका सम्बन्धित कम्पनीले आपत्तिजनक त्यस्ता सामग्रीको लिंक (युआरएल) भारतमा प्रतिबन्ध गर्न कुनै आपत्ति नहुने जनाउँदै विश्वभरका लागि भने त्यसो गर्न नसक्ने जवाफ दिएका थिए ।

अदालतले गत वर्षको सेप्टेम्बरमा रामदेवसँग सम्बन्धित पुस्तकमा लेखिएका मानहानिजनक अंश हटाउन आदेश दिएको थियो । ती आपत्तिजनक पुस्तकका अंश सामाजिक सञ्जालमा धेरैले पोस्ट तथा सेयर गर्दै आएका छन् ।

प्रकाशित मिति : ७ कार्तिक २०७६, बिहीबार  २ : ४४ बजे

१५ वर्षदेखि अधुरै कमला पुल, जोखिम मोलेर नदी तर्न बाध्य यात्रु (तस्बिरहरू)

सिरहा– हुलाकी राजमार्गअन्तर्गत सिरहा र धनुषाको सीमा नदी कमलामा निर्माणाधीन

रायो र मूलाखेती प्रवर्द्धन गर्न टेम्केमैयुङद्वारा खरिद पूर्वसम्झौता

भोजपुर– भोजपुरको टेम्केमैयुङ गाउँपालिकाले किसानलाई व्यावसायिक कृषितर्फ आकर्षित गर्दै रायो

बालिका बलात्कार र हत्या आरोपित किशोरको बयानको भिडियो भाइरल : प्रहरीले थाल्यो छानबिन

काठमाडौँ – बारामा तीन वर्षीया बालिकाको बलात्कारपछि हत्या गरिएको जघन्य

इतिहासलाई पर्यटनसँग जोड्दै मकवानपुरगढी दरबार

बागमती– मकवानपुर जिल्लाको मकवानपुरगढी गाउँपालिका–२ मा अवस्थित मकवानपुरगढी दरबार तत्कालीन

विश्वविद्यालयका पदाधिकारीद्वारा आङ्गिक क्याम्पस निरीक्षण

चितवन– चितवनस्थित कृषि तथा वन विज्ञान विश्वविद्यालय रामपुरको उपकुलपति, ‘रजिष्ट्रार’