युवा परिचालन कार्यक्रम पहिचान गर्न समिति गठन « Khabarhub

युवा परिचालन कार्यक्रम पहिचान गर्न समिति गठन


७ कार्तिक २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- सरकारले युवा परिचालनका लागि कार्यक्रम पहिचान गर्न युवा तथा खेलकूद मन्त्रालयका सचिव रामप्रसाद थपलियाको संयोजकत्वमा समिति गठन गरेको छ ।

सरकारले यस आर्थिक वर्षलाई युवा परिचालन वर्ष मनाउने निर्णय गरेसँगै युवालाई कसरी, कुन कुन क्षेत्रमा परिचालन गर्ने भन्नका लागि समिति गठन गरिएको मन्त्रालयका युवा परिचालन तदर्थ परामर्श शाखाका प्रमुख कृष्णप्रसाद बस्यालले जानकारी दिए ।

समितिमा राष्ट्रिय युवा परिषद्का प्रमुख प्रशासकीय अधिकृत सदस्य–सचिव रहेको समितिमा युवा तथा खेलकूद मन्त्रालयका सहसचिव र युवाका क्षेत्रमा काम गर्ने विभिन्न सङ्घसंस्थाका प्रतिनिधि सदस्य रहेका छन् । उनका अनुसार समितिले आगामी मङ्सीर १५ गतेभित्र युवा परिचालन वर्षमा युवालाई कुन–कुन क्षेत्रमा परिचालन गर्ने भनेर प्रतिवेदन तयार पार्नेछ ।

समितिले तयार पारेको आधारमा नै युवालाई परिचालन गरिने सरकारको तयारी रहेको छ । उनले आर्थिक, सामाजिक, सांस्कृतिक क्षेत्रमा युवालाई परिचालन गरिने समेत जानकारी गराए । ‘‘युवा आफैँले कुन–कुन क्षेत्रमा काम गर्न इच्छुक छन् । सोही आधारमा उनीहरुलाई परिचालन गरिनेछ’’ उनले भने,“ यस आर्थिक वर्षको कम्तीमा तीन/चार महिना भए पनि युवालाई परिचालन गर्ने तयारी रहेको छ ।”

सरकारले घोषणा गरेको नीति तथा कार्यक्रम र बजेटमार्फत युवाको जाँगर, समृद्धिको आधारलाई सार्थक तुल्याउन युवा परिचालन वर्षको रुपमा सरकारले मनाउने तयारी गरेको छ ।

सरकारले प्रदेश र स्थानीय तहको सहकार्यमा शैक्षिक संस्था, नेपाल स्काउट, राष्ट्रिय युवा परिषद् र विभिन्न गैरसरकारी संस्थाबाट युवा परिचालनमार्फत् लैङ्गिक, जातीय र छुवाछुतलगायत सामाजिक विभेद्को अन्त्य गर्न जनचेतना जगाउने जस्ता कार्य, मानवीय सेवा, विपद् व्यवस्थापन, वातावरण संरक्षण र वृक्षरोपणजस्ता कार्य गर्ने सरकारको तयारी रहेको छ ।

प्रकाशित मिति : ७ कार्तिक २०७६, बिहीबार  ४ : ५५ बजे

तोलामा ३ हजार रुपैयाँले बढ्यो सुनको मूल्य, कतिमा भइरहेको छ कारोबार ?

काठमाडौं– स्थानीय बजारमा आज पनि सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी

मधेसका आठ जिल्ला शाखालाई सञ्चार सामग्री हस्तान्तरण

जनकपुरधाम– मधेस प्रदेश सरकारले प्रदेशका आठवटै जिल्लाका नेपाल पत्रकार महासङ्घ

सम्बन्धविच्छेदको चर्चाबीच गोविन्दा-सुनिताको सम्बन्धमा नयाँ ट्विस्ट, आखिर के भयो ?

बलिउडमा कलाकारको फिल्मी करियरसँगै उनीहरूको निजी जीवन सधैँ चर्चाको विषय

राष्ट्र बैंकद्वारा ८५ अर्ब रुपैयाँको निक्षेप संकलन गर्दै

काठमाडौं– नेपाल राष्ट्र बैंकको मौद्रिक व्यवस्थापन विभागले वित्तीय बजारबाट ८५

धितो लिलामी मुद्दामा बैंकका अधिकारीमाथि मुद्दा चलाएकोप्रति सिबिफिनको आपत्ति

काठमाडौं- नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले गरेको धितो लिलामीको नियमित प्रक्रियालाई