यी हुन् मन्त्रिपरिषद बैठकले गरेका १७ निर्णय « Khabarhub

यी हुन् मन्त्रिपरिषद बैठकले गरेका १७ निर्णय


७ कार्तिक २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं–  सरकारले चालु आर्थिक वर्षका लागि धानको न्यूनतम समर्थन मूल्य तोकेको छ ।

कात्तिक ५ गते बसेको मन्त्रिपरिषदको बैठकले प्रतिक्विन्टल मोटा धानको २ हजार ५ सय ३२ रुपैयाँ ८० पैसा र मध्यम धानको २ हजार ६ सय ७३ रुपैयाँ १६ पैसा तोक्ने निर्णय गरेको सरकारका प्रवक्ता एवं सञ्चार तथा प्रविधिमन्त्री गोकुलप्रसाद बास्कोटाले जानकारी दिए ।

मन्त्रिपरिषदले गरेका १७ निर्णय बिहीबार सार्वजनिक गर्दै मन्त्री बास्कोटाले सहसचिव रामकृष्ण सुवेदीलाई सचिव पदमा बढुवा गर्ने निर्णय गरेको बताए । सुवेदी हाल गृहमन्त्रालयको प्रवक्ताका रुपमा कार्यरत छन् ।

यस्तै बैठकले करका दरहरु पुनरावलोकन गर्न स्वीकृति दिने निर्णय गर्नुका साथै काठमाडौं उपत्यकाभित्रको तारहरु व्यवस्थित गर्न दूरसञ्चार प्राधिकरणलाई निर्देशन दिएको छ ।

यसैगरी कात्तिक १३ गते किजा पूजाको दिन सार्वजनिक बिदा दिने, नेपाली सेनाका लेखा उपरथी भुवन बहादुर अधिकारी क्षेत्री र महासेनानी आशिष प्रसाद उपाध्यायको राजीनामा स्वीकृतलगायतका १७ वटा निर्णय गरेको छ ।

प्रकाशित मिति : ७ कार्तिक २०७६, बिहीबार  ५ : ११ बजे

निर्वाचन परिणाम अपेक्षित भएन, जनमतको सम्मान गर्छु : एमाले अध्यक्ष ओली

काठमाडौँ – नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले प्रतिनिधि

यस्तो बन्दैछ जेन-जी शहीद स्मारक पार्क (तस्बिरहरू)

काठमाडौं– गत भदौ २३ र २४ गते भएको जेन–जी आन्दोलनका

दुई तिहाइको रास्वपा सरकार र बालेनको काँधमा स्वास्थ्य सुधारको भार

काठमाडौँ – प्रतिनिधि सभा निर्वाचन २०८२ को नतिजा सार्वजनिक भएसँगै

पश्चिम एसिया सङ्कट : आपत्कालीन प्रतिकार्य टोलीको बैठक

काठमाडौँ– परराष्ट्रसचिव अमृतबहादुर राईको संयोजकत्वमा गठित आपत्कालीन प्रतिकार्य टोलीको दोस्रो

पच्चीस लाख ठगेको अभियोगमा पक्राउ

काठमाडौँ– वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी ग्रीस पठाइदिन्छु भन्दै