निर्वाचन परिणाम अपेक्षित भएन, जनमतको सम्मान गर्छु : एमाले अध्यक्ष ओली « Khabarhub

निर्वाचन परिणाम अपेक्षित भएन, जनमतको सम्मान गर्छु : एमाले अध्यक्ष ओली

'जनताको फैसला शिरोधार्य छ, फेरि जनताकै बीचमा जान्छौँ'


२८ फाल्गुन २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


105
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले प्रतिनिधि सभा निर्वाचनको परिणाम आफ्नो अपेक्षाअनुसार नआएको बताएका छन्। निर्वाचनको अन्तिम नतिजा सार्वजनिक भएपछि प्रतिक्रिया दिँदै उनले लोकतन्त्रमा जनताको फैसला नै अन्तिम हुने र त्यसलाई आफ्नो पार्टीले शिरोधार्य गर्ने उल्लेख गरेका हुन्।

अध्यक्ष ओलीले निर्वाचनमा एमालेले सोचेजस्तो परिणाम ल्याउन नसकेको स्वीकार गर्दै जनताको मतलाई पूर्ण सम्मानका साथ स्वीकार गर्ने स्पष्ट पारेका छन्। “लोकतन्त्रमा अन्तिम फैसला जनताकै हुन्छ र त्यो फैसला शिरोधार्य गर्नु म र मेरो पार्टीको कर्तव्य हो,” उनले भनेका छन्।

कठिन घडीमा पनि सूर्य चिह्नमा मतदान गर्ने मतदाता, नेता, कार्यकर्ता, स्वयंसेवक र शुभेच्छुकप्रति उनले हार्दिक धन्यवाद व्यक्त गरेका छन्। उनले मतदाताको विश्वास र साथ नै आफ्नो पार्टीको मुख्य शक्ति र ताकत भएको उल्लेख गरेका छन्।

निर्वाचनको परिणाम आफ्नो पक्षमा नआए पनि जनताप्रतिको प्रतिबद्धता र सेवाभाव कत्ति पनि कमजोर नभएको ओलीको भनाइ छ। “हामी जनताकै बीचमा रहनेछौँ र जनताकै लागि काम गरिरहनेछौँ,” उनले भनेका छन्, “विश्वासको यो सम्बन्धलाई अझ बलियो बनाउँदै हामी अघि बढ्नेछौँ।”

प्रकाशित मिति : २८ फाल्गुन २०८२, बिहीबार  १० : ३५ बजे

काठमाडाैंमा विश्वकपका खेल प्रदर्शन गर्न अनुमति लिनुपर्ने

काठमाडौं – फिफा विश्वकप फुटबल-२०२६ का खेल काठमाडौँ जिल्लाभित्र सामूहिक

बिहीबार राति ईरानमाथि ठूलो हमला गर्ने ट्रम्पको चेतावनी

काठमाडौं – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ईरानविरुद्ध थप सैन्य कारबाहीको

एउटै बस्तीबाट दैनिक आठ सय लिटर दूध उत्पादन

पर्वत – पर्वतको जलजला गाउँपालिका-८ को फर्से बस्तीबाट दैनिक ८००

फिफा विश्वकपको उद्घाटन खेलमा मेक्सिको र दक्षिण अफ्रिका भिड्ने, ‘हेड टु हेड’मा को बलियो ?

काठमाडौं – फिफा विश्वकप फुटबल–२०२६ आज रातिबाट औपचारिक रूपमा सुरु

बालबालिकाका लागि बालमैत्री खेलको वातावरण निर्माण गर्न अनुरोध

काठमाडौं – राष्ट्रिय बालअधिकार परिषद्ले बालबालिकाका लागि सुरक्षित, समावेशी, पहुँचयोग्य,