उमेर अगाडि नै बुढ्यौली आए यी ५ कुरामा ध्यान दिनुहोस् « Khabarhub

उमेर अगाडि नै बुढ्यौली आए यी ५ कुरामा ध्यान दिनुहोस्


७ कार्तिक २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

आफ्नो उमेरभन्दा जवान देखिन कसलाई पो मन हुँदैन र ? तर आजकलका अधिकाशं मानिस उमेरभन्दा बूढो देखिने गर्दछन् ।

यसको मुख्य कारण भनेको स्वास्थ्यको हेरचाह नहुनु र जंक तथा फास्टफुड लगायतका हानिकारक वस्तुको सेवन र शारीरिक ब्यायामको अभाव नै हो । यस्तो बानीले मानिस उमेरभन्दा छिट्टै बूढो देखिन्छ । बूढो भएपछि दाँत र शरीर कमजोर हुन्छ, गाला चाउरी पर्छ तथा आँखा मुनि कालो हुँदै जान्छ । डिप्रेसनमा रहेका ब्यक्ति, धेरै नुनको सेवन गर्ने र नशाका रोगीहरुमा छिट्टै बुढ्यौलिपना आउँछ ।

तर आजकल अधिकाशं युवामा यी लक्षणहरु उमेर नपुग्दै देखिन थालेको छ । यदि तपाईं जवान देखिन चाहनुहुन्छ भने तलका टिप्सको पालना गर्नुहोस्, यसले तपाईलाई जवान राख्न केही हदसम्म मद्दत गर्छ :

१. धेरै पानी पिउनु हुँदैन

धेरै पानी पिउने बानी छ भने यसलाई सुधार गर्नुहोस् । धेरै पानी पिउँदा मृर्गौलामा अत्याधिक दवाब पर्न गई पछि गएर काम गर्ने क्षमता गुम्दै जान्छ । यसले पनि बुढ्यौली निम्त्याउँछ ।

२. अबेर रातिसम्म जागा नबस्नुहोस्

मोबाइल चलाउने बानीले आजकलका धेरै मानिस अबेर रातिसम्म सुत्दैनन् । तर राति ढिलो गरी सुत्ने मानिसको आँखामुनि कालो घेरा देखिन्छ । जसले मानिसलाई छिटो बूढो देखाउने गर्दछ ।

३. मसलायुक्त खाना नखानुहोस्

शरीरले धेरै मसलायुक्त खाना पचाउँन सक्दैन । अझ कम चपाएर खाइएको खाना पचाउन शरीरलाई निकै बल पर्छ । यस्तोमा मानिसको आन्द्रामा भार पर्न गई शरीरको ऊर्जा सकिन्छ र छिट्टै बुढ्यौली आउँछ ।

४. शारीरिक ब्यायाम गर्नुहोस्

आजकलका मानिस शारीरिक मेहनत कम गर्छन् । पसिना बगाउँदैनन् । शारीरिक ब्यायाम समेत हुँदैन । यस्तोमा शरीरका कोशिकामा परिवर्तन आउँछ र बुढ्यौलीपना बढ्दै जान्छ ।

५. समयमा दिशापिसाब गर्नुहोस्

कामको ब्यस्तता वा अन्य कारणले मानिसहरु धेरै बेर दिशापिसाब रोकेर बस्छन् । यसो गर्दा मृर्गौला र आन्द्रामा दवाब पर्न गई गम्भीर रोगमा परिणत हुन्छ । र बिस्तारै बुढ्यौलीपना देखिन्छ ।

प्रकाशित मिति : ७ कार्तिक २०७६, बिहीबार  ६ : ४२ बजे

पाक-अफगान सीमा तनाव चुलियो

बिहसुद– पाकिस्तानले आइतबार छिमेकी अफगानिस्तानको सीमा क्षेत्रमा गरेको व्यापक हवाई

मेची भन्सारबाट आठ अर्ब ६१ करोड बढीको अलैँची निर्यात

भद्रपुर– मेची भन्सार कार्यालयबाट चालु आर्थिक वर्ष २०८२/८३ को माघ

पेट्रोलमा १० प्रतिशत इथानोल मिसाउने नीति कार्यान्वयनको तयारीमा

काठमाडौं–  नेपालमा पेट्रोलमा १० प्रतिशत इथानोल मिसाउने नीति शीघ्र कार्यान्वयनमा ल्याउने

हिन्दू र मुस्लिम समुदायलाई संयमता अपनाउन पूर्वप्रधानमन्त्री नेपालको आग्रह

काठमाडौं– पूर्वप्रधानमन्त्री एवं नेपाली कम्युनिष्ट पार्टीका सहसंयोजक माधवकुमार नेपालले रौतहटको गौर

जेन-जी आन्दोलनका घाइतेको विवरण पठाउन अन्तिम सूचना

काठमाडौं– स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जेन-जी आन्दोलनका क्रममा घाइते भएकाहरूको