यस्तो संस्था जहाँ कर्मचारी आफैँले तोक्छन्, आफ्नो तलब « Khabarhub

यस्तो संस्था जहाँ कर्मचारी आफैँले तोक्छन्, आफ्नो तलब


७ कार्तिक २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी- तलब, अर्थात श्रम गरे बापत पाउने पारिश्रमिक हरेक संस्था वा कम्पनीले आफ्नो नियमानुसार तोक्ने गर्दछन् ।

कर्मचारीलाई प्रदान गरिने तलब कुनै पनि संस्था, कम्पनी वा कार्यालयले आफैँ तोक्ने गर्दछन् ।

यो रीत विश्वभर नै छ । तपाईं हामी सबैले कार्यालयले तोकेको तलबमा नै काम गर्दै आएका छौँ । किनकी कर्मचारी वा कामदारलाई आफ्नो तलब आफैं तोक्ने अधिकार हुँदैन ।

बरु तलब भत्ताका बिषयमा केही आपसी समझदारी भने हुनसक्छ । तर विश्वमा एउटा यस्तो संस्था पनि छ, जहाँ काम गर्ने कर्मचारीले आफैँले आफ्नो तलब तोक्ने गर्दछन् । यतिमात्र होइन, मन लागेमा आफ्नो तलब आफैँ बढाउन पनि सक्छन् ।

बेलायतको राजधानी लण्डनमा रहेको ग्रान्ट ट्रि लिमिटेड नामक संस्थाका कर्मचारीले आफ्नो तलब आफैँ तोक्न पाउने नियम छ । ग्रान्ट ट्री विभिन्न व्यावसायिक फर्मलाई सरकारी कोष दिलाउन सहयोग गर्ने संस्था हो ।

उक्त संस्थामा कार्यरत २५ वर्षीया सिसलिया मन्डुकाले आफ्नो तलब वार्षिक ७ हजार डलर बढाएकी हुन् । मन्डुकाले वार्षिक ३० हजार डलर रहेको आफ्नो तलब बढाएर ३७ हजार डलर पुर्याएकी हुन् ।

खासमा ग्रान्टमा आफ्नो तलब बढाउन सहकर्मीको सर्मथन चाहिँदो रहेछ । सहकर्मीले सर्मथन गरेमा हरेक कर्मचारीले आफ्नो तलब बढाउन वा तोक्न पाउने स्वतन्त्रता छ ।

तस्बिर : ग्रान्ट ट्री डट को डट यूके

प्रकाशित मिति : ७ कार्तिक २०७६, बिहीबार  ७ : २८ बजे

राजनीतिक नियुक्तिबारे सरकारसँग छलफल गर्न माग

काठमाडौं– सांसदहरूले नयाँ राजनीतिक नियुक्तिहरूको विषयमा सरकारसँग छलफल गर्न माग

नर्सिङ काउन्सिलले पायो नयाँ नेतृत्व

काठमाडौं– नेपाल नर्सिङ काउन्सिलले नयाँ नेतृत्व पाएको छ । सरकारले

पछिल्लो २४ घण्टामा एक हजार १७३ सवारीसाधन कारबाहीमा

काठमाडौं– काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले पछिल्लो २४ घण्टामा विभिन्न

‘गेटामा यही शैत्रिकसत्रदेखि तीन सय शय्याको शिक्षण अस्पताल सञ्चालन हुन्छ’

सुदूरपश्चिम– सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयले यसै शैक्षिकसत्रमा ३००