यस्तो संस्था जहाँ कर्मचारी आफैँले तोक्छन्, आफ्नो तलब | Khabarhub Khabarhub

यस्तो संस्था जहाँ कर्मचारी आफैँले तोक्छन्, आफ्नो तलब


७ कार्तिक २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी- तलब, अर्थात श्रम गरे बापत पाउने पारिश्रमिक हरेक संस्था वा कम्पनीले आफ्नो नियमानुसार तोक्ने गर्दछन् ।

कर्मचारीलाई प्रदान गरिने तलब कुनै पनि संस्था, कम्पनी वा कार्यालयले आफैँ तोक्ने गर्दछन् ।

यो रीत विश्वभर नै छ । तपाईं हामी सबैले कार्यालयले तोकेको तलबमा नै काम गर्दै आएका छौँ । किनकी कर्मचारी वा कामदारलाई आफ्नो तलब आफैं तोक्ने अधिकार हुँदैन ।

बरु तलब भत्ताका बिषयमा केही आपसी समझदारी भने हुनसक्छ । तर विश्वमा एउटा यस्तो संस्था पनि छ, जहाँ काम गर्ने कर्मचारीले आफैँले आफ्नो तलब तोक्ने गर्दछन् । यतिमात्र होइन, मन लागेमा आफ्नो तलब आफैँ बढाउन पनि सक्छन् ।

बेलायतको राजधानी लण्डनमा रहेको ग्रान्ट ट्रि लिमिटेड नामक संस्थाका कर्मचारीले आफ्नो तलब आफैँ तोक्न पाउने नियम छ । ग्रान्ट ट्री विभिन्न व्यावसायिक फर्मलाई सरकारी कोष दिलाउन सहयोग गर्ने संस्था हो ।

उक्त संस्थामा कार्यरत २५ वर्षीया सिसलिया मन्डुकाले आफ्नो तलब वार्षिक ७ हजार डलर बढाएकी हुन् । मन्डुकाले वार्षिक ३० हजार डलर रहेको आफ्नो तलब बढाएर ३७ हजार डलर पुर्याएकी हुन् ।

खासमा ग्रान्टमा आफ्नो तलब बढाउन सहकर्मीको सर्मथन चाहिँदो रहेछ । सहकर्मीले सर्मथन गरेमा हरेक कर्मचारीले आफ्नो तलब बढाउन वा तोक्न पाउने स्वतन्त्रता छ ।

तस्बिर : ग्रान्ट ट्री डट को डट यूके

प्रकाशित मिति : ७ कार्तिक २०७६, बिहीबार  ७ : २८ बजे

प्रतिनिधिसभा बैठक बस्दै, यस्तो छ कार्यसूची,

काठमाडौं– सङ्घीय संसद अन्तर्गत प्रतिनिधिसभाको बैठक दिउँसो २ बजे संसद

हमास नेता सिनवरको शव पहिचान भएको इजरायको दाबी

काठमाडौं – इजरायली सेनाले गाजामा हमासका प्रमुख याया सिनवरको शव

बुइपामा १ सय १० फिट अग्लो यलम्बरको प्रतिमा निर्माण

खोटाङ- खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका– १४ बुइपामा किरातकालीन प्रथम

पाल्पाको रिमिघा लेकमा यार्सागुम्बा फेला

पाल्पा- रम्भा गाउँपालिका– २ फोक्सिङकोट र  वडा नम्बर ३ रिमिघा

अल्काराजलाई फ्रेन्च ओपनको उपाधि

काठमाडौं – कार्लोस अल्काराजले फ्रेन्च ओपन टेनिसको उपाधि रक्षा गरेका