‘हामी यस्तै त हो नि ब्रो’ युट्युबबाट हटाइयो | Khabarhub Khabarhub

‘हामी यस्तै त हो नि ब्रो’ युट्युबबाट हटाइयो


७ कार्तिक २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – चर्चित र्‍यापर भिटेनको लोकप्रिय गीत ‘हामी यस्तै त हो नि ब्रो’ लाई प्रहरीले युट्युबमा हटाएको छ । उक्त गीतमा प्रयोग गरिएका शब्द अश्लील भएको भन्दै प्रहरीले भिटेनको उक्त गीत हटाएको हो ।

पछिल्लो समय र्‍याप गीत सुन्ने स्रोतामाझ ‘हामी यस्तै त हो नि ब्रो’ निकै लोकप्रिय थियो ।  टिकटकमा समेत भिटेनले गाएको यो गीत लोकप्रिय बनेको थियो ।

भिटेनलाई प्रहरीले अभद्र व्यवहार कसुरमा मुद्दा चलाउने तयारी गरेको छ । बिहीबार झम्सीखेलबाट भिटेनलाई प्रहरीले पक्राउ गरेको थियो ।

महानगरीय प्रहरी अपराध महाशाखाका एसएसपी सहकुल थापाले सामाजिक विकृतिलाई मलजल गर्ने गीत भएका कारण पक्राउ गरेको बताएका छन् ।

यता र्‍यापरहरुले भने फ्री भिटेन अभियान चलाएका छन् । सामाजिक सञ्जालमा समेत कलामाथि अंकुश लगाउन खोजेको भन्दै विरोध भएको छ ।

प्रहरीले यसअघि दुर्गेश थापालाई पनि सामाजिक सद्भाव खलबलाउने गीत गाएको भन्दै प्रहरीले पक्राउ गरेको थियो ।  गायक थापाले ‘ह्याप्पी तिहार, चिसो बियर’ बोलको गीतमा गाँजा सेवन गर्न प्रेरित गरेको भन्दै गीत हटाउन लगाइएको थियो ।

प्रकाशित मिति : ७ कार्तिक २०७६, बिहीबार  ७ : ३० बजे

मितेरी पुल बगाउँदा कैलाश मानसरोवर जाने यात्रु समस्यामा

काठमाडौं– पर्वतीय पर्यटक व्यवसायीको छाता संस्था ट्रेकिङ एजेन्सीज् एशोसियशन अफ

खैरो हेरोइनसहित ४ जना पक्राउ

धनगढी– कैलालीमा लागूऔषध खैरो हेरोइनसहित चारजना पक्राउ परेका छन् ।

बैतडीमा जीप दुर्घटना, दुई जनाको मृत्यु, ६ घाइते

बैतडी– बैतडीमा जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ

ट्रम्पलाई अचम्ममा पार्ने लाइबेरियाको विगत

लाइबेरिया खेलकुद जगतमा पहिलो पटक चर्चामा सन् १९९५ मा आएको

बर्सातका कारण सुनसान बने ‘होमस्टे’

बागलुङ– बागलुङमा सबैभन्दा बढी चर्चित छ भकुण्डेको अतिथि सत्कार घरबास