अपराध रोक्न प्रहरीद्वारा २३ हजार साझेदार समितिसँग सहकार्य | Khabarhub Khabarhub

अपराध रोक्न प्रहरीद्वारा २३ हजार साझेदार समितिसँग सहकार्य


७ कार्तिक २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपाल प्रहरीले अपराध रोकथाम र शान्तिसुरक्षा कायम राख्न देशभर २३ हजारभन्दा बढी साझेदार समिति निर्माण गरेको छ ।

‘हर प्रहर, गाउँ र नगरी, टोलटोलमा नेपाल प्रहरी’ भन्ने मूल नाराका साथ २०७५ कात्तिक ११ गतेदेखि शुरु भएको ‘समुदाय–प्रहरी साझेदारी’ कार्यक्रमअन्तर्गत उक्त साझेदार समिति निर्माण गरिएको हो ।

स्थानीय तह, समुदाय, सामाजिक संस्था र विद्यालयसँग साझेदारी गरी समाजमा हुने अपराध न्यूनीकरण गर्ने लक्ष्य राखेको प्रहरीले सबै क्षेत्रमा समिति निर्माण गरिसकेको छ ।

नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता, प्रहरी नायब महानिरीक्षक विश्वराज पोखरेलले देशभर २३ हजार जिल्ला समिति, पालिका समिति, वडा समिति, टोल समिति र विद्यालय समिति निर्माण गरिएको जानकारी दिए ।

गृहमन्त्रालयबाट जारी ८२ बुँदे ‘गृह प्रशासन सुधार योजना’ र प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालको १० बुँदे प्राथमिकताका आधारमा शुरु भएको ‘समुदाय–प्रहरी साझेदारी’ कार्यक्रमलाई हरेक जिल्ला, स्थानीय तह र गाउँसम्म पुर्‍याइएको छ ।

प्रहरी प्रधान कार्यालयका अनुसार एक वर्षको अवधिमा ७३ लाखभन्दा बढी नागरिकसँग समुदाय–प्रहरी साझेदारीसम्बन्धी अन्तर्क्रिया तथा अपराध रोकथामसम्बन्धी सचेतना कार्यक्रम सञ्चालन गरिएको छ ।

प्रकाशित मिति : ७ कार्तिक २०७६, बिहीबार  ९ : ४० बजे

सीमानाका आवातजावतमा कडाइ

सुदूरपश्चिम – नेपालको पछिल्लो अवस्थालाई ध्यानमा राखी सुदूरपश्चिम प्रदेशका सीमानाकामा

जेन-जी आन्दोलन : ज्यान गुमाउनेको संख्या ३० पुग्यो, हजार बढी घाइते

काठमाडौं – जेनजीहरुको प्रदर्शनमा ज्यान गुमाउनेको संख्या ३० पुगेको छ

जेन-जीलाई ओलीको सन्देश – तिमीहरूको निर्दोष अनुहार देखाएर गलत राजनीति गर्ने प्रयास भयो

काठमाडौँ – नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले जेन-जी

आपसमा विवाद गरेपछि सेनाले जङ्गीअड्डाको गेटबाटै फर्काइदियो जेन-जी समूहलाई

काठमाडौँ – सैनिक मुख्यालय जङ्गीअड्डाको गेटमा भावी सरकारको नेतृत्वमा आ-आफूले

सेनापतिसँगको फोटो सार्वजनिक गर्दै दुर्गा प्रसाईँले भने – ‘दिनभर छलफल भयो, नेतृत्वको मोह छैन भनेँ’

काठमाडौँ – मेडिकल व्यवसायी तथा राजावादी आन्दोलनका पूर्वकमाण्डर दुर्गा प्रसाईँले