त्रिवि उपकुलपतिको कार्यालयमा तालाबन्दी | Khabarhub Khabarhub

त्रिवि उपकुलपतिको कार्यालयमा तालाबन्दी


७ कार्तिक २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- विद्यार्थी संगठनले वरिष्ठ प्राध्यापकलाई त्रिभुवन विश्वविद्यालय जनप्रशासन विभागको प्रमुखमा नियुक्त गर्नुपर्ने माग गर्दै उपकुलपतिको कार्यालयमा तालाबन्दी गरेका छन् ।

एउटै व्यक्तिलाई दुई संस्थाको प्रमुख बनाउन नहुने तथा विभागमा आवश्यक कर्मचारीको दरबन्दी उपलब्ध गराउनुपर्ने माग गर्दै बिहीबार उपकुलपतिको कार्यालयमा तालाबन्दी गरिएको हो ।

अनुचित ढङ्गले जनप्रशासनको विभागीय प्रमुख नियुक्ति गरेको आरोप लगाउँदै आएका स्वतन्त्र विद्यार्थी युनियन र नेपाल विद्यार्थी सङ्घले नियुक्ति सच्याउन माग गर्दै बुधबारसमेत रजिष्टारको कार्यालयमा तालाबन्दी गरेका थिए ।

नेविसङ्घका एकाइ अध्यक्ष सुदीप श्रेष्ठले विगतमा प्राध्यापकलाई नै विभागीय प्रमुख बनाउने प्रचलन तोडेर उपप्राध्यापकलाई निमित्त प्रमुख बनाएपछि आन्दोलन गर्नुपरेको बताए ।

त्रिविले निमित्त प्रमुख प्राध्यापक यशोधा काफ्लेको तीनमहीने कार्यकाल सकिएपछि उपप्राध्यापक हरिभक्त शाहीलाई निमित्त प्रमुख नियुक्त गरेको थियो । त्रिविमा नयाँ पदाधिकारी नियुक्तिमा प्राध्यापकले समेत असन्तुष्टि व्यक्त गर्दैआएका छन् ।

प्रकाशित मिति : ७ कार्तिक २०७६, बिहीबार  १० : ०१ बजे

साउनको पहिलो सोमबार पशुपतिनाथमा दर्शनार्थीको भीड (तस्बिरहरू) 

काठमाडौं– आज साउन महिनाको पहिलो सोमबार । काठमाडौंको पशुपतिनाथलगायत देशभरका

कर्णालीमा अझै ५० ठाउँमा तुइन

सुर्खेत– तुइन हटाउने नीति लिएको कर्णाली प्रदेशले तथ्याङ्क सङ्कलन गरेको

भारतसँगको दोस्रो टेस्टमा इङ्गल्यान्डको कमब्याक

काठमाडौं – भारत र इङ्गल्यान्डको युवा टोली बीचको दोस्रो टेस्टमा

दुई नेपाली फिल्मलाई ६ शो, हलमा १२ वटा विदेशी फिल्म

काठमाडौं – प्रदर्शनका हिसाबले असार महिना नेपाली फिल्मका लागि खासै

रसुवा बाढी : २८ करोड ९२ लाख बराबरको बीमा दाबी

काठमाडौं– रसुवाको ल्हेन्देखोलामा आएको बाढीका कारण भएको क्षतिबाट उत्पन्न प्रारम्भिक