नीर शाहले सके ‘कमला मिस’को छायाङ्कन « Khabarhub

नीर शाहले सके ‘कमला मिस’को छायाङ्कन


२७ फाल्गुन २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


78
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – वरिष्ठ कलाकार नीर शाहको निर्देशनमा फिल्म ‘कमला मिस’को छायाङ्कन पूरा भएको छ ।

फिल्मका लाइन प्रोड्युसर पुस्कर लामाकाअनुुसार फिल्मको छायाङ्कन २३ दिनमा मंगलबार पूरा भएको हो ।

फागुन १ गतेबाट यसको छायाङ्कन सुरु भएको थियो । निर्वाचनको कारण दिन छायाङ्कन प्रभावित भएको उनले बताए ।

मनोवैज्ञानिक कथा आधारित ‘कमला मिस’ मा निर्देशक नीर शाह सहित रमेश बुढाथोकी ,बासना तिमिल्सिना, , शिवम सराफ क्षेत्री, आरभ दाहाल, भावना मगर, सुशान्त कुमार श्रेष्ठ ,जयन्त रेग्मी सुरेश थापा , राजन केसी र संजय खतिवडा लगायतका कलाकारहरूको मुख्य भूमिका रहेको छ।

फिल्म विजय मल्ल स्मृति प्रतिष्ठानको लागि उमा मल्लले निर्माण गरेकी हुन् । कथा विजय मल्लको हो। पटकथा तथा संवाद निर्देशक नीर शाह र प्रजल दुलालले संयुक्त रूपमा तयार पारेका हुन् ।

प्रकाशित मिति : २७ फाल्गुन २०८२, बुधबार  ५ : १३ बजे

भारतको बिहारमा पटाका बनाउने क्रममा विस्फोट, पाँच जनाको मृ*त्यु

भारत– भारतको बिहार राज्यस्थित सीवान जिल्लाको आलमपुर गाउँमा पटाका बनाउने

औषधि पसलबाट लागूऔषध कारोबार, सञ्चालिका पक्राउ

कास्की– पोखरामा औषधि पसलका आवरणमा प्रतिबन्धित लागूऔषधको कारोबार हुने गरेको

इरानलाई ट्रम्पको चेतावनी- अमेरिकाले फेरि सैन्य आक्रमण गर्न सक्छ

वासिङ्टन – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानलाई चेतावनी दिँदै अमेरिकाले

मकवानपुरमा ५२ सवारी दुर्घटना, छ जनाको मृत्यु

बागमती– मकवानपुर जिल्लामा असोज महिनामा ५२ वटा सवारी दुर्घटना भएका

बाजुराको चारवटा वडा सडक सञ्जालको पहुँच बाहिर

बाजुरा– जिल्लाका चारवटा वडामा अझै सडक सञ्जालको पहुँच पुग्न सकेको