२४ प्रतिशत नेपालीले खान्छन् उच्च रक्तचापको औषधि, गण्डकी प्रदेशमा धेरै « Khabarhub

२४ प्रतिशत नेपालीले खान्छन् उच्च रक्तचापको औषधि, गण्डकी प्रदेशमा धेरै


९ मंसिर २०७६, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपालमा २४ दशमलव ५ प्रतिशत नेपालालीमा उच्च रक्तचापको समस्या पाइएको छ ।

स्वास्थ्य अनुसन्धान परिषद्ले गरेको सर्वेक्षणले २४ दशमलव ५ प्रतिशत नेपालीमा उच्च रक्तचापको समस्या रहेको र उनीहरुले रक्तचाप नियन्त्रणका लागि औषधि सेवन गरिरहेको पाइएको छ ।

परिषद्ले हालै सार्वजनिक गरेको अनुसन्धानको तथ्यांकका अनुसार उच्च रक्तचापको समस्या भएर औषधि खाइरहेकामा महिलामा भन्दा पुरुषमा बढी देखिएको छ । २९ दशमलव ८ प्रतिशत पुरुष र १९ दशमलव ७ प्रतिशत महिलामा उच्च रक्तचापको औषधि खाइरहेका छन् ।

उच्च रक्तचापको समस्यामा सबैभन्दा धेरै गण्डकी प्रदेशमा रहेको तथ्यांकले देखाउँछ । गण्डकी प्रदेशमा २९ दशमलव ९ प्रतिशतमा उच्च रक्तचापका बिरामीहरु छन् । यस्तै सबैभन्दा कम सुदूरपश्चिम प्रदेशमा छन् । सुदूरपश्चिम प्रदेशमा २१ प्रतिशतमा उच्च रक्तचापको समस्या रहेको छ ।

कुन प्रदेशमा कति प्रतिशत विरामी ?

गण्डकी प्रदेशः २९ दशमलव ९ प्रतिशत

प्रदेश ५: २८ दशमलव २ प्रतिशत

प्रदेश ३: २५ दशमलव २ प्रतिशत

प्रदेश १ः २६ दशमलव ६ प्रतिशत

कर्णाली प्रदेशः २१ दशमलव ४ प्रतिशत

सुदूरपश्चिम प्रदेश : २१ प्रतिशत

प्रदेश २ः १८ दशमलव ७ प्रतिशत ।

परिषद्ले यो अध्ययन फेब्रुअरी देखि मे सम्ममा गरेको हो । परिषद्ले नसर्ने रोगको जोखिम तत्वको रुपमा चिनिने उच्च रक्तचापको तथ्यांक निकाल्न ७ वटै प्रदेशका ५ हजार ५ सय ९३ जनामा स्टेप सर्वेक्षण गरेको थियो ।

परिषद्ले सर्वेक्षणमा सहभागि भएकाहरुको उच्च रक्तचापको अवस्था पत्ता लगाउन उचाइ, तौल र रक्तचापको मापन गरेको थियो । परिषद्ले गरेको अनुसन्धानमा एसबिपि १ सय ४० भन्दा माथि भएको र डिविपि ९० भन्दा माथि भएको अवस्थामा उच्च रक्तचाप भएको जनाएको छ ।

पछिल्लो समय खानपान र जीवनशैलीका कारण मानिसहरुमा उच्च रक्तचापको समस्या बढ्दै गएको छ । उच्च रक्तचापलाई समयमै नियन्त्रण नगर्दा उच्च रक्तचापका बिरामीलाई मुटुरोग, मिर्गौला सम्बन्धी रोग र पक्षघात हुने सम्भावना उच्च रहन्छ ।
उच्च रक्तचापको लक्षण

–अधिकांश उच्च रक्तचापको बिरामीलाई लक्षण नदेखिने पनि हुनसक्छ,

–उच्च रक्तचाप बढ्दै गएमा टाउको दुख्छ,

–नाकबाट रगत बग्ने,

– रिगाँटा लाग्ने ।

रक्तचाप नियन्त्रण कसरी गर्ने ?

–सन्तुलित आहारमा बढी जोड दिने,

– आफ्नो स्वस्थ तौललाई कायम राख्ने,

–खानामा नुनको प्रयोग कम गर्ने,

–फलफूल, सागसब्जी र दूधबाट उत्पादिन चिल्लो कम भएका खाद्यन्न प्रयोग गर्ने,

–नियमित शारीरिक व्यायाम गर्ने,

–धुम्रपान नगर्ने,

– सम्भव भएसम्म सातामा एकदिन पौडी खेल्ने ।

प्रकाशित मिति : ९ मंसिर २०७६, सोमबार  १० : ४५ बजे

सात लाख ३२ हजार नागरिक स्वास्थ्य बीमामा आबद्ध

सुदूरपश्चिम– सुदूरपश्चिममा सात लाख ३२ हजारभन्दा बढी नागरिक स्वास्थ्य बीमा

हेटौँडा–ढल्केबर ४०० केभी प्रसारण लाइनको काम तत्काल सक्न निर्देशन

काठमाडौँ– ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले हेटौँडा–ढल्केबर

कांग्रेस महाधिवेशनमा १८ नयाँ अभ्यास, युवादेखि ‘ल्याटरल इन्ट्री’सम्म

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशन यसअघिका महाधिवेशनभन्दा केही पक्षमा फरक

जितिया पर्वको निराहार व्रत समापन

जनकपुर– सन्तानको दीर्घायु, सुस्वास्थ्य र समृद्धिको कामनासहित महिलाले मनाउने जितिया

तनहुँका दुई हजार पाँचसय बढी किशोरीलाई एचपीभी खोप

तनहुँ– तनहुँका दुई हजार ५४८ किशोरीलाई पाठेघरको मुखको क्यान्सरविरुद्ध एचपिभी