२४ प्रतिशत नेपालीले खान्छन् उच्च रक्तचापको औषधि, गण्डकी प्रदेशमा धेरै | Khabarhub Khabarhub

२४ प्रतिशत नेपालीले खान्छन् उच्च रक्तचापको औषधि, गण्डकी प्रदेशमा धेरै


९ मंसिर २०७६, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपालमा २४ दशमलव ५ प्रतिशत नेपालालीमा उच्च रक्तचापको समस्या पाइएको छ ।

स्वास्थ्य अनुसन्धान परिषद्ले गरेको सर्वेक्षणले २४ दशमलव ५ प्रतिशत नेपालीमा उच्च रक्तचापको समस्या रहेको र उनीहरुले रक्तचाप नियन्त्रणका लागि औषधि सेवन गरिरहेको पाइएको छ ।

परिषद्ले हालै सार्वजनिक गरेको अनुसन्धानको तथ्यांकका अनुसार उच्च रक्तचापको समस्या भएर औषधि खाइरहेकामा महिलामा भन्दा पुरुषमा बढी देखिएको छ । २९ दशमलव ८ प्रतिशत पुरुष र १९ दशमलव ७ प्रतिशत महिलामा उच्च रक्तचापको औषधि खाइरहेका छन् ।

उच्च रक्तचापको समस्यामा सबैभन्दा धेरै गण्डकी प्रदेशमा रहेको तथ्यांकले देखाउँछ । गण्डकी प्रदेशमा २९ दशमलव ९ प्रतिशतमा उच्च रक्तचापका बिरामीहरु छन् । यस्तै सबैभन्दा कम सुदूरपश्चिम प्रदेशमा छन् । सुदूरपश्चिम प्रदेशमा २१ प्रतिशतमा उच्च रक्तचापको समस्या रहेको छ ।

कुन प्रदेशमा कति प्रतिशत विरामी ?

गण्डकी प्रदेशः २९ दशमलव ९ प्रतिशत

प्रदेश ५: २८ दशमलव २ प्रतिशत

प्रदेश ३: २५ दशमलव २ प्रतिशत

प्रदेश १ः २६ दशमलव ६ प्रतिशत

कर्णाली प्रदेशः २१ दशमलव ४ प्रतिशत

सुदूरपश्चिम प्रदेश : २१ प्रतिशत

प्रदेश २ः १८ दशमलव ७ प्रतिशत ।

परिषद्ले यो अध्ययन फेब्रुअरी देखि मे सम्ममा गरेको हो । परिषद्ले नसर्ने रोगको जोखिम तत्वको रुपमा चिनिने उच्च रक्तचापको तथ्यांक निकाल्न ७ वटै प्रदेशका ५ हजार ५ सय ९३ जनामा स्टेप सर्वेक्षण गरेको थियो ।

परिषद्ले सर्वेक्षणमा सहभागि भएकाहरुको उच्च रक्तचापको अवस्था पत्ता लगाउन उचाइ, तौल र रक्तचापको मापन गरेको थियो । परिषद्ले गरेको अनुसन्धानमा एसबिपि १ सय ४० भन्दा माथि भएको र डिविपि ९० भन्दा माथि भएको अवस्थामा उच्च रक्तचाप भएको जनाएको छ ।

पछिल्लो समय खानपान र जीवनशैलीका कारण मानिसहरुमा उच्च रक्तचापको समस्या बढ्दै गएको छ । उच्च रक्तचापलाई समयमै नियन्त्रण नगर्दा उच्च रक्तचापका बिरामीलाई मुटुरोग, मिर्गौला सम्बन्धी रोग र पक्षघात हुने सम्भावना उच्च रहन्छ ।
उच्च रक्तचापको लक्षण

–अधिकांश उच्च रक्तचापको बिरामीलाई लक्षण नदेखिने पनि हुनसक्छ,

–उच्च रक्तचाप बढ्दै गएमा टाउको दुख्छ,

–नाकबाट रगत बग्ने,

– रिगाँटा लाग्ने ।

रक्तचाप नियन्त्रण कसरी गर्ने ?

–सन्तुलित आहारमा बढी जोड दिने,

– आफ्नो स्वस्थ तौललाई कायम राख्ने,

–खानामा नुनको प्रयोग कम गर्ने,

–फलफूल, सागसब्जी र दूधबाट उत्पादिन चिल्लो कम भएका खाद्यन्न प्रयोग गर्ने,

–नियमित शारीरिक व्यायाम गर्ने,

–धुम्रपान नगर्ने,

– सम्भव भएसम्म सातामा एकदिन पौडी खेल्ने ।

प्रकाशित मिति : ९ मंसिर २०७६, सोमबार  १० : ४५ बजे

नक्कली लेबलिङ गरेर कम्प्युटर बेचबिखन गर्ने दुईजना पक्राउ

कामठाडौं । जिल्ला प्रहरी परिसर काठमाडौँको टोलीले डेल कम्पनीको लोगो

रविले बोले पनि फुकेन संसदको गाँठो

काठमाडौं- प्रतिनिधिसभा बैठकमा भइरहेको अवरोध हटाउने सत्तापक्ष र प्रतिपक्षको केही

बर्दियामा पाटेबाघ मृतावस्थामा फेला

बर्दिया – बर्दियाको मधुवन नगरपालिका–४ का कालिका सामुदायिक वनमा मृतावस्थामा

जनतामा रहेको निराशालाई सम्बोधन गर्नुपर्छ : माधव नेपाल

काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री

‘समीक्षा यात्रा’मा निस्कियो रास्वपा

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टीका महामन्त्री डा. मुकुल ढकालले ‘समीक्षा