यसरी एचआईभीबाट मुक्त भए ‘लण्डन प्यासेन्ट’ « Khabarhub

यसरी एचआईभीबाट मुक्त भए ‘लण्डन प्यासेन्ट’


११ जेठ २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी– बेलायतको राजधानी लण्डनका एकजना बिमारी एचआईभी भाइरसबाट मुक्त भएका छन् ।

स्टिम सेल उपचार पद्धतिबाट गरिएको उपचारबाट लण्डनका बिमारीलाई एचआईभी भाइरसबाट मुक्त गरिएको हो । ‘लण्डन प्यासेन्ट’ नाम दिइएका ती पुरुष बिरामीको पहिचान भने सार्वजनिक गरिएको छैन ।

बिरामीलाई सन् २००३ मा एचआईभी भाइरसको संक्रमण देखिएको थियो । पछि सन् २०१२ मा उनलाई रोग प्रतिरोधात्मक क्षमतामा कमी ल्याउने हजकिन्स ल्याम्फोमा नामक क्यान्सर लागेको थियो ।

ल्याम्फोमा क्यान्सरको उपचारका लागि उनको केमोथेरापी गरिएको तथा एकजना दाताले दिएको हड्डीको मासी ‘बोनम्यारो’ प्रत्यारोपण गरिएको थियो । बोनम्यारो प्रत्यारोपणका बेला दाताको बोनम्यारोलाई स्टिम सेलको माध्यमबाट जेनेटिक उपचार गरिएको उपचारमा संलग्न डाक्टरहरुले जनाएका छन् ।

उनको उपचारमा क्याम्ब्रिज विश्वविद्यालय, अक्सफोर्ड विश्वविद्यालय, युनिभर्सिटी कलेज लण्डन तथा इम्पेरियल कलेज लण्डनका उच्चस्तरीय वैज्ञानिक तथा चिकित्सकहरु संलग्न रहेको नेचर नामक जर्नलले लेखेको छ ।

१० वर्षअघि बर्लिन प्यासेन्ट नाम दिइएका अर्का बिमारी एचआईभीबाट मुक्त भएको थिए । बर्लिन प्यासेन्टपछि एचआईभीबाट मुक्त हुने लण्डन प्यासेन्ट विश्वकै दोश्रो बिरामी हुन् ।

विगत डेढ वर्ष यता उनले एचआईभीविरुद्धको औषधी नलिएपनि उनको शरिरमा एचआईभी भाइरस पत्ता लाग्न छाडेको अनुसन्धानकर्ताले जनाएका छन् । यद्यपि उनी एचआईभीबाट शत प्रतिशत निको भएको भने भन्न नसकिने जनाइएको छ ।

प्रकाशित मिति : ११ जेठ २०७६, शनिबार  ४ : ५३ बजे

जुम्लामा शैक्षिकसत्र अगावै पुग्यो पाठ्यपुस्तक

जुम्ला – जुम्लामा नयाँ शैक्षिकसत्र अगावै पाठ्यपुस्तक आइपुगेको छ ।

घरेलु मैदानमा आर्सनल स्तब्ध, उपाधि यात्रामा धक्का

काठमाडौं – आर्सनलको उपाधि जित्ने सम्भावनामा ठूलो धक्का लागेको छ।

दुई अमेरिकी युद्धपोतले पार गरे ‘स्ट्रेट अफ हर्मुज’

वासिङ्टन – अमेरिकाले रणनीतिक जलमार्ग ‘सफा गर्न’ सुरु गरेको र

काठमाडौं महानगरले १५ हजार विद्यार्थीको रगतको समूह परीक्षण गर्ने

काठमाडौं – काठमाडौं महानगरपालिकाले महानगरभित्रका विद्यालय तहमा अध्ययरत विद्यार्थीको रगतको

आईपीएल : सन्जु सैमसनको शतकमा चेन्नईले दिल्लीलाई दियो २१३ रनको लक्ष्य

काठमाडौं – इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गतको खेलमा चेन्नई सुपर