उपनिर्वाचन– सबै मुख्य निर्वाचन अधिकृतको कार्यालयमा पुगे मतपत्र « Khabarhub

उपनिर्वाचन– सबै मुख्य निर्वाचन अधिकृतको कार्यालयमा पुगे मतपत्र


९ मंसिर २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- निर्वाचन आयोगले प्रतिनिधिसभा, प्रदेशसभा र स्थानीय तहको यही मङ्सिर १४ गते हुने उपनिर्वाचनको मतपत्र र मतदाता परिचयपत्र सबै मुख्य निर्वाचन अधिकृतको कार्यालयमा पुर्‍याइएको छ ।

मतपत्र र मतदाता परिचयपत्रलगायत निर्वाचनसम्बन्धी सम्पूर्ण सामग्री सबै मुख्य निर्वाचन अधिकृतको कार्यालयमा पुगिसकेको आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले जानकारी दिनुभयो ।

संवेदनशील निर्वाचन सामग्री भएकाले मतपत्र र मतदाता परिचयपत्र ढुवानीको जिम्मेवारी नेपाली सेनालाई दिइएको थियो । सेनाले ती सामग्री सुगमस्थानमा गाडीबाट र दुर्गममा हेलिकप्टरको माध्यमबाट ढुवानी गरेको थियो ।

उपनिर्वाचनका लागि ५२ प्रकारका मतपत्र

प्रतिनिधिसभा सदस्य एक, प्रदेशसभा सदस्य तीन, स्थानीय तहमा उपमहानगरपालिका प्रमुख एक, गाउँपालिका अध्यक्ष तीन, उपाध्यक्ष एक र गाउँपालिका तथा नगरपालिकाका वडाध्यक्ष ४३ समेत गरी ५२ पदका लागि उपनिर्वाचन हुँदैछ । उपनिर्वाचनका लागि आयोगले ५२ नै प्रकारका मतपत्र तयार गरेको छ ।

प्रतिनिधिसभा सदस्य एक पदका लागि २१ र प्रदेशसभा सदस्य तीन पदका लागि ४३ जना उम्मेदवार चुनावी मैदानमा हुनुहुन्छ भने स्थानीय तहका ४८ पदका लागि २७३ जनाको उम्मेदवारी कायम छ ।

निर्वाचनमा भाग लिएका राजनीतिक दलका शीर्ष नेताहरु चुनावी प्रचारमा जुटेसँगै अहिले ३७ जिल्लाका ५२ स्थानको वातावरण निर्वाचनमय भएको छ । निर्वाचनमा आफ्ना उम्मेदवारलाई जिताउन राजनीतिक दल र सरोकारवाला पक्ष सक्रिय रहेको र मतदाता पनि उत्सुक भएका कारण पनि वातावरण निर्वाचनमय बनेको हो ।

प्रकाशित मिति : ९ मंसिर २०७६, सोमबार  ६ : २८ बजे

मोदी खोलाले बगायो तातोपानी कुण्ड

कास्की । अन्नपूर्ण गाउँपालिका–११ झिनुस्थित मोदीखोला किनारमा रहेको तातोपानी कुण्ड

चिकित्सकहरूमाथि श्रम शोषण रोक्न सरकारले नियमित अनुगमन गर्ने

काठमाडौं । प्रधानमन्त्रीको सचिवालयले प्रशिक्षार्थी तथा आवासीय चिकित्सकहरूमाथि श्रम शोषण

कांग्रेसले सार्वजनिक गर्‍यो महाधिवेशन तालिका

काठमाडौं । नेपाली कांग्रेसले १५ औँ महाधिवेशनको तालिका सार्वजनिक गरेको

साउदी-टर्की-पाकिस्तान रक्षा सम्झौताप्रति ट्रम्पले के भने ?

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सम्झौताको स्वागत गर्दै यसलाई

बारामा तीन दिनदेखि बेपत्ता तीन वर्षीय बालिकाको शव छिमेकीको घरमा भेटियो

काठमाडौँ । बाराको जितपुरसिमराकी ३ वर्षीय बालिकाको शव तीन दिनपछि