८ मिनेटमा तीन गोल गर्दा पनि युनाइटेडले जित्न सकेन | Khabarhub Khabarhub

८ मिनेटमा तीन गोल गर्दा पनि युनाइटेडले जित्न सकेन


९ मंसिर २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी– इंग्लिस प्रिमियर लिग फुटबलमा म्यानचेस्टर युनाइटेडले सेफिल्ड युनाइटेडसँग बराबरी खेल्दै अंक बाडेको छ ।

आइतबार राति भएको खेलमा युनाइटेडले नव प्रवेशी क्लब सेफिल्डसँग ३-३ गोलको बराबरी खेलेको हो ।

सेफिल्डको घरेलु मैदानमा भएको खेलमा युनाइटेडका लागि ब्राण्डन विलियम्स, मासुन ग्रीनवुड र मार्कोस राष्फोर्डले एक एक गोल गरे ।

सेफिल्डका जोन फ्लेक,लेस मोसेट र ओलिभर म्याकब्रुनीले एक एक गोल गरे ।

खेलमा सुरुवाती अग्रता भने सेफिल्डले बनाएको थियो । खेलको १९ औं मिनेटमा जोनले गोल गर्दै घरेलु टोलीलाई अग्रता दिलाए । ५२ औं मिनेटमा मोसेटले गोल गर्दा सेफिल्ड २-० ले अघि रह्यो ।

खेलको ७२ औं मिनेटमा विलियम्सले गोल गर्दै युनाइटेडलाई खेलमा फर्काउने कोशिस गरे । ७७ औं मिनेटमा ग्रीनवुडले गोल गर्दै खेल २-२ को बराबरीमा ल्याए । विलियम्स र ग्रीनवुडको यो पहिलो प्रिमियर लिग गोल हो ।

लगत्तै ७९ औं मिनेटमा राष्फोर्डले गोल गर्दै युनाइटेडलाई ३-२ को अग्रता दिलाए । तर, खेलको इन्जुरी समयमा सेफिल्डका ओलिभरले गोल गर्दा खेल ३-३ को बराबरीमा सकिएको थियो ।

यो बराबरीसँगै युनाइटेडले १३ खेलबाट १७ अंक जोडेको छ । र, युनाइटेड नवौं स्थानमा उक्लिएको हो ।

सेफिल्ड १८ अंक जोडेर छैटौं स्थानमा रहेको छ ।

प्रकाशित मिति : ९ मंसिर २०७६, सोमबार  ६ : ४८ बजे

विश्व आर्थिक मञ्चको प्रमुख एजेन्डामा गाजा

काठमाडौं– गाजामा जारी युद्ध र मध्यपूर्वको तनाव व्यापक समाधानका लागि

बझाङमा सर्वदलीय बैठक जारी, १ बजेपछि मतगणना हुने 

बझाङ– बझाङमा सर्वदलीय बैठक जारी छ । बझाङ प्रदेशसभा १

सुपला भट्टराई : दर्शकको मन जित्न सफल बालकलाकार

काठमाडौं– बालविवाह र बोक्सी कुप्रथाको विषयमा बनेको चलचित्र ‘बोक्सीको घर’

वेस्ट इन्डिज’ए’ ले टस जित्यो, नेपालले पहिला बलिङ गर्दै

काठमाडौं– नेपाल र वेस्ट इन्डिज ए बीचको टी-२० सिरिजको दोस्रो

फाकफोकथुम : एमाले–कांग्रेसको पुरानो गढ

इलाम- प्रतिनिधिसभाको उपचुनावको मतगणना फाकफोकथुम गाउँपालिकाको वडा नम्बर–१ बाट सुरु