साग पुरुष फुटबलमा भारत सहभागी नहुने « Khabarhub

साग पुरुष फुटबलमा भारत सहभागी नहुने


९ मंसिर २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


21
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – १३ औं दक्षिण एसियाली खेलकुद (साग) अन्तरगत पुरुष फुटबलमा भारत सहभागी नहुने भएको छ ।

भारतले पुरुष फुटबलमा भाग नलिनेबारे नेपाल ओलम्पिक कमिटीलाई जानकारी गराएको छ ।

भारतले खेलाडी दर्ता गर्नेक्रममा महिला फुटबलरको मात्रै दर्ता गराएपछि नेपाल ओलम्पिक कमिटीले सोधेको प्रश्नमा भारतबाट ‘पुरुष फुटबल नखेल्ने’ जवाफ आएको एनओसीले जानकारी दिएको छ ।

सागका लागि गएको शुक्रबार अखिल नेपाल फुटबल संघ (एन्फा) ले ‘ड्र’ गरिसकेको थियो । जसमा नेपाल र भारत दुई फरक समूहमा रहेका थिए । तर, अब सागमा ५ टोलीमात्रै सहभागी हुनेछन् ।

जसमा समूह ए मा नेपाल बंगलादेश र भुटान थिए भने समूह बि मा भारत, माल्दिभ्स र श्रीलंका परेका थिए ।

सागका लागि फेरि पुरुष फुटबलतर्फ पुन टाई सिट ‘ड्र’ हुनेछ । पाकिस्तान यसअघि नै नआउने निश्चित भइसकेको अवस्थामा भारतले पनि नखेल्दा अब नियमत : सागका खेल राउण्ड रोविन लिगका आधारमा हुने नेपाली फुटबल विश्लेषक सञ्जीव मिश्र बताउँछन् ।

योसँगै लिगका शीर्ष दुई टोली सागको फाइनलमा पुग्नेछन् ।

प्रकाशित मिति : ९ मंसिर २०७६, सोमबार  ९ : २१ बजे

आज आश्विन कृष्ण औँसी, सोह्र श्राद्ध समापन गरिँदै

काठमाडौँ– आश्विन कृष्ण प्रतिपदादेखि सुरु भएको पितृ पक्ष आज अपराह्नकालमा

शनिबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

काठमाडौँ- नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

शनिबार शनिदेवको पूजा गर्नुहोस्

काठमाडौँ– आज २०८३ साल असोज २४ गते शनिबार सन् २०२६

आज २०८३ साल असोज २४ गते शनिबारको राशिफल

काठमाडौँ – २०८३ साल असोज २४ गते शनिबार सन् २०२६

नेपाली कांग्रेसको सभापतिमा गगन थापा विजयी

काठमाडौँ– नेपाली कांग्रेसको सभापतिमा गगनकुमार थापा विजयी भएका छन्। १५औँ