विमल, अन्जन र दिनेशले साग खेल्न नपाउने, ३ नयाँ खेलाडीले पाए मौका | Khabarhub Khabarhub

विमल, अन्जन र दिनेशले साग खेल्न नपाउने, ३ नयाँ खेलाडीले पाए मौका


९ मंसिर २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– १३औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत पुरुष फुटबल टोलीमा तीन नयाँ खेलाडीले स्थान पाएका छन् । यु–२३ टोलीका मुख्य प्रशिक्षक बाल गोपाल महर्जनले साग खेल्ने टोलीमा राजेश परियार, राजिव लोप्चन र प्रेजन तामाङ परेको बताएका छन् ।

अखिल नेपाल फुटबल संघ (एन्फा) ले राष्ट्रिय फुटबल टोलीका मुख्य स्टाइकर विमल घर्ती मगर, मिडफिल्डर अन्जन बिष्ट र दिनेश राजवंशीलाई कारबाही गरेपछि नयाँ तीन खेलाडीले साग खेल्ने टोलीमा ठाउँ पाएका हुन् ।

विश्वकप छनोटअन्तर्गत कुवेतविरुद्धको खेलअघि नाइट क्लबमा भेटिएपछि एन्फाले तीन खेलाडीविरुद्ध अनुशासनको कारबाही गरेको थियो । एन्फाले कारबाहीलाई निरन्तरता दिएपछि २० बर्षपछि घरमै हुन लागेको प्रतियोगिता खेल्नबाट यी तीन खेलाडी वञ्चित हुने भएका छन् ।

यसअघि १२ औं सागमा नेपालले स्वर्ण जित्दा विमल र अञ्जन महत्वपूर्ण खेलाडीका रुपमा टोलीमा थिए । उक्त संस्करणमा भारतलाई नेपालले २–१ गोल अन्तरले पराजित गरेको थियो ।

प्रकाशित मिति : ९ मंसिर २०७६, सोमबार  ११ : २९ बजे

भोजपुरको ‘किरातेश्वर ढुङ्गे बगैँचा’ पर्यटकको आकर्षणको केन्द्र बन्दै

भोजपुर– टेम्केमैयुङ गाउँपालिका–९ स्थित किरातेश्वर ढुङ्गे बगैँचा पर्यटकको रोजाइको गन्तव्य

साफ यु–१७ महिला च्याम्पियनसिप : आज नेपाल र भारत खेल्दै

काठमाडौं– १७ वर्षमुनिको साफ महिला च्याम्पियनसिप फुटबलमा आज नेपाल र

स्पेनिस ला लिगा : ओसासुनामाथि रियल मड्रिडको जित

काठमाडौं– स्पेनिस ला लिगा फुटबलको नयाँ सिजनमा रियल मड्रिडले सुखद

कांग्रेस महामन्त्री शर्मा भैरहवा धाएको धायै

काठमाडौं– प्रतिनिधिसभा सदस्यका लागि हुन गइरहेको उपनिर्वाचनको सरगर्मी बढेसँगै नेपाली