जापानमा नेपाली अवार्डको ‘बिजोग’, चर्चित कलाकार पुगेको कार्यक्रममा कुर्सी रित्तै ! « Khabarhub

जापानमा नेपाली अवार्डको ‘बिजोग’, चर्चित कलाकार पुगेको कार्यक्रममा कुर्सी रित्तै !

‘सूर्य इन्टरनेशल अवार्ड’को आलोचना


९ मंसिर २०७६, सोमबार  

पढ्न लाग्ने समय : 3 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– चर्चित नेपाली कलाकारसहित अवार्ड समारोहका लागि जापान पुगेको कलाकारको हरिबिजोग भएको छ । मानव तस्करीको आरोप लागेको सूर्य कर्पोरेसनले आयोजना गरेको अवार्ड समारोह हेर्न जापानमा रहेका नेपाली पनि उपस्थित भएनन् ।

सामाजिक सञ्जालमा यो अवार्डको व्यापक विरोध भएको छ । एक अनलाइन सञ्चार माध्यमले सूर्य कर्पोरेशनले ‘अवार्ड’ का नाममा मानव तस्कर गरेको भन्दै समाचार प्रकाशन गरेपछि सामाजिक सञ्जालमा यसबारे बहस भएको छ । मानवतस्करीको आरोप लागेपछि आयोजक संस्थाले उक्त समाचारको खण्डन गर्दै विज्ञप्ति जारी गरेको थियो ।

२४ नोभेम्बर (हिजो) मा टोकियोको नाखानो जेरो हलमा भएको अवार्ड सम्मेलनमा अवार्ड पाउने कलाकार र आयोजकबाहेक अन्य दर्शकको सङ्ख्या निकै पातलो थियो ।

मह जोडी, अनमोल केसी, भुवन केसी, दीपाश्री निरौला लगायत नेपालका दर्जनौँ चर्चित सेलिब्रेटी भएको अवार्डको जापानमा यसरी ‘हरिबिजोग’ भएपछि सामाजिक सञ्जालमा विभिन्न टीका टिप्पणी हुन थालेको छ ।

आयोजकले दर्शकतर्फको तस्वीर शेयर नगरे पनि त्यहाँ भएका केहीले अवार्ड समारोहमा उपस्थित दर्शकका तस्वीर शेयर गरेका थिए । एकदमै न्यून सङ्ख्यामा दर्शक उपस्थित भए पनि कार्यक्रमलाई भने सफल भएको भनिएको छ ।

अवार्ड समारोहमा विद्यार्थीका लागि ३ हजार, साधारण टिकट ५ हजार र भीआईपी टिकट १० हजार तोकिएको थियो । अवार्ड समारोहलाई भव्य बनाउने भन्दै लामो समयदेखि प्रचार गरिएको थियो । समारोहमा सहभागी हुन अनमोल केसी, हरिवंश आचार्य, मदनकृष्ण श्रेष्ठ, नीर शाह लगायत दर्जनौं चर्चित कलाकार जापान पुगेका थिए ।

आयोजक संस्थाका सदस्यहरुलाई मानव तस्करको आरोप लागेपछि जापानमा रहेका अन्य संस्था र नेपालीहरुले विरोध जनाएका थिए । ट्रोल जापान नामक एक पेजले फेसबूकमा एक स्टाट लेख्दै दर्शक नै नभएको ठूलो सभा हलको तस्वीर अपलोड गर्दै लेखेको छ, ‘जापानमा भएका नेपालीलाई अमेरिका पठाएपछि दर्शकको उपस्थिति !’

एक फेसबूक प्रयोगकर्ताले सामाजिक सञ्जालमा लेखेका छन्, ‘अब त जिन्दगीमा जापानमा अवार्ड नलिने कसम खाए होलान् हाम्रा कलाकारहरुले ।’

गौतम जीको नाममा रहेका व्यक्तिपले कमेन्ट गरेका छन्, ‘रिफ्युजीको सङ्ख्या फेरि बढ्ने भयो ।’

सामाजिक सञ्जालमा कतिपय नेपालीले भने कलाकारलाई नै गाली गरेका छन् । उनीहरुले कलाकारले पनि कुन अवार्डमा जाने र कुन अवार्डमा नजाने भनेर छुट्याउन सक्नुपर्ने भन्दै अवार्डप्रति नै असहमति प्रकट गरेका छन् ।

यता कलाकारले पनि आफूहरु जापान आउँदै गरेको भन्दै खुबै प्रचार गरेका थिए । तर, त्यसको पनि प्रभाव पूर्णत शून्य देखिएको छ । भुवन केसीले आफू अनमोल केसीसँगै जापान आउन लागेका र सबैसँग भेट हुनेछ भन्दै स्टाटस पोस्ट गरेका थिए ।

जापानमा हालै सम्पन्न भएको ‘सूर्य इन्टरनेशनल अवार्ड २०१९’ व्यापक विरोध गरिए पनि आयोजकले भने यसबारेमा कुनै धारणा सार्वजनिक गरेको छैन । जबकि, मानव तस्करको आरोप लागेपछि सूर्य इन्टरनेशनलले यसको खण्डन नै गरेको थियो ।

दीलिप श्रेष्ठले सामाजिक सञ्जालमार्फत गुनासो पोख्दै लेखेका छन् – कलाकार देशका गहना हुन् । गहना कहाँ लगाउँदा इज्जत हुन्छ? कहाँ लगाउँदा बेइज्जत हुन्छ, देशका गहना हौँ भन्ने कलाकारले बुझ्न जरुरी छ कि छैन ?’

उनले नेपाली कलाकारको इज्जत कत्तिको रहेछ भन्ने यो ‘काण्ड’ बाट छर्लङ्ग भएको लेखेका छन् । ‘अवार्ड पाइन्छ भन्दैमा हाम फाल्दै आउनु इज्जत होइन, बेइज्जत हुन्छ भनेर कहिले सोच्छन् होला?,’ उनले लेखेका छन्, ‘फ्री टिकट बाँड्दा पनि दर्शक नआउनु नै नेपाली कलाकार कति पानीमा छन् थाहा हुन्छ, जापानमा दर्शकविनाको अवार्ड समारोह सम्पन्न ।’

दीलिप श्रेष्ठको भनाइमा फिल्ममेकर तथा साहित्यकार प्रकाश सायमीले पनि सहमति जनाएका छन् । सामाजिक सञ्जाल फेसबूक र ट्वीटरमा मात्र नभएर फिल्ममेकरबीच पनि यो अवार्ड ‘मजाक’ को विषय बनेको छ ।

आयोजकले यो अवार्ड समारोहलाई जापानमा हुने नेपाली फिल्म अवार्डमध्येको ‘बिगेस्ट कलिउड अवार्डस् नाइट इन टोकियो’ समेत भनेको थियो । तर अवार्डमा दर्शक नआउँदा अवार्डकै बेइज्जत भएको छ ।

त्यसो त नेपालमा हुने अवार्ड समेत विवादमा पर्ने गरेका छन् । विदेशमा हुने अवार्डले पनि सधै विरोध खेप्ने गरेका छन् । यसै वर्ष सम्पन्न राष्ट्रिय अवार्डको पनि व्यापक विरोध भएको थियो । अवार्ड समारोहमा चरम लापरवाही हुँदा कैयन् कलाकारले अवार्ड समारोह ‘बहिष्कार’ समेत गर्ने गरेका छन् ।

प्रकाशित मिति : ९ मंसिर २०७६, सोमबार  ११ : ४५ बजे

महिलामन्त्रीको जवाफ- निःशुल्क ब्लु बस लैंगिक असमानता बढाउने नीति होइन 

काठमाडौं– महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षामन्त्री

नयाँदिल्लीमा मिडियासँग शेख हसिनाको प्रत्यक्ष कुराकानी, बङ्गलादेश आक्रोशित

ढाका- बङ्गलादेश सरकारले अपदस्थ पूर्वप्रधानमन्त्री शेख हसिनाले भारतको नयाँदिल्लीमा मिडियासँग प्रत्यक्ष

निर्मला पन्तबारे संसद्मा प्रश्न नउठाउन सांसदहरूलाई गृहमन्त्रीको चेतावनी

काठमाडौं– गृहमन्त्री सुधन गुरुङले सरकार शान्ति सुरक्षा कायम गर्नका लागि

सुनकोशीमा हाम फालेर दम्पती बेपत्ता : पत्नीलाई पिठ्युँमा बोकेर हिँडेका थिए वृद्ध

काभ्रे– काभ्रेपलाञ्चोकको भुम्लु गाउँपालिका–८ स्थित दुलालेश्वर महादेव मन्दिर नजिक सुनकोशी नदीमा

अन्तर्राष्ट्रिय विश्व आदिवासी दिवस सप्ताहव्यापी रुपमा मनाइने

काठमाडौं– नेपाल आदिवासी जनजाति महासंघ अन्तर्राष्ट्रिय विश्व आदिवासी दिवस सप्ताहव्यापी