बालविवाह मुद्दाका फरार अभियुक्त ३ वर्षपछि पक्राउ « Khabarhub

बालविवाह मुद्दाका फरार अभियुक्त ३ वर्षपछि पक्राउ


९ मंसिर २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

वीरगन्ज– बालविवाह मुद्दाका फरार प्रतिवादी ३ वर्षपछि पक्राउ परेका छन् ।

बाराको प्रसौनी गाउँपालिका–१ घर भइ हाल पर्साको वीरगन्ज बस्दै आएका ३४ वर्षीय उमेश राउत बालविवाह गरेको अभियोगमा दोषी ठहर भएको ३ वर्षपछि पक्राउ परेका हुन् ।

जिल्ला अदालत पर्साको ३१ जेठ २०७३ को फैसलामा राउतविरुद्ध ३ महिना कैद र ५ हजार रुपैयाँ जरिवानाको सजाय सुनाइएको थियो ।

अदालतले कैद तथा जरिवानाको सजाय तोकेपनि फरार रहेका राउतलाई पर्सा प्रहरीले वीरगन्जस्थित उनकै डेराबाट पक्राउ गरेको हो ।

पक्राउ परेका राउतलाई फैसला कार्यान्वयनका लागि जिल्ला अदालत पर्सामा बुझाउन लागिएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : ९ मंसिर २०७६, सोमबार  १ : ०५ बजे

शिक्षामन्त्री पोखरेल र स्विस राजदूत मेउलीबीच भेटवार्ता

काठमाडौं– शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेल र नेपालका लागि स्विट्जरल्याण्डका

ट्रम्पकी प्रशंसक निकी मिनाजलाई ह्वाइट हाउसको प्रेस सचिव बनाउने प्रस्ताव, के छ वास्तविकता?

काठमाडौं– अमेरिकी र्‍यापर निकी मिनाजको चर्चा अब उनको संगीतमा मात्र

स्पेनमा दुई रेल ठोक्किँदा ३० जनाको मृत्यु, उद्धार जारी

बार्सिलोना- मध्य स्पेनमा बुधबार दुई रेल एकआपसमा ठोक्किँदा कम्तीमा ३० जनाको

पोखराले सुदूरपश्चिमलाई दियो १४६ रनको लक्ष्य

काठमाडौँ – पोखरा एभेन्जर्सले सुदूरपश्चिम रोयल्सलाई १४६ रनको लक्ष्य दिएको