रोजगारदाता कम्पनी छोडर भाग्ने विदेशी श्रमिकले पुन साउदी जान नपाउने « Khabarhub

रोजगारदाता कम्पनी छोडर भाग्ने विदेशी श्रमिकले पुन साउदी जान नपाउने


९ मंसिर २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– साउदी सरकारले करार अवधिभित्र रोजगारदाता छाडेर अवैध रुपमा बस्ने कामदारलाई पुनः साउदी प्रवेशका लागि आजीवन प्रतिबन्ध लगाउने भएको छ ।

साउदीको अध्यागमन विभागले आप्रवासी कामदारले रोजगारदाता छाडेर अर्को कम्पनीमा काम गर्ने क्रम बढ्न थालेपछि नयाँ नियम जारी गरेको जनाएको छ ।

रोजगारदाता कम्पनी परिवर्तन गर्ने भन्दै भाग्ने विदेशी श्रमिलाई थप ६ महिना जेल र ५० हजार रियाल जरिवाना गर्ने नियम ल्याएको साउदी अध्यागमन विभागले सम्बन्धीत देशका कुटनीतिक नियोगलाई जानकारी गराएको छ ।

रियादस्थित नेपाली दूतावासले पनि साउदीमा कार्यरत नेपाली श्रमिकलाई यो विषयमा सूचनामार्फत जानकारी गराएको छ । रोजगारदाता कम्पनी परिवर्त नगर्ने करार अवधि सकिएपछि पुन स्वदेश फर्कन अपिल गरेको छ । साउदी भित्र बिरामी र अन्य समस्या परेमा सम्पर्क गर्न दूतावासले आग्रह गरेको छ ।

प्रकाशित मिति : ९ मंसिर २०७६, सोमबार  २ : ०७ बजे

बाढीपीडित नेपाललाई श्रीलङ्काको १० लाख डलर सहयोग

काठमाडौं– परराष्ट्रमन्त्री शिशिर खनालसँग नेपालका लागि श्रीलङ्काकी राजदूत रुवान्थी डेल्पिटियाले

विवादित पात्रलाई कसले बनायो जेन-जीको मञ्चमा अतिथि ?

काठमाडौं- विगतमा विभिन्न अपराध तथा विवादमा मुछिएका दुई व्यक्ति जेन-जी

यमनमा हुथी–साउदी द्वन्द्व चर्कियो, ३२ हवाई आक्रमण भएको दाबी

एजेन्सी- यमनमा इरानसमर्थित हुथी विद्रोही र साउदी अरबबीचको द्वन्द्व चर्किएको छ।

बाढीपीडितका लागि विदेशबाट आउने राहत सामग्रीमा हवाई ढुवानी शुल्क छुट

काठमाडौं– नेपाल वायुसेवा निगमले हालै आएको बाढी तथा प्राकृतिक विपद्बाट

जेन-जी आन्दोलनको एक वर्ष : दिशाहीन छ देशको अर्थराजनीति

काठमाडौं– गत वर्षको भदौ २३ गते जेन–जी पुस्ताका युवाहरूको आह्वानमा