मेडिकल कलेज सञ्चालकलाई पक्राउ गरेर मुद्दा चलाउन डा केसीको माग « Khabarhub

मेडिकल कलेज सञ्चालकलाई पक्राउ गरेर मुद्दा चलाउन डा केसीको माग


९ मंसिर २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– चिकित्सा शिक्षा सुधारका अभियान्ता डाक्टर गोविन्द केसीले मेडिकल कलेजहरु राष्ट्रियकरणको प्रक्रिया शुरु गर्न सरकासँग माग गरेका छन् ।

डा केसीले सोमबार एक विज्ञप्ती जारी गर्दै मेडिकल कलेजहरुले विद्यार्थीसँग अवैध रुपमा शुल्क लिएको र सरकारले अल्टिमेटम दिँदा समेत शुल्क फिर्ता नगरेको भन्दै मेडिकल कलेजहरु राष्ट्रियकरण गर्न माग गरेका हुन् ।

सरकारले दिएको पछिल्लो अल्टिमेटम सकिँदा पनि शुल्क फिर्ता नभएको भन्दै डा केसीले ठगी गर्नेहरुलाई तत्काल पक्राउ गरेर फौजदारी मुद्दा चलाउन समेत माग गरेका छन् ।

डा केसीले सरकारले प्रधानमन्त्री केपीशर्मा ओलीलाई आफैंले सार्वजनिक रुपमा ठगी गर्नेलाई कारबाही गर्ने बताए पनि ठगी गर्ने नाइकेहरु आफ्नै पार्टी भित्रका नेता र हितैषी भएकोले प्रधानमन्त्री ओलीले केही गर्न नसकेको आरोप समेत लगाएका छन् ।

‘प्रधानमन्त्री ओली आफैंले सार्वजनिक रुपमा ठगी गर्नेलाई कारवाही गर्ने भने पनि ठगहरुका नाइके उनकै पार्टीका नेता तथा हितैषी भएका कारण केही गर्न सकेका छैनन् । प्रधानमन्त्रीको संरक्षण प्राप्त अपराधीहरुले शुल्क फिर्ता गर्ने मात्र हैन विद्यार्थीलाई अमानवीय यातना र धम्की दिइरहेका छन्,’ डा केसीले जारी गरेको विज्ञप्तीमा भनिएको छ ।

डा केसीले आफ्नो सत्याग्रह स्थगत मात्र गरेको भन्दै विद्यार्थीसँग लिएको अवैध शुल्क फिर्ता हुनुपर्ने लगायतका आफ्ना सम्पूर्ण मागहरु पूरा नभए सत्याग्रहसहितका आन्दोलनका कार्यक्रम घोषणा गर्ने चेतावनी समेत दिएका छन् ।

प्रकाशित मिति : ९ मंसिर २०७६, सोमबार  ४ : २९ बजे

धनगढीमा चट्याङ लागेर सात जना घाइते

सुदूरपश्चिम– कैलालीको धनगढी उपमहानगरपालिका–१७ धुर्जन्नामा चट्याङको झिल्का लागेर सात जना

परराष्ट्रमन्त्री खनाल टुभालुमा, जलवायु परिवर्तनको अवसरबारे छलफल

काठमाडौँ– परराष्ट्रमन्त्री शिशिर खनालले संयुक्त राष्ट्रसङ्घीय जलवायु परिवर्तनसम्बन्धी संरचना महासन्धि

बिलबिजक बिनाका ६३ थान मोबाइलसहित दुई जना पक्राउ

चितवन– बिलबिजक बिना बिक्रीका लागि राखिएका ६३ थान मोबाइलसहित दुई

बेनी–जोमसोम–कोरला सडकको मर्मत जारी

म्याग्दी– पछिल्लो मनसुनजन्य विपद्पछि बाढी पहिरोका कारण क्षतविक्षत बनेको चीन

चाडपर्वलाई सुरक्षित र मर्यादित बनाउन खोटाङमा सात बुँदे प्रतिबद्धतापत्र जारी

खोटाङ– दशैँ–तिहार तथा छठ पर्वलाई सुरक्षित र मर्यादित बनाउने उद्देश्यका