बिरामी महिलामाथि बलात्कार प्रयासको आरोपमा मेडिसिटी अस्पतालका चिकित्सक पक्राउ « Khabarhub

बिरामी महिलामाथि बलात्कार प्रयासको आरोपमा मेडिसिटी अस्पतालका चिकित्सक पक्राउ


९ मंसिर २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– ललितपुरको नख्खुस्थित मेडिसिटी अस्पतालका चिकित्सक रोहितप्रसाद झा पक्राउ परेका छन् ।

अस्पतालमा उपचार गर्न आएकी एक (बिरामी) महिलामाथि जबरजस्ती करणी (बलात्कार) प्रयास गरेको अभियोगमा प्रहरीले जनरल फिजिसियन झालाई पक्राउ गरेको हो ।

महानगरीय प्रहरी परिसर ललितपुरका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) टेकबहादुर राईले झालाई पक्राउ गरिएको पुष्टि गरे ।

एसएसपी राईका अनुसार एक महिलाले उपचारका क्रममा झाले आफूमाथि यौन दुव्र्यवहार गरेको उजुरी दिएपछि उनलाई पक्राउ गरिएको हो ।

पक्राउ परेका झालाई हिरासतमा लिएर जबरजस्ती करणी उद्योगमा अनुसन्धान अगाडि बढाइएको राईले जानकारी दिए ।

प्रकाशित मिति : ९ मंसिर २०७६, सोमबार  ६ : १८ बजे

अदालतमा हाजिर हुँदै रविको प्रतिक्रिया : केपी ओलीले लगाएको गुण तिर्न आएँ

काठमाडौं- विभिन्न स्थानमा सहकारी ठगीको मुद्दा खेपिरहेका राष्ट्रिय स्वतन्त्र पार्टी

राँझा विमानस्थललाई अन्तर्राष्ट्रिय विमानस्थल बनाउन माग

काठमाडौं– नागरिक समाज, राँझा–बाँकेले नेपालगन्जस्थित विमानस्थललाई अन्तर्राष्ट्रिय विमानस्थलका रुपमा विकास

सहकारी बैंकको नियमनमा राष्ट्र बैंकको कडाइ : चुक्ता पुँजी साढे दुई अर्ब हुनुपर्ने

काठमाडौं– नेपाल राष्ट्र बैंकले सीमित बैंकिङ कारोबार गर्ने इजाजतप्राप्त सहकारी

तानसेनको पर्यटन प्रवर्द्धन गर्न ‘चित्रकला तथा फोटो प्रदर्शनी’

तानसेन– तानसेनलाई पर्यटकीय गन्तव्यको रुपमा चिनाउन चित्रकला तथा फोटो प्रदर्शनी