भ्रमण वर्षलाई लक्षित गरी आन्तरिक र बाह्य उडान थप गरिँदै  | Khabarhub Khabarhub

भ्रमण वर्षलाई लक्षित गरी आन्तरिक र बाह्य उडान थप गरिँदै 


९ मंसिर २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेशकुमार भट्टराईले नेपाल भ्रमण–२०२० लाई लक्षित गरी आन्तरिक र बाह्य उडान थप गर्न थालिएको बताएका छन् ।

नेपाल भ्रमण वर्ष–२०२० मूल समारोह समितिको पाँचौँ बैठकलाई सम्बोधन गर्दै उनले भ्रमणमा पर्यटक सहजतका लागि अन्तरर्राष्ट्रिय र अन्तरप्रदेश उडान थप गर्न थालिएको बताए ।

उनले अन्तर्राष्ट्रिय उडानका लागि अन्तर्राष्ट्रिय एयरलाइन्ससँग कुरासमेत भइरहेको जानकारी गराए ।

‘‘संघीयताको अभ्यासलाई जोड्न र भ्रमण वर्षलाई लक्षित गरेर कुन–कुन प्रदेशबीच हवाई सञ्चालन गर्न सकिन्छ, त्यसबारे अध्ययन भइरहेको छ’’, उनले भने, ‘‘चाँडै नै अन्तरप्रदेश हवाई सञ्चालन गर्ने छौँ ।’’

उनले पर्यटन व्यवसायीका मागलाई ध्यानमा राखेर पर्यटनसँग सम्बन्धित नीतिलाई सहयोगी बनाइनेसमेत बताए ।

मन्त्री भट्टराईले पर्यटन प्रवर्द्धनको लागि भौतिक पूर्वाधार आवश्यक रहेकाले सम्बन्धित मन्त्रालयले भ्रमण वर्षलाई सफल बनाउन भौतिक पूर्वाधारको विकास गर्नुपर्नेमा जोड दिदैं भ्रमण वर्षकै अवसरमा नयाँ हिमाल खुलाउने पहलसमेत भएको जानकारी दिए ।

उनले वैदेशिक रोजगार र अध्ययनका लागि जाने विद्यार्थीलाई भ्रमण वर्षको प्रचारप्रसारका लागि भ्रमण वर्षको लोगो अङ्कित टिसर्ट र टोपी दिएर पठाइनेसमेत बताए ।

वैदेशिक रोजगार व्यवसायी संघले वैदेशिक रोजगारमा जानेलाई र शैक्षिक परामर्श संघले विद्यार्थीलाई टिसर्ट र टोपी दिएर पठाउनुपर्नेछ ।

‘‘विदेशमा जाने श्रमिकलाई रोजगारदाताका सञ्चालक र अध्ययन गर्ने जाने विद्यार्थीले आफू पढ्ने विश्वविद्यालय/कलेजका सञ्चालकलाई भ्रमण वर्ष लोगो अङ्कित कुनै न कुनै उपहार दिन लगाउने छौँ’’, उनले भने, ‘‘डिसेम्बर १ तारिखबाट भ्रमण बर्ष अङ्कित लोगो वितरण गर्ने छौं ।’’

यसैगरी मन्त्री भट्टराईले बैठकको निर्णय सुनाउँदै सबै प्रदेशले भ्रमण वर्षलाई सहयोग हुने गरी कार्यालय स्थापना गर्ने जानकारी गराए । एक हप्ताभित्र भ्रमण वर्ष सचिवालयलाई सहयोग गर्ने खालको कार्यालय स्थापना गर्ने निर्णय गरेको पनि उनले जानकारी दिए ।

 

प्रकाशित मिति : ९ मंसिर २०७६, सोमबार  १० : ४५ बजे

पहाडको फेदीबाट हेर्दा अनौठो ‘स्काई केभ’

म्याग्दी–  सुख्खा पहाडको टुप्पोमा टाढैदेखि देखिने गोलो आकारको प्वाल ।

सुदूरपश्चिम सरकारले आगलागी पीडितलाई आठ लाख सहयोग गर्ने

कैलाली– सुदूरपश्चिम प्रदेश सरकारले अछामको साँफेबगर नगरपालिका–३ हाटबजारमा गत शनिबार

नर्सलाई सेवा सरह सुविधा तोक्न गठित कार्यदललाई दिइयो थप एक महिनाको समय 

काठमाडौं– नर्सलाई सरकारी सेवा सरह सुविधा तोक्नका लागि गठित कार्यदललाई

विप्लव समूहको प्रदर्शन : सर्वपक्षीय अन्तरिम सरकारको माग (तस्बिरहरू)

काठमाडौं– नेत्रविक्रम चन्द नेतृत्वको कम्युनिष्ट पार्टी नेपालले काठमाडौंमा बिहीबार प्रदर्शन

अब स्थानीय तहबाटै स्थायी लेखा नम्बर लिन सकिने

काठमाडौं– अब स्थानीय तहबाटै स्थायी लेखा नम्बर लिन सकिने भएको