उपनिर्वाचन निष्पक्ष बनाउन कार्यकर्तालाई कांग्रेसको प्रशिक्षण « Khabarhub

उपनिर्वाचन निष्पक्ष बनाउन कार्यकर्तालाई कांग्रेसको प्रशिक्षण


९ मंसिर २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– आगामी मङ्सिर १४ गते हुने उपनर्वाचनमा कसरी परिचालन हुने, निर्वाचनका दिन प्रतिनिधि बस्नेदेखि मतगणना सम्ममा निष्पक्षरुपमा कसरी काम गर्ने भन्नेबारेमा नेपाली काँग्रेसले आफ्ना कार्यकर्तालाई प्रशिक्षण दिएको छ ।

निर्वाचनमा खटिने स्वयंसेवक, प्रतिनिधि, पर्यवेक्षकदेखि मतगणनामा बस्नेलगायत निर्वाचनमा परिचालन हुनेलाई निष्पक्षरुपमा मतदान सम्पन्न गराउन खेल्ने भूमिका बारेमा जानकारी दिन प्रशिक्षण दिएको नेपाली काँग्रेस क्षेत्र नं. १ का सभापति जीवन खत्रीले जानकारी दिए ।

काँग्रेसले चाँगुनारायण नगरपालिकाका नौवटै वडा र भक्तपुर नगरपालिकाको १० नं वडाका वडा सभापति, सह–सभापति, बुथ संयोजक, सदस्य, क्षेत्रीय प्रतिनिधि र क्रियाशील सदस्यलाई प्रशिक्षण दिएको खत्रीले जानकारी दिए ।

प्रकाशित मिति : ९ मंसिर २०७६, सोमबार  १ : ०१ बजे

‘कमेडी दरबार’: हिमेश-उत्सव निक्लिए, सन्तोष-जिम्बा थपिए

काठमाडौं – बिक्की अग्रवालको ‘कमेडी दरबार’ तेस्रो सिजनमा आइपुग्दा जज

सडक क्षेत्रका अवैध संरचना हटाइँदै नेपालगञ्ज उपमहानगरपालिका

नेपालगञ्ज– नेपालगञ्जको मुख्य सडक क्षेत्रमा फुटपाथ निर्माण गर्न अवैध रूपमा निर्माण

वर्षाले गहुँबाली भिजाउँदा किसान चिन्तित

कञ्चनपुर– आज दिउँसोदेखि परेको वर्षाले कञ्चनपुरका किसान प्रभावित भएका छन्

शान्ति सैनिकको सुरक्षा सुनिश्चित गर्न आग्रह

एजेन्सी– लेबनानमा गत हप्ता तीन इन्डोनेसियाली शान्ति सैनिकको मृत्युको सम्भावित कारण