लुम्बिनी प्रदेशसभा बैठक : समसामयिक विषयमा छलफल « Khabarhub

लुम्बिनी प्रदेशसभा बैठक : समसामयिक विषयमा छलफल


२५ चैत्र २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

लुम्बिनी– लुम्बिनी प्रदेशसभाको बैठकमा सङ्घीय र प्रदेश सरकारसँग सरोकार राख्ने विषयमा प्रदेशसभा सदस्यहरूले आआफ्नो धारणा राखेका छन् । प्रदेशसभा सदस्य राजुप्रसाद श्रेष्ठले जनताको अपेक्षाअनुसार सुशासन कायम गर्न सरकार सफल हुनुपर्ने बताए। 

सङ्घीयतासहितको संविधानप्रति प्रतिबद्धता जनाउँदै प्रदेशलाई स्वायत्त र जीवित संस्थाका रूपमा सुदृढ बनाउनुपर्ने उनको धारणा थियो । प्रदेशसभा सदस्य निमा गिरीले जेनजी आन्दोलनका क्रममा सरकारी तथा निजी सम्पत्तिमा भएको क्षतिका सन्दर्भमा प्रदेशको सम्पत्ति जोगाउनेहरूप्रति धन्यवाद व्यक्त गरे।

 उनले संविधानको मर्म र घोषणापत्रअनुसार काम गर्न सुझाव दिँदै द्रुतमात्र होइन, निष्पक्ष कारबाही आवश्यक रहेको बताए।  प्रदेशसभा सदस्य चन्द्रकेश गुप्ताले विदेशमा रहेका नेपाली नागरिकको सुरक्षाको प्रत्याभूति दिलाउन सङ्घीय सरकारसँग आग्रह गरे । 

प्रदेशसभा सदस्य इन्द्रकुमारी गहतराजले जेन-जी आन्दोलनमा घुसपैठका कारण अप्रत्याशित क्षति भएको बताए। सरकार जनताप्रति कत्तिको उत्तरदायी छ भन्ने कुरा व्यवहारबाट देखिनुपर्ने उनको भनाइ थियो । 

अर्का प्रदेशसभा सदस्य यमबहादुर सार्कीले दलित अधिकार विधेयकलाई प्रभावकारी बनाउने प्रयास भइरहेको जानकारी दिए । करिब सात लाख ३५ हजार नागरिकसँग सम्बन्धित यस विधेयकलाई गम्भीरतापूर्वक अगाडि बढाउनुपर्ने उनको जोड थियो । 

प्रदेशसभा सदस्य मिनाकुमारी श्रेष्ठले किसानका लागि मल र बीउको समस्या पटकपटक उठाउँदा पनि समाधान नहुँदा समस्या भइरहेको भन्दै सरकारको ध्यानाकर्षण गराइन्। प्रदेशसभा सदस्य गिरीधारीलाल न्यौपानेले लोकतान्त्रिक मूल्य, संविधान र नागरिक स्वतन्त्रताको सबैले सम्मान गर्नुपर्नेमा जोड दिइन्। 

बैठकमा सामाजिक विकास मन्त्री जन्मजय तिमिल्सिनाले उठेका प्रश्नहरूको जवाफ दिँदै चालु आर्थिक वर्षमा मन्त्रालय र मातहतका निकायबाट सञ्चालन भइरहेका आयोजनाबारे जानकारी दिए । प्रदेशका नागरिकले सहज सेवा पाउने गरी सामूहिक भावनाबाट काम अघि बढाइने उनको भनाइ थियो ।

यसैबीच, अर्थ, उद्योग तथा पर्यटन समितिका सभापति राजुप्रसाद श्रेष्ठले समितिको वार्षिक प्रतिवेदन सभामा पेस गरे। सातौँ अधिवेशनको नवौँ बैठक चैत २६ गते दिउँसो ११ः०० बजे बस्ने छ ।  

प्रकाशित मिति : २५ चैत्र २०८२, बुधबार  ८ : ०३ बजे

हुथी आक्रमणमा कम्तीमा ३८ यमनी सैनिकको मृत्यु

अल मुकल्ला – यमनमा हुथी मिसाइल र ड्रोन आक्रमणमा बिहीबार

सेनामा भर्ती गराइदिने भन्दै ठगी गर्ने व्यक्ति पक्राउ

सुदूरपश्चिम – नेपाली सेनामा भर्ती गराइदिने प्रलोभन देखाएर रकम असुली

डेङ्गीविरुद्ध ‘खोज र नष्ट गर’ अभियान

गण्डकी – साउन लागेयता बागलुङमा डेङ्गी सङ्क्रमितको सङ्ख्या २४१ पुगेको

सशस्त्र प्रहरीका वरिष्ठ उपरीक्षकहरूको सरुवा (सूचीसहित)

काठमाडौं – नेपाल सरकारले सशस्त्र प्रहरी बल (एपीएफ) का वरिष्ठ

धनुषामा प्रतिपरिवार एक सिलिन्डर बिक्री गरिने

जनकपुरधाम – धनुषा जिल्लामा खाना पकाउने एलपिजी ग्यासको सम्भावित अभावलाई