कागतीमा हुन्छन् यस्ता औषधीय गुण | Khabarhub Khabarhub

कागतीमा हुन्छन् यस्ता औषधीय गुण


९ पुस २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

कागती अमिलो र सदाबहार पाइने फल हो । कागतीलाई औषधिउपचारको रुपमा पनि प्रयोग गरिन्छ । कागतीमा हुने भिटामिन ‘सी’ ले शरीरलाई स्वस्थ राख्न सहयोग पुर्‍याउँछ । आज हामी तपाइलाई कागतीको औषधिय गुणको विषयमा जानकारी दिदै छौं ।

कपालमा कागतीको प्रयोग

कपालका लागि कागतीको प्रयोग लाभदायी मानिन्छ । कपला झरेमा, कपाल फुल्ने समस्या भएमा कपालमा चाया तथा जुम्रा परेमा कागतीको रसमा अमलाको धुलो मिलाएर कपाल धुनुपर्छ । यसले तपाईको कपालमा हुने समस्या हटाएर सुन्दर बनाउन सहयोग पुर्‍याउँछ ।

डण्डिफोर हटाउन

कागती डण्डिफोरका आउने समस्या भएका व्यक्तिका लागि उपयुक्त हुन्छ । यदि तपाईको अनुहारमा डण्डिफोर आउने समस्या छ भने कागतीको रसलाई एक महिनासम्म प्रयोग गर्नुस् तपाईको डण्डिफोर आउने समस्या हटाएर अनुहार चम्किलो हुन्छ ।

पेट रोग

पेटमा कुनै समस्या भएमा कागतीको रसमा मरिच, धनिया तथा भुटेको जिरा मिलाएर सेवन गर्दा राम्रो हुन्छ ।

शरीरमा एलर्जी भएमा

शरीर चिलाउने समस्या वा एलर्जी छ भने नरिवलको तेलमा कागतीको रस मिसाएर लगाउनुस् । शरीर चिलाउने समस्या ठिक हुन्छ ।

स्वादिष्ट खाना

खाना तथा तरकारी वा अचार वा सलादमा कागतीको रस प्रयोग गर्नुस् । तपाईले खाने तरकारी तथा सलाद स्वादिष्ठ बन्छ ।

शरीरको तौल नियन्त्रण

तोतोपानीमा कागती मिसाएर नियमित रुपमा सेवा गर्दा तौल घट्न सक्छ । त्यसैले मोटोपना भएका व्यक्तिले तातोपानीमा कागती मिसाएर खानु उपयुक्त हुन्छ । मनतातो पानीमा कागतीसँगै मह पनि मिसाएर पीउनुभयो भने सहजै तौल घटाउन सकिन्छ ।

प्रकाशित मिति : ९ पुस २०७६, बुधबार  ६ : २७ बजे

म्याग्दी कारागारबाट भागेका ६२ जना कैदीबन्दी फर्किए

म्याग्दी– म्याग्दी कारागारबाट एक हप्ताअघि भागेका ६२ जना कैदीबन्दीलाई प्रहरीले

विभिन्न स्थानमा तीन जना मृत अवस्थामा फेला

काठमाडौं– बागलुङको ताराखोला गाउँपालिका-१ स्थित गोठभित्र सोही गाउँपालिका-५ सानो औलादी बस्ने ४०

जनमत वरिष्ठ उपाध्यक्षसहितका नेताले मागे सीके राउतको राजीनामा

काठमाडौं– जनमत पार्टीका वरिष्ठ उपाध्यक्षसहित केही नेताहरूले अध्यक्ष डा. सीके

मन्त्रीहरूले गरे आगजनी भएको सर्वोच्च अदालतको निरीक्षण

काठमाडौं– सरकारका मन्त्रीहरूले जेन-जी आन्दोलनका क्रममा आगजनी भएको सर्वोच्च अदालतको

आधा झुकाउने दिन सिन्धुलीका सीडीओले नै फहराएनन् झण्डा

सिन्धुली- जेन-जी आन्दोलनका क्रममा ज्यान गुमाएका प्रदर्शनकारीको सम्झनामा सरकारले बुधबार