चुनावमा कैदीबन्दीको प्रयोग ! « Khabarhub

चुनावमा कैदीबन्दीको प्रयोग !


९ पुस २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी- अमेरिकामा आउँदो वर्ष हुने राष्ट्रपति चुनावमा डेमोक्र्याटिक पार्टीका तर्फबाट उम्मेदवार बन्ने होडमा हालै सामेल भएका धनाड्य तथा न्यूयोर्कका पूर्व मेयर माइकल ब्लुमबर्गको चुनावी अभियोनमा कैदीबन्दी प्रयोग भएको खुलेको छ ।

आफ्नो पक्षमा मत माग्नका लागि प्रयोग भएकाहरु जेलका कामदार रहेको थाहा नभएको ब्लुमबर्गले बताएका छन्।

जेलमा दुई कल सेन्टर चलाउने विचौलियासँगको सहकार्य तोडेको पनि ब्लुमबर्गले बताएका छन् । सोही विचौलियाले आफ्नो चुनावी अभियानमा थाहै नदिइ जेलका जेलका मजुदरहरु ल्याएको ब्लुमबर्गको भनाई छ ।

पत्रकारले आफूलाई टेलिफोन गरेपछि मात्रै आफ्नो चुनावी अभियोनमा कामदार पठाउने विचौलिया कम्पनीले जेलका मजदुर प्रयोग गरेको थाहा पाएको ब्लुमबर्गले बताएका छन् ।

ब्लुमबर्ग गएको नोभेम्बरमा मात्रै चुनावी अभियानमा आएका छन् । उनले त्यसलगत्तै ठूलो रकम प्रचारप्रसार सामग्रीमा खर्च गरेका छन् ।

ब्लुमबर्गको चुनावी अभियानमा जेलका मजदुरको प्रयोग भएको खबर सबैभन्दा पहिले समाचार अनलाईन द इन्टरसेप्टले प्रकाशित गरेको थियो।

न्यूयोर्कका पूर्व मेयर ब्लुमबर्गले आफ्नो चुनावी अभियान जेलका मजदुर प्रयोग गर्ने पक्षमा नरहेको र अब आइन्दा अभियानमा प्रयोग हुने कामदारका सम्बन्धमा विस्तृत अध्ययन गरिने बताएका छन् ।

प्रकाशित मिति : ९ पुस २०७६, बुधबार  ७ : ५३ बजे

सुनचाँदीको मूल्य घट्यो

काठमाडौं– स्थानीय बजारमा आज सुनचाँदीको मूल्य घटेको छ । सुनको

नेपाल–साउदी कूटनीतिक सम्बन्धको ५० वर्ष

काठमाडौँ – स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहता र

नयाँ बसपार्कमा यसरी गरियो विश्वकर्मा पूजा 

काठमाडौं– विश्वकर्मा बाबाको पूजाको अवसरमा काठमाडौंको गोङ्गबुस्थित नयाँ बसपार्कमा बस

वीरगञ्जमा भारतीय कारभित्र चार थान पेस्तोल बरामद

वीरगञ्ज – पर्साको वीरगञ्ज महानगरपालिका–१५ बास्तुबिहार चोकमा सशस्त्र प्रहरीले बेवारिसे

बुटवलमा विश्वकर्मा पूजाको रौनक, १५ सय बढी सवारीसाधन पूजा हुँदै (तस्बिरहरू)

काठमाडौं– विश्वकर्मा पूजाको अवसरमा बुटवलको मैनाबगरस्थित बुटवल अटो इन्जिनियरिङ एसोसिएसनले