जण्डिस के हो ? नवजात शिशुमा के कारणले देखिन्छ ? | Khabarhub Khabarhub

जण्डिस के हो ? नवजात शिशुमा के कारणले देखिन्छ ?


९ पुस २०७६, बुधबार  

पढ्न लाग्ने समय : 3 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

आँखा, छाला र मुखभित्र पहेलो हुनुलाई सामान्य भाषामा जण्डिस भनिन्छ ।

जण्डिस आफैमा कुनै रोग होइन यो विभिन्न रोगको लक्षण मात्र हो । जण्डिस या पहेलोपनलाई डाक्टरको भाषामा हेपाटाइटिस भनिन्छ । जण्डिस, पहेलोपन, हेपाटाइटिस, कमलपित्त सबै पर्यायबाची शब्द हुन् ।

रगतमा बिलिरुविनको मात्रा तीन मिलिग्रामभन्दा बढी भएमा आखा पहेलो देखिन्छ । जण्डिसको हुनुको मुख्यतया दुई कारणहरु छन्

१. जन्मजात हुने जण्डिस

२. रोग तथा संक्रमणबाट निम्तने जण्डिस

१. जन्मजात हुने जण्डिस

भर्खर जन्मिएको नवजात शिशुमा जन्मिएको केही घण्टाभित्र देखिने जण्डिसलाई सामान्य जण्डिसका रुपमा लिइन्छ ।

सामान्य जण्डिस भएका शिशुलाई बिहानको घाममा केहिबेर राखेमा आफै निको भएर जान्छ । तर यदि जण्डिसको मात्रा बढेको छ भने फोटोथेरापी मेसिनमा राखेर पनि घटाउन सकिन्छ । यो अवस्थासम्म पनि जण्डिसलाई सामान्य मानिन्छ ।

जण्डिसको मात्रा निकै उच्च छ भने वा बच्चालाई ज्वरो आयो, दुध खाएन भने रगत परीक्षण गर्नुपर्छ । यस्तो अवस्थाको जण्डिसमा शिशुलाई ज्वरो आउने, दुध चुस्न नमान्ने, बान्ता हुने लगायतका लक्षणहरु देखा पर्दछन् ।

शिशुमा हुने जण्डिस औसतमा २० दिनसम्म रहन सक्छ । तर जण्डिसको मात्रा घट्दै जानुपर्छ । यदि दुई साताभन्दा बढिपछि पनि उही मात्रामा रह्यो भने चिकित्सकको थप परामर्श अनुसार उपचार थाल्नुपर्छ ।

दुई सातापछिसम्म जण्डिस रहिरहेमा वा फोटोथेरापिले पनि घटाउन नसकेमा कलेजो फेर्नुपर्ने अवस्था आउन सक्छ । कतिपय अवस्थामा शिशुमा एन्जाइमसको अभावले पनि जण्डिस देखिन सक्छ ।

यस्तो खाले जण्डिस लामो अवधि रहने गर्दछ । यो जण्डिस नर्मल जण्डिसभन्दा फरक हुन्छ । यो बालक शिशुमा धेरै हुने गर्दछ । तर जण्डिसको अवस्था अनुसार उपचार गर्नुपर्ने भएकाले जण्डिसको लक्षण देखिनासाथ नवजात शिशुलाई अस्पताल लगी चिकित्सकको परामर्श अनुसार उपचार गर्नुपर्छ ।

२. रोग तथा संक्रमणबाट निम्तने जण्डिस

बाहिरको संक्रमित खाना वा फोहोर पानीको माध्यमबाट पनि जण्डिस सर्ने गर्दछ । नवजात शिशु बाहेकलाई जण्डिस हुने विश्वभरीको साझा समस्या भनेको मुख्यतः ढल मिसिएको फोहोर खानेपानी पनि हो ।

यस्तो जण्डिस शुरुमा आँखा पहेलो नभए पनि वाकवाक लाग्ने, ज्वरो आउने, पेट दुख्ने समस्या हुनसक्छ र विस्तारै जण्डिस देखापर्छ ।

हेपाटाइटिस ‘बी’ सर्नाले पनि जण्डिस देखिन सक्छ । अहिले हेपाटाइटिस विरुद्धको खोप आइसकेकाले पहिलाको जस्तोे सर्ने सम्भावना कम हुन्छ । आमालाई हेपाटाइटिस ‘बी’ भएको छ भने बच्चालाई जन्मिएको ७२ घन्टाभित्र हेपाटाइटिस ‘बी’ र इमिनोगोलोबिन खोप लगाउनुपर्छ । त्यसो गर्दा जण्डिस बच्चामा सर्न पाउँदैन ।

जण्डिसका लक्षण:

खाना अरुचि हुनु, वाकवाक लाग्नु, ज्वरो आउनु, माथिल्लो पेट दुख्नु, शरीर कमजोर हुनु, थकाई लाग्नु, पिसाव पहेँलो हुँदै जानु, आँखा पहेँलो हुनु र छालामा पहेलोपन देखिनु हो ।

हाम्रो समाजमा जण्डिस हुँदा बेसार, नुन खान नहुने मान्यता छ । उखुको जुस पिउने वा जाउलो खानुपर्छ भन्ने सोच छ ।

तर जण्डिस हुँदैमा खासै कुनै खाना बार्नु पर्दैन । घरमा पकाएको सामान्य खाना खादा केही असर पर्दैन । यतिमात्र होइन बच्चालाई जण्डिस भयो भने आमाले खाना बानुपर्छ र बच्चालाई दुध दिनु हुँदैन भन्ने मान्यता छ । तर यो सरासर गलत हो ।

आमाले खाना बार्नु पर्दैन । अझ कतैकतै गर्भावअस्थामा बेसार वा आप खाएको कारणले जण्डिस हुन्छ भनिन्छ । यो पनि गलत हो ।

जण्डिस हुँदा के खाने के नखाने ?

नखाने

१. चिल्लो, पिरो, अमिलो खानेकुरा सकेसम्म बार्नु पर्दछ ।
२. गुलियो स्वाद नभएको फलफूलहरु गाँजर, मुला, काँक्रो, फर्सी, स्कुस, लौका नखाने ।
३. उसिनेको सादा खाना वा जाउलोमात्र पनि खानु हुदैन ।
४. अण्डाको पहेलो भाग, रातो मासु, गाई भैसीको घिउ नखाने ।

खाने 

१. जण्डिस हुँदा पानीलाई उमालेर सेलाउने र एक लिटर पानीमा २५० ग्राम पानीमा चिनी, मिश्रि घोलेर खाँदा छिट्टै लाभ मिल्छ ।
२. जण्डिस भएको बेला सामान्य खानेकुरा दाल, भात, तरकारी खाँदा केही फरक पर्दैन ।
३. सुगरका बिरामी बाहेकले उखुको जुस खाने ।
४. नुन, तेल, बेसार र मसला लगायतका सबै थोक खान मिल्छ ।
५. वनस्पती घ्यु, चिल्लो पदार्थ, सनफ्लावर तेल, भेजिटेवल्स, तोरीको तेल समेत खान मिल्छ ।
६. बोसोरहित मासु खान सकिन्छ, जस्तैः हाँस, कुखुरा, परेवाको मासु खादा असर पर्दैन ।
७. दूध, दही, रसवरी, पनिर पनि खान सकिन्छ । तर फ्याटको मात्रा कम हुनुपर्छ ।

प्रकाशित मिति : ९ पुस २०७६, बुधबार  ९ : २६ बजे

अडानीलाई केन्यामा झट्का, एक अर्ब ८२ करोड डलरको सम्झौता रद्द

काठमाडौं– अमेरिकामा गौतम अडानीमाथि लागेको आरोपको प्रभाव भारतदेखि केन्यासम्म परेको

राजस्व कार्यालय भरतपुरमा निःशुल्क करदाता सहायता कक्ष

चितवन– आन्तरिक राजस्व कार्यालय भरतपुर परिसरमा निःशुल्क करदाता सहायता कक्ष

निर्माण सम्पन्न भएको ६ महिनामा पनि सञ्चालनमा आएन कुश्मा बसपार्क

पर्वत– पर्वतको कुश्मामा निर्मित सुविधासम्पन्न बसपार्क निर्माण भएको ६ महिनासम्म

राष्ट्र बैङ्कको अध्ययन : गण्डकी प्रदेशमा कृषि क्षेत्र घट्यो

काठमाडौं– नेपाल राष्ट्र बैङ्कले गरेको एक अध्ययनमा गण्डकी प्रदेशमा कृषि

विवाद नमिल्दा नारायणी अस्पताल भवन निर्माण अलपत्र

पर्सा– पाँचवर्षदेखि नारायणी अस्पतालको भवन निर्माण रोकिएको छ । भवन