जण्डिस के हो ? नवजात शिशुमा के कारणले देखिन्छ ? « Khabarhub

जण्डिस के हो ? नवजात शिशुमा के कारणले देखिन्छ ?


९ पुस २०७६, बुधबार  

पढ्न लाग्ने समय : 3 मिनेट


6
Shares
  • change font
  • change font
  • change font

आँखा, छाला र मुखभित्र पहेलो हुनुलाई सामान्य भाषामा जण्डिस भनिन्छ ।

जण्डिस आफैमा कुनै रोग होइन यो विभिन्न रोगको लक्षण मात्र हो । जण्डिस या पहेलोपनलाई डाक्टरको भाषामा हेपाटाइटिस भनिन्छ । जण्डिस, पहेलोपन, हेपाटाइटिस, कमलपित्त सबै पर्यायबाची शब्द हुन् ।

रगतमा बिलिरुविनको मात्रा तीन मिलिग्रामभन्दा बढी भएमा आखा पहेलो देखिन्छ । जण्डिसको हुनुको मुख्यतया दुई कारणहरु छन्

१. जन्मजात हुने जण्डिस

२. रोग तथा संक्रमणबाट निम्तने जण्डिस

१. जन्मजात हुने जण्डिस

भर्खर जन्मिएको नवजात शिशुमा जन्मिएको केही घण्टाभित्र देखिने जण्डिसलाई सामान्य जण्डिसका रुपमा लिइन्छ ।

सामान्य जण्डिस भएका शिशुलाई बिहानको घाममा केहिबेर राखेमा आफै निको भएर जान्छ । तर यदि जण्डिसको मात्रा बढेको छ भने फोटोथेरापी मेसिनमा राखेर पनि घटाउन सकिन्छ । यो अवस्थासम्म पनि जण्डिसलाई सामान्य मानिन्छ ।

जण्डिसको मात्रा निकै उच्च छ भने वा बच्चालाई ज्वरो आयो, दुध खाएन भने रगत परीक्षण गर्नुपर्छ । यस्तो अवस्थाको जण्डिसमा शिशुलाई ज्वरो आउने, दुध चुस्न नमान्ने, बान्ता हुने लगायतका लक्षणहरु देखा पर्दछन् ।

शिशुमा हुने जण्डिस औसतमा २० दिनसम्म रहन सक्छ । तर जण्डिसको मात्रा घट्दै जानुपर्छ । यदि दुई साताभन्दा बढिपछि पनि उही मात्रामा रह्यो भने चिकित्सकको थप परामर्श अनुसार उपचार थाल्नुपर्छ ।

दुई सातापछिसम्म जण्डिस रहिरहेमा वा फोटोथेरापिले पनि घटाउन नसकेमा कलेजो फेर्नुपर्ने अवस्था आउन सक्छ । कतिपय अवस्थामा शिशुमा एन्जाइमसको अभावले पनि जण्डिस देखिन सक्छ ।

यस्तो खाले जण्डिस लामो अवधि रहने गर्दछ । यो जण्डिस नर्मल जण्डिसभन्दा फरक हुन्छ । यो बालक शिशुमा धेरै हुने गर्दछ । तर जण्डिसको अवस्था अनुसार उपचार गर्नुपर्ने भएकाले जण्डिसको लक्षण देखिनासाथ नवजात शिशुलाई अस्पताल लगी चिकित्सकको परामर्श अनुसार उपचार गर्नुपर्छ ।

२. रोग तथा संक्रमणबाट निम्तने जण्डिस

बाहिरको संक्रमित खाना वा फोहोर पानीको माध्यमबाट पनि जण्डिस सर्ने गर्दछ । नवजात शिशु बाहेकलाई जण्डिस हुने विश्वभरीको साझा समस्या भनेको मुख्यतः ढल मिसिएको फोहोर खानेपानी पनि हो ।

यस्तो जण्डिस शुरुमा आँखा पहेलो नभए पनि वाकवाक लाग्ने, ज्वरो आउने, पेट दुख्ने समस्या हुनसक्छ र विस्तारै जण्डिस देखापर्छ ।

हेपाटाइटिस ‘बी’ सर्नाले पनि जण्डिस देखिन सक्छ । अहिले हेपाटाइटिस विरुद्धको खोप आइसकेकाले पहिलाको जस्तोे सर्ने सम्भावना कम हुन्छ । आमालाई हेपाटाइटिस ‘बी’ भएको छ भने बच्चालाई जन्मिएको ७२ घन्टाभित्र हेपाटाइटिस ‘बी’ र इमिनोगोलोबिन खोप लगाउनुपर्छ । त्यसो गर्दा जण्डिस बच्चामा सर्न पाउँदैन ।

जण्डिसका लक्षण:

खाना अरुचि हुनु, वाकवाक लाग्नु, ज्वरो आउनु, माथिल्लो पेट दुख्नु, शरीर कमजोर हुनु, थकाई लाग्नु, पिसाव पहेँलो हुँदै जानु, आँखा पहेँलो हुनु र छालामा पहेलोपन देखिनु हो ।

हाम्रो समाजमा जण्डिस हुँदा बेसार, नुन खान नहुने मान्यता छ । उखुको जुस पिउने वा जाउलो खानुपर्छ भन्ने सोच छ ।

तर जण्डिस हुँदैमा खासै कुनै खाना बार्नु पर्दैन । घरमा पकाएको सामान्य खाना खादा केही असर पर्दैन । यतिमात्र होइन बच्चालाई जण्डिस भयो भने आमाले खाना बानुपर्छ र बच्चालाई दुध दिनु हुँदैन भन्ने मान्यता छ । तर यो सरासर गलत हो ।

आमाले खाना बार्नु पर्दैन । अझ कतैकतै गर्भावअस्थामा बेसार वा आप खाएको कारणले जण्डिस हुन्छ भनिन्छ । यो पनि गलत हो ।

जण्डिस हुँदा के खाने के नखाने ?

नखाने

१. चिल्लो, पिरो, अमिलो खानेकुरा सकेसम्म बार्नु पर्दछ ।
२. गुलियो स्वाद नभएको फलफूलहरु गाँजर, मुला, काँक्रो, फर्सी, स्कुस, लौका नखाने ।
३. उसिनेको सादा खाना वा जाउलोमात्र पनि खानु हुदैन ।
४. अण्डाको पहेलो भाग, रातो मासु, गाई भैसीको घिउ नखाने ।

खाने 

१. जण्डिस हुँदा पानीलाई उमालेर सेलाउने र एक लिटर पानीमा २५० ग्राम पानीमा चिनी, मिश्रि घोलेर खाँदा छिट्टै लाभ मिल्छ ।
२. जण्डिस भएको बेला सामान्य खानेकुरा दाल, भात, तरकारी खाँदा केही फरक पर्दैन ।
३. सुगरका बिरामी बाहेकले उखुको जुस खाने ।
४. नुन, तेल, बेसार र मसला लगायतका सबै थोक खान मिल्छ ।
५. वनस्पती घ्यु, चिल्लो पदार्थ, सनफ्लावर तेल, भेजिटेवल्स, तोरीको तेल समेत खान मिल्छ ।
६. बोसोरहित मासु खान सकिन्छ, जस्तैः हाँस, कुखुरा, परेवाको मासु खादा असर पर्दैन ।
७. दूध, दही, रसवरी, पनिर पनि खान सकिन्छ । तर फ्याटको मात्रा कम हुनुपर्छ ।

प्रकाशित मिति : ९ पुस २०७६, बुधबार  ९ : २६ बजे

घोराहीमा ट्रकले स्कुटरलाई ठक्कर दिँदा छोराको मृत्यु, बुबा घाइते

दाङ – दाङको घोराहीमा ट्रकले स्कुटरलाई ठक्कर दिँदा छोराको मृत्यु

गगन थापा मुलुकको नेतृत्व गर्न तयार : उपसभापति शर्मा

झापा – नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले पार्टीका सभापति गगनकुमार

प्रधानमन्त्री कप क्रिकेटः बैतडीको शानदार सुरुआत

बैतडी – प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिताको सुदूरपश्चिम छनोटमा

आगामी निर्वाचन देशको स्वाधीनताका लागि महत्त्वपूर्ण छ : उपाध्यक्ष थापा

काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (एमाले)का उपाध्यक्ष रामबहादुर थापा ‘बादल’ले

टी–२० विश्वकपमा भारतसँगकाे खेल बहिष्कार गर्ने पाकिस्तानको निर्णय

काठमाडौं – आईसीसी टी–२० विश्वकप २०२६ मा पाकिस्तानले भारतसँग हुने