सर्वोच्च आगजनी प्रकरणमा पक्राउ परे ल क्याम्पसका पूर्वस्ववियु सभापति ढुंगेल « Khabarhub

सर्वोच्च आगजनी प्रकरणमा पक्राउ परे ल क्याम्पसका पूर्वस्ववियु सभापति ढुंगेल


१० मंसिर २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


2.1k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- गत भदौ २४ गते भएको जेन-जी आन्दोलनका क्रममा सर्वोच्च अदालतमा तोडफोड र आगजनीमा संलग्न भएको आरोपमा एकजना पूर्वस्ववियु सभापति पक्राउ परेका छन् ।

यसअघि उक्त प्रकरणमा पक्राउ परेका दुईजनाको बयानका आधारमा नेपाल ल क्याम्पसका पूर्वस्ववियु सभापति विष्णु ढुंगेल बुधबार पक्राउ परेका हुन् ।

ढुंगेल तत्कालीन नेकपा माओवादी केन्द्रनिकट अखिल क्रान्तिकारीका नेतासमेत हुन् । २०७९ सालमा भएको स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनमा उनी ल क्याम्पसको सभापतिमा विजयी भएका थिए ।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय, टेकु र जिल्ला प्रहरी परिसर, भद्रकालीको संयुक्त टोलीले लामो अनुसन्धानपछि ढुंगेललाई चितवनबाट पक्राउ गरेको हो ।

यसअघि पक्राउ परेका झापाको भद्रपुर नगरपालिका–१ का २८ वर्षीय ज्योति थापा घताने र ललितपुर, महालक्ष्मीस्थान नगरपालिका–५ का ३० वर्षीय ब्राउन भनिने सुशील श्रेष्ठको बयानका आधारमा ढुंगेल समातिएका हुन् । उनीहरूलाई आपराधिक उपद्र्व मुद्दामा म्याद थपेर हिरासतमा राखिएको छ।

उक्त घटनामा तत्कालीन नेकपा माओवादी केन्द्रको अखिल क्रान्तिकारीका नेता तथा ल क्याम्पसका पूर्वस्ववियु सभापति विष्णु ढुंगेल पनि प्रत्यक्ष संलग्न रहेको पाइएको छ। प्रहरीले संकलन गरेको फोटो र भिडियो फुटेजबाट सर्वोच्च जलाउने काममा ढुंगेल पनि संलग्न भएको पुष्टि भएपछि पक्राउ गरिएको हो ।

पक्राउ परेका घताने र श्रेष्ठले ढुंगेलसहितले उकासेपछि सर्वोच्च जलाउन पुगेको बयान प्रहरीलाई दिएका छन् । उनीहरूको बयानका आधारमा ढुंगेलको पहिचान गरेर प्रहरीले खोजी अभियान चलाएको थियो ।

ढुंगेल अधिवक्ता पनि हुन् । सर्वोच्चमा आगजनी हुँदा ढुंगेल भीडको अग्रभागमा आक्रोशित देखिएका थिए । उनी सर्वोच्च परिसरमा रहेका भिडियो अहिले भाइरल भएका छन् । ढुंगेलले भिडलाई सर्वोच्च र न्यायाधीशहरू प्रति आक्रोश देखाउँदै जलाउन उकासेको भिडियोमा सुन्न सकिन्छ ।

यसअघि नै सर्वोच्च अदालतले आगजनी गर्नेहरूविरुद्ध काठमाडौं प्रहरी परिसरमा जाहेरी दिएपछि अनुसन्धान अघि बढेको हो । जिल्ला प्रहरी परिसर काठमाडौंका प्रमुख एसएसपी रमेश थापाले ढुंगेललाई चितवनबाट पक्राउ गरिएको पुष्टि गरेका छन् ।

प्रकाशित मिति : १० मंसिर २०८२, बुधबार  ३ : ३७ बजे

मन्त्रिपरिषद् बैठक बस्दै

काठमाडौँ– प्रधानमन्त्री वालेन्द्र शाहले मन्त्रिपरिषद्को बैठक आह्वान गरेका छन् ।

मकवानपुरमा खोलाले बगाएर बेपत्ता बालिकामध्ये थप एकको शव फेला

मकवानपुर– मकवानपुरको हेटौँडा उपमहानगरमालिका–१९ बस्तीपुरमा रहेको बासुदेव खोलाले बगाएर बेपत्ता

रास्वपा सभापति लामिछानेले आफ्ना सांसद र मन्त्रीहरुसँग छलफल गर्दै

काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले आज

कर्णालीका मुख्यमन्त्री शाहीले आज विश्वासको मत लिँदै

कर्णाली– कर्णाली प्रदेशसभाको बैठक आज बस्दैछ । बैठकमा सरकारका मुख्यमन्त्री

‘मास्टर्नी’बाट प्रियंकाको नयाँ परीक्षा

काठमाडौँ- करिअरको प्राइमपछि छायामा पर्दै गर्दा फिल्म निर्माणमा होमिने नायिकामा