वन जोगाउने जिम्मा भगवानलाई नै लगाएपछि...! | Khabarhub Khabarhub

वन जोगाउने जिम्मा भगवानलाई नै लगाएपछि…!


९ पुस २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

नेपालमा वनजंगल जोगाउन सरकारले विभिन्न कार्यक्रमको आयोजना गर्दै आएको छ । रुख बचाउन गोष्ठि, जनचेतनामूलक अभियान समेत सञ्चालन हुन्छन् । सरकार हरेक वर्ष लाखौं रकम खर्च गर्छ ।

सरकार योजना बनाए पनि तस्करहरुले वन फडानी गर्न छाडेका छैनन् । वन विनाश दिनप्रतिदिन बढ्दो छ ।

भारतमा भने एक युवाले रुख काटिनबाट बचाउन गज्जबको जुक्ति अपनाएका छन् । जसका कारण रुख काट्न आउनेहरु नै रुखको पूजा गरेर फर्किन्छन् ।

तपाईले कुनै कार्यालय वा गल्लीका कुनाहरुमा कसैले नथुकुन्, दिसा–पिसाब नगरुन् वा फोहोर नफालुन् भनेर भगवानका फोटो टासेको देख्नु भएकै होला । हो वन जोगाउन पनि यस्तै उपाय अपनाएका छन् उनले । भारतको उत्तर प्रदेशस्थित गोंडाका पर्यावरण प्रेमी परागदत्त मिश्रले सो जुक्ति अपनाएका हुन् ।

उनले रुख बचाउन भगवानको फोटो तथा पेन्टिङको सहारा लिएका छन् । मिश्रले रुखमा हिन्दू देवीदेवताको चित्र बनाएर राखेका कारण रुख काट्न आउनेहरु नै उल्टै पूजा गरेर फर्कने गरेका छन् ।

मिश्र भन्छन्- मैले हरेक रुखमा भगवानको चित्र बनाएर उक्त रुखको संरक्षक भगवानलाई बनाएको छु । जसलाईदेखि रुख काट्न आउनेहरु नै पूजा गरेर फर्कने गरेका छन् । उनको यस नयाँ उपायका कारण एक हजार भन्दा बढि रुख अहिले सुरक्षित छन् ।

वजीरगंज विकास खन्डका नगवा ग्राम पञ्चायतका प्रधान परागदत्त मिश्रले विकास तथा सडक विस्तारका नाममा काटिने रुख बचाउन यो उपाय निकै उपयोगी साबित भएको छ ।

एउटा रुखमा चित्र बनाउनका लागी २ सय भारु खर्च लागत लाग्ने गरेको उनले बताएका छन् । जसलाई अहिलेसम्म उनिले आफै वहन गर्दै आएका छन् । मिश्रका अनुसार पहिले निकै हरीयाली भएको गाउँ पछिल्लो समयमा उजाड झै बनेको थियो ।

वन विनाश हुँदै गएपछि उनी निकै चिन्तित बनेका थिए । वन जोगाउन उनले के उपाय अपनाउने होला भन्ने उनको मनमा थियो । एकाएक उनले रुख बचाउन भगवानकै जिम्मा दिने जुक्ति फु¥यो, त्यसपछि उलने हरेक रुखमा हिन्दू देवीदेवताका तस्वीर कोर्न थाले । अहिले सो क्षेत्र निकै हराभरा समेत बनेको छ ।

प्रकाशित मिति : ९ पुस २०७६, बुधबार  ९ : ५१ बजे

आयोगले उपनिर्वाचनको परिणाम प्रतिवेदन राष्ट्रपतिलाई बुझायो

काठमाडौं– निर्वाचन आयोगले बैशाख १५ मा सम्पन्न उपनिर्वाचनको परिणाम प्रतिवेदन

वेष्ट इन्डिज ‘ए’ विरुद्ध नेपाललाई पहिलो सफलता

काठमाडौं– वेष्ट इन्डिज ‘ए’ विरुद्ध टी–२० शृंखलाको चौथो खेलमा नेपालले

सुनको मूल्य बढ्यो, कतिमा भइरहेकाे छ कारोबार ?

काठमाडौं– नेपाली बजारमा सुनचाँदीको मूल्य बढेको छ । नेपाल सुन–चाँदी

म माथि षडयन्त्र भयो, संलग्नको नाम छिट्टै सार्वजनिक गर्छु : सन्दीप लामिछाने

काठमाडौं– बलात्कार मुद्दामा दोषी ठहर भएका क्रिकेटर सन्दीप लामिछानेले आफू

सूचना प्रविधिको सुरक्षित प्रयोग सुनिश्चित गरिन्छ : प्रधानमन्त्री

काठमाडौं– प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सूचना प्रविधिको विकास, विस्तार र