वन जोगाउने जिम्मा भगवानलाई नै लगाएपछि…! « Khabarhub

वन जोगाउने जिम्मा भगवानलाई नै लगाएपछि…!


९ पुस २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

नेपालमा वनजंगल जोगाउन सरकारले विभिन्न कार्यक्रमको आयोजना गर्दै आएको छ । रुख बचाउन गोष्ठि, जनचेतनामूलक अभियान समेत सञ्चालन हुन्छन् । सरकार हरेक वर्ष लाखौं रकम खर्च गर्छ ।

सरकार योजना बनाए पनि तस्करहरुले वन फडानी गर्न छाडेका छैनन् । वन विनाश दिनप्रतिदिन बढ्दो छ ।

भारतमा भने एक युवाले रुख काटिनबाट बचाउन गज्जबको जुक्ति अपनाएका छन् । जसका कारण रुख काट्न आउनेहरु नै रुखको पूजा गरेर फर्किन्छन् ।

तपाईले कुनै कार्यालय वा गल्लीका कुनाहरुमा कसैले नथुकुन्, दिसा–पिसाब नगरुन् वा फोहोर नफालुन् भनेर भगवानका फोटो टासेको देख्नु भएकै होला । हो वन जोगाउन पनि यस्तै उपाय अपनाएका छन् उनले । भारतको उत्तर प्रदेशस्थित गोंडाका पर्यावरण प्रेमी परागदत्त मिश्रले सो जुक्ति अपनाएका हुन् ।

उनले रुख बचाउन भगवानको फोटो तथा पेन्टिङको सहारा लिएका छन् । मिश्रले रुखमा हिन्दू देवीदेवताको चित्र बनाएर राखेका कारण रुख काट्न आउनेहरु नै उल्टै पूजा गरेर फर्कने गरेका छन् ।

मिश्र भन्छन्- मैले हरेक रुखमा भगवानको चित्र बनाएर उक्त रुखको संरक्षक भगवानलाई बनाएको छु । जसलाईदेखि रुख काट्न आउनेहरु नै पूजा गरेर फर्कने गरेका छन् । उनको यस नयाँ उपायका कारण एक हजार भन्दा बढि रुख अहिले सुरक्षित छन् ।

वजीरगंज विकास खन्डका नगवा ग्राम पञ्चायतका प्रधान परागदत्त मिश्रले विकास तथा सडक विस्तारका नाममा काटिने रुख बचाउन यो उपाय निकै उपयोगी साबित भएको छ ।

एउटा रुखमा चित्र बनाउनका लागी २ सय भारु खर्च लागत लाग्ने गरेको उनले बताएका छन् । जसलाई अहिलेसम्म उनिले आफै वहन गर्दै आएका छन् । मिश्रका अनुसार पहिले निकै हरीयाली भएको गाउँ पछिल्लो समयमा उजाड झै बनेको थियो ।

वन विनाश हुँदै गएपछि उनी निकै चिन्तित बनेका थिए । वन जोगाउन उनले के उपाय अपनाउने होला भन्ने उनको मनमा थियो । एकाएक उनले रुख बचाउन भगवानकै जिम्मा दिने जुक्ति फु¥यो, त्यसपछि उलने हरेक रुखमा हिन्दू देवीदेवताका तस्वीर कोर्न थाले । अहिले सो क्षेत्र निकै हराभरा समेत बनेको छ ।

प्रकाशित मिति : ९ पुस २०७६, बुधबार  ९ : ५१ बजे

भोटेकोशी बाढीमा बेपत्ता काभ्रेका ३७ जनालाई मृत घोषणा गर्ने प्रक्रिया अघि बढ्यो

काभ्रेपलाञ्चोक- रसुवाको भोटेकोशीमा गत भदौ १० गते आएको बाढीपछि बेपत्ता भएका

दक्षिणकाली मन्दिरमा भक्तजन (तस्बिरहरू) 

काठमाडौँ- काठमाडौँको दक्षिणकाली नगरपालिका–६ मा अवस्थित प्रसिद्ध दक्षिणकाली मन्दिरमा शुक्रबार

विद्यालयमा डीआई होइन काउन्सिलर राखाैँ

शिक्षा भनेको एक गतिशील प्रक्रिया हो। आजको आवश्यकता र भोलिको

बाढीका कारण क्षतिग्रस्त १८ झोलुङ्गे पुल मर्मतपछि सञ्चालन

काठमाडौँ– भोटेकोशी–त्रिशूली नदीमा आएको बाढीका कारण क्षतिग्रस्त भएका १८ वटा

बीपी कोइराला क्यान्सर अस्पतालका समस्या पहिचान गर्न सुधार समिति गठन

चितवन-  बीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालका समस्या पहिचान गरी सुधारका