मृत्युअघि मानिसलाई यमराजले देखाउने ४ संकेत ! « Khabarhub

मृत्युअघि मानिसलाई यमराजले देखाउने ४ संकेत !


९ पुस २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

सृष्टिको नियममा मानिस मात्र होइन स्वयम् भगवान पनि बाँधिएका छन् ।

भगवानले पनि सृष्टिका केही नियमलाई पालना गर्नु पर्ने हुन्छ । त्यसैले जबजब भगवानले मनुष्य अवतार धारण गरे उनीहरुले पनि शरीर त्याग गर्नुपर्याे । तसर्थ मानिसले पनि आफ्नो शरीर निश्चित अवधिपछि त्याग गर्नुपर्ने हुन्छ ।

शास्त्रमा उल्लेख भए अनुसार मानिसको अनुरोधमा यमराजले मृत्यु अघि ४ संकेत दिने वचन गरेका थिए । जसको पालन यमराज गर्दछन् । जसअनुसार कोहि मानिसलाई मृत्यु आउनु अघि शरीर त्याग गर्ने समय आएको यमराजले संकेत दिने गर्दछन् ।

धार्मिकशास्त्र अनुसार मानिसको आयु पूरा भएको र शरीर त्याग गर्ने समय आएको संकेत यमराजले यस प्रकारले दिने गरेका छन्-

१. पहिलो संकेत

अधिकांश मानिसको उमेर बढ्दै जाँदा कपाल सेता हुन थाल्दछ । मानिसको आयु सकिएको संकेत गर्ने यमराजको पहिलो संकेत भनेको मानिसको उमेर बढेसंगै उसको कपाल सेता हुदैं जानु हो । यसले मानिसलाई उमेर संगै आयु सकिन लागेको संकेत गर्दछ ।

२. दोश्रो संकेत

यमराजको दोश्रो संकेत भनेको उमेर बढ्दै जाँदा मानिसको दाँत समेत झर्न थाल्दछन् । यसले मानिसलाई आयु सकिँदै गएको संकेत गर्दछ । दाँत झरेसंगै मानिसको शरीरले मुक्तिको मार्ग खोज्न थालेको संकेत गर्दछ ।

३. तेश्रो संकेत

मानिसको आयु सकिएको तेश्रो संकेत भनेको मानिसको ज्ञानेन्द्रीय कमजोर हुदैँ जानु हो । शरीर बुढो भएपछि मानिसको हेर्ने, सुन्ने लगायतका क्षमता कम हुँदै जान्छन् । यस समय यमराजको संकेत रहन्छ अब सृष्टिको कुरा भन्दा पनि आत्म चिन्तन र मननमा ध्यान केन्द्रित गर ।

४. चौथो संकेत

यमराजको चौथो संकेत मानिसको उमेर बढेसँगै शरीर पहिले झै सिधा रहँदैन । अर्थात शरीर कुप्रो हुन (झुक्न) थाल्दछ । जसले मानिस आफ्नो शरीरको बोझ आफै थाम्न सक्दैन । यमराज यस अवस्थाबाट संकेत गर्दछन् कि अब शरीरलाई सहाराको आवश्यकता छ जो ब्रम्हलिन भएपछि मात्र सम्भव छ ।

प्रकाशित मिति : ९ पुस २०७६, बुधबार  ९ : २३ बजे

जनताले देश बनाउनेलाई मत दिन्छन् : महासचिव पोखरेल

दाङ – नेकपा (एमाले) का महासचिव एवम् दाङ निर्वाचन क्षेत्र

तोलामा १० हजार चार सयले बढ्यो सुनको भाउ

काठमाडौं – स्थानीय बजारमा सुनको मूल्यमा भारी वृद्धि भएको छ

६ पूर्वअर्थमन्त्री चुनावी दौडमा

काठमाडौं – आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा

बैतडीमा हातहतियार बुझाउन स्थानीयप्रशासनको निर्देशन

बैतडी– आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचन शान्तिपूर्ण

भोजपुरको कुमाल बस्तीमा पिउने पानीको समस्या

भोजपुर– भोजपुरको षडानन्द नगरपालिका–६ मोथेटारस्थित कुमाल बस्ती स्वच्छ पिउने पानीको