राष्ट्र बैंकद्वारा घर तथा गाडी कर्जामा कडाई « Khabarhub

राष्ट्र बैंकद्वारा घर तथा गाडी कर्जामा कडाई


९ पुस २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाल राष्ट्र बैंकले व्यक्तिगत घर तथा गाडी कर्जामा कडाई गरेको छ । बैंकले मंगलबार एक सूचना जारी गर्दै घर तथा गाडी खरिद गर्नको लागि कर्जामा कडाइ गरेको हो ।

बैंकले ब्यक्तिगत प्रकृतिको आवाधिक कर्जा, घर कर्जा र हार्यर पर्चेज कर्जामा कडाई गर्दै आम्दानीको ५० प्रतिशत भन्दा बढी किस्ता नबढ्ने गरि कर्जा प्रवाह गर्न बैंकहरुलाई निर्देशन दिएको छ ।

त्यस्तै राष्ट्र बैंकले कर्जा प्रभाव गर्दा ऋणीको आय स्रोत खुल्ने प्रमाणीत कागजात अनिवार्य रुपमा संलग्न गराउन निर्देशन दिएको छ । ऋणीले पेश गरेको स्रोतमा कर चुक्ता गरेको वा अध्यावधिक गरेको प्रमाणपत्रको आधारमा मात्रै आम्दानी गणना गर्न राष्ट्र बैंकले निर्देशन दिएको छ ।

उक्त सीमाभन्दा बढी कर्जा प्रवाह गरेमा त्यसलाई सुक्ष्म निगरानीमा राख्दै सोही अनुसारको प्रोभिजन राख्नु पर्ने ब्यवस्था राष्ट्र बैंकले गरेको छ ।
आम्दानी अनुसारको मात्रै कर्जा दिनुपर्छ भन्ने उदेश्यले यो ब्यवस्था लागु गरेको राष्ट्र बैंक नियमन विभागले जानाकरि दिएको छ ।

प्रकाशित मिति : ९ पुस २०७६, बुधबार  ११ : २२ बजे

चैत १४ गतेभित्र बालेन नेतृत्वको सरकार, एकै चरणमा मन्त्रिपरिषद् गठनको तयारी

काठमाडौं- यही चैत १२ गते प्रतिनिधिसभाका नवनिर्वाचित सदस्यहरूको शपथ हुँदैछ

प्रधानमन्त्री कार्कीद्वारा कर्णाली प्राविधिक शिक्षालयको अवलोकन

जुम्ला – प्रधानमन्त्री सुशीला कार्कीले जुम्लास्थित कर्णाली प्राविधिक शिक्षालयको अवलोकन

मध्यपूर्व युद्धले ‘विश्वव्यापी खाद्य सुरक्षामा खतरा’ : विश्व व्यापार संगठन प्रमुख

जेनेभा – मध्यपूर्वमा जारी युद्धले विश्वव्यापी खाद्य सुरक्षामा गम्भीर खतरा

लुम्बिनीमा तेस्रो अन्तरराष्ट्रिय शान्ति महोत्सव सुरु

लुम्बिनी – संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री अनिलकुमार सिन्हाले विश्वमा

पूर्वाधारमा थप आक्रमण भएमा इरान संयम रहनु आवश्यक नरहने विदेशमन्त्री अराघचीको भनाइ

तेहरान – इरानका विदेशमन्त्री सयैद अब्बास अराघचीले इरानका पूर्वाधारमा पुनः