सरकारको दुई तिहाइ गुम्यो, समर्थन फिर्ता लिने समाजवादी पार्टीको निर्णय « Khabarhub

सरकारको दुई तिहाइ गुम्यो, समर्थन फिर्ता लिने समाजवादी पार्टीको निर्णय


९ पुस २०७६, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सरकारबाट बाहिरिएसँगै समाजवादी पार्टी नेपालले केपी ओली नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ ।

बुधवार(आज) बसेको दलको केन्द्रीय कार्यकारीणी समिति बैठकले सरकारलाई दिएको समर्थन फिर्ता गर्दै प्रतिपक्षमा बस्ने निर्णय गरेको हो ।

समाजवादी पार्टी नेपालका महासचिव एवं संगठन विभाग प्रमुख गंगा श्रेष्ठले कार्यकारीणी बैठकले सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको खबरहबलाई जानकारी दिए ।

‘सरकारबाट बाहिरिएपछि समर्थन दिइरहेन कुरा भएन,’महासचिव श्रेष्ठले भने,’समाजवादी पार्टीले सरकारलाई दिएको समर्थन फिर्ता लिँदै संसदमा प्रतिपक्षीको बेञ्चमा बस्ने निर्णय गरेको छ ।’

समाजवादीले केपी ओली नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिएसँगै ओली सरकार बहुमतको सरकार मात्र बनेको छ । उसको दुई तिहाइ हटेको छ ।

केपी ओली नेतृत्वको सरकारलाई दुई तिहाइको सरकार बनाएको उपप्रधान एवं कानूनमन्त्री उपेन्द्र यादवको दल समाजवादी पार्टीले मंगलबार(हिजो) आकस्मिक रुपमा सरकारबाट बाहिरिने निर्णय गरेको थियो ।

समाजवादी पार्टीको पदाधिकारी बैठकले सरकार छोड्ने निर्णय गरेपछि उपप्रधानमन्त्री यादव र सहरी विकासमन्त्री इस्तियाक राईले राजीनामा दिएका थिए ।

सोमबारको मन्त्रिपरिषद् बैठकमा कानूनमन्त्रीको हैसियतमा आफूले संविधान संशोधनको प्रस्ताव प्रस्तुत गर्दा प्रधानमन्त्री केपी ओलीले अस्वीकार गरेको र यसअघि सरकारमा सहभागी हुने क्रममा गरिएको दुई बुँदे सहमति भंग भएको यादवले उल्लेख गरेका छन् ।

यसअघि मन्त्रिपरिषद् पुगर्नठन गर्ने क्रममा प्रधानमन्त्री ओलीले उपेन्द्र यादवलाई स्वास्थ्यबाट कानून मन्त्रालयमा सरुवा गरेका थिए । त्यसबेला नै प्रधानमन्त्रीले समाजवादी दललाई सरकारबाट हटाउन खोजेको कतिपयको आकलन थियो ।

समाजवादी पार्टीले मन्त्रिपरिषदबाट बाहिरिएपछि सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गर्दा पनि नेकपा सरकारले बहुमत गुमाउने अवस्था भने आउँदैन ।

समाजवादीले समर्थन फिर्ता लिँदा पनि ओली सरकारसँग बहुमत भने कायमै रहनेछ र उसमाथि कुनै गणितीय संकट भने आउने छैन ।

अहिले प्रतिनिधिसभाको कुल सदस्य संख्या २७५ छ । यसमध्ये दुई तिहाई बहुमतका लागि १८३ मत चाहिन्छ ।

समाजवादी पार्टीले समर्थन फिर्ता नलिँदासम्म ओली सरकारको पक्षमा १९४ सांसद छन् । समाजवादीका १७ जनाले समर्थन फिर्ता लिए भने सरकारको पक्षमा १७७ सांसद रहने छन्, जुन दुई तिहाईभन्दा थोरै मात्र कम हो ।

समाजवादीसँगको सहमतिले धक्का !

सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टीले राष्ट्रिय सभा निर्वाचनका लागि प्रदेश दुईमा राष्ट्रिय जनता पार्टीसँग दुई बुँदे सहमित गरेको थियो ।

राष्ट्रिसभा सदस्य निर्वाचनमा आफ्ना उम्मेदवारलाई विजयी गराउन राजपाले नेकपासँग सहमति गरेसँगै समाजवादीलाई समेत एक सिट घाटा लागेको छ । यसले गर्दा सरकारमा रहेको दल समाजवादी असन्तुष्ट बनेको थियो । सत्ता सहकार्य गरिरहेको दलसँग कुनै सल्लाह नगरि अर्को मधेशवादी दल राजपासँग सहकार्य गरेपछि समाजवादीलाई सरकारका बस्न नैतिक संकट उत्पन्न भएको राजनीतिक विश्लेकषकहरुको भनाइ थियो ।

कतिपयले भने समाजवादीलाई सरकारबाट बाहिर पठाएर राजपालाई सरकारकारमा ल्याउन नेकपाले राजपासँग सहमतित गरेको बताउँदै आएका छन् ।

तर राजपाका अध्यक्ष मण्डलका संयोजक राजेन्द्र महतोले नेकपा र राजपाबी भएको दुई बुँदे सहमतिले संघीय सरकारमा जाने बाटो नखुल्ने बताएका छन् ।

‘दुई बुदे सहमतिका कारण सरकारमा जाने अड्कलबाजी भइरहेको छ’ महतोले भने,‘नेकपा नेतृत्वको सरकारसँगको ‘डेडलक’ मात्र तोडिएको हो ।’

प्रकाशित मिति : ९ पुस २०७६, बुधबार  १ : ४४ बजे

विश्वकपमा जर्मनीको गोल वर्षा, कुरासाओ ७–१ ले पराजित

ह्युस्टन – चार पटकको विश्व च्याम्पियन जर्मनीले फिफा विश्वकप २०२६

टेम्पो भिरमा खसालिएको घटनामा १२ जना वन कर्मचारी प्रहरी नियन्त्रणमा

धनगढी – कैलालीको गोदावरी नगरपालिका–४ गाईबाँधेमा वन अतिक्रमण हटाउने क्रममा

देशलाई सुधार गर्ने अनुकूल अवस्था आएको छ, यो अवसर चुकाउनु हुँदैन : गगन थापा

ललितपुर – नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले देशलाई सुधार गर्ने

डोरी नबाँधी बन्जी जम्प गराउँदा २१ वर्षीय युवतीको मृत्यु

काठमाडाैं – ब्राजिलको साओ पाउलो राज्यमा बन्जी जम्पिङका क्रममा भएको

अनुमतिबिनै नेपाली आकाशमा उड्यो भारतीय सैनिक हेलिकोप्टर

धनगढी – भारतको इन्डो–टिबेटियन बोर्डर पुलिस (आईटीबीपी)का महानिर्देशक सत्रुजित कपुर