१ सय २२ जना चिनियाँ पक्राउ गरिएको अप्रेशन, ‘चार्ली फोक्स्टर’ « Khabarhub

१ सय २२ जना चिनियाँ पक्राउ गरिएको अप्रेशन, ‘चार्ली फोक्स्टर’


९ पुस २०७६, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रहरीले काठमाडौँका विभिन्न क्षेत्रबाट सोमबार १२२ जना चिनियाँ नागरिक पक्राउ गर्‍यो ।

प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो, महानगरीय अपराध नियन्त्रण महाशाखा र महानगरीय प्रहरी परिसरको संयुक्त टोलीले उनीहरुलाई कोठमाडौँको विभन्न क्षेत्रबाट पक्राउ गरेको हो ।

उनीहरु संस्थागत रुपमा घर भाडामा लिएर गैरकानूनी कार्य गरेको आरोपमा पक्राउ परेका हुन् । प्रहरीले उनीहरुलाई पक्राउ गर्न झण्डै तीन महिनाको समय लगाएको जनाएको छ ।

‘चार्ली फोक्स्टर’ नाम दिइएको यो अप्रेशनमा सफल भएको प्रहरी भनाइ छ । पक्राउ परेका चिनियाँ बारे काठमाडौंमा पत्रकार सम्मेलन गर्दै जानकारी गराइएको छ ।

नेपाल प्रहरीको केन्द्रीय केन्द्रीय अनुसन्धान ब्युरोका प्रमुख (डीआईजी) निरज शाहीका अनुसार इन्टरपोलसँगको सहकार्यमा सो अप्रेशन चलाइएको थियो ।

अनुसन्धानका क्रममा पक्राउ परेका उनीहरुको मुख्य काम प्रेमी प्रेमिका बनेर पैसा असुल्ने देखिएको डीआईजी शाहीले बताए । पक्राउ परेका चिनियाँहरुले चीनका धनी महिला तथा पुरुष पहिचान गरी उनीहरुलाई प्रेम जालमा फसाउने र यसरी फसेकाहरुलाई अनलाइनमा लगानी गर्दा फाइदा हुन्छ भन्दै लगानी गर्न लगाउने गरेका पाइएको छ । तर रकम हात परेपछि भने उनीहरु सम्पर्क विहीन बन्ने गरेको अनुसन्धानमा देखिएको प्रहरीले जनाएको छ ।

पक्राउ परेका एक सय २२ चिनियाँ मध्ये एक सय १४ जना पुरुष र आठजना महिला भएको डीआईजी शाहीले जानकारी दिए । उनीहरुलाई काठमाडौंको बुढानिलकण्ठ, मनमैजु र बाँसबारी क्षेत्रका नौ वटा घरबाट पक्राउ गरिएको हो ।

उनीहरु सबैजना पर्यटक भिसामा नेपाल बसिरहेको पनि उनले जानकारी दिए । उनीहरुको साथबाट तीन सय ३१ वटा ल्यापटप, सात सय ४७ वटा मोवाइल फोन सेट र तीन सय २७ वटा सीमकार्ड बरामद भएको छ । उनीहरुबाट राहदानी चाहिँ ६७ वटा मात्र बरामद भएको उनले जानकारी दिए । त्यसैगरी एनसेल र स्मार्ट सेल फोन सेवा प्रदायकको ४८ हजार रुपैयाँ बराबरको रिचार्ज कार्ड र चार लाख २४ हजार नेपाली रुपैयाँ पनि बरामद भएको छ ।

एकै दिनमा यति धेरै सङ्ख्यामा विदेशी नागरिक पक्राउ गरेको यो पहिलो हो। यसअघि बैंकको एटिएम ह्याक गरेको आरोपमा सातजना चिनियाँ पक्राउ परेका थिए भने अन्य विभिन्न घटनामा केही चिनियाँ नागरिक पक्राउ परेका छन्।

यसपटक उनीहरुलाई बूढानीलकण्ठ, बाँसबारी र मनमैंजुबाट नियन्त्रणमा लिइएको हो। विदेशीले पर्यटक भिसामा नेपाल आएर कुनै घर भाडामा लिई संस्थागत काम गर्न पाउँदैन ।

चिनियाँ नागरिकहरुले यस्तो गतिविधि गरेको निक्कै समय भएको थियो।

उनीहरुको गतिविधि शङ्कास्पद देखिएकाले स्थानीयवासीले नै प्रहरीलाई सूचना दिएको थियो। सोही आधारमा ब्यूरोको नेतृत्वमा प्रहरी टोली सूचना सङ्कलनमा खटिएको थियो ।

प्रकाशित मिति : ९ पुस २०७६, बुधबार  ३ : ५१ बजे

बागमतीमा मन्त्रालय गाभिएपछि प्रदेश सचिवको क्षेत्रगत जिम्मेवारी तोकियो

हेटौँडा– बागमती प्रदेश सरकारले मन्त्रालय गाभिएपछि प्रदेश सचिवको क्षेत्रगत जिम्मेवारी

मिथिला क्षेत्रमा आज मधुश्रावणी पर्व समापन गरिँदै

महोत्तरी– मिथिलाञ्चल क्षेत्रमका नवविवाहिता मिथिलानीले आज मधुश्रावणी पर्व समापन गर्दैछन्

इन्डोनेसियामा ७.७ म्याग्निच्युडको शक्तिशाली भूकम्प, दुईजनाको मृत्यु

काठमाडौँ– इन्डोनेसियाको पूर्वी क्षेत्रमा पर्ने फ्लोरेस द्वीप नजिकै ७.७ म्याग्निच्युडको

शिक्षा मन्त्रालयले सातवटै प्रदेशमा शिक्षा संवाद गर्दै, पहिलो कार्यक्रम आज विराटनगरमा

काठमाडौँ– शिक्षा मन्त्रालयले प्रस्तावित शिक्षा ऐन ल्याउनुअघि सातवटै प्रदेशमा पुगेर

नेपाल आयल निगमले काठमाडौँका यी पाँच ठाउँबाट खाना पकाउने ग्यास वितरण गर्दै

काठमाडौँ– नेपाल आयल निगमले आज काठमाडौँका विभिन्न पाँच ठाउँबाट खाना