नेपाल आयल निगमले काठमाडौँका यी पाँच ठाउँबाट खाना पकाउने ग्यास वितरण गर्दै « Khabarhub

नेपाल आयल निगमले काठमाडौँका यी पाँच ठाउँबाट खाना पकाउने ग्यास वितरण गर्दै


३० श्रावण २०८३, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


618
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाल आयल निगमले आज काठमाडौँका विभिन्न पाँच ठाउँबाट खाना पकाउने ग्यास वितरण गरिने जनाएको छ ।

निगम र जिल्ला प्रशासन कार्यालय, काठमाडौँको समन्वयमा विभिन्न ब्रान्डका ग्यास सिलिन्डर बिक्रीवितरण गर्न लागिएको निगमले सूचनामार्फत जानकारी गराएको छ ।

निगमका अनुसार निगमको टेकु परिसरबाट नेपाल, एचपी, एभरेस्ट÷सुगम, श्रीराम, सगर, सिद्धार्थ, श्री र हिमाल ग्यास वितरण गरिनेछ । यस्तै, यातायात कार्यालय परिसर चाबाहिलबाट नेपाल र एचपी ग्यास, राधास्वामी कीर्तिपुर परिसरबाट नेपाल, एचपी, एभरेस्ट÷सुगम, श्रीमाया, श्रीकृष्ण, साइबाबा र ओम ग्यास वितरण गरिने निगमले सूचनामा उल्लेख गरेको छ ।

यसैगरी, राधास्वामी वसुन्धरा परिसरबाट नेपाल, एचपी, एभरेस्ट÷सुगम, भानु र ओम, पुरानो जिल्ला प्रशासन कार्यालय बबरमहलबाट नेपाल, एचपी, एभरेस्ट÷सुगम, श्रीराम, सगर, हिमाल, एसटीसी, लोकप्रिय र सूर्य ग्यास बिक्री गरिने जनाइएको छ।

निगमले अति आवश्यक भएका व्यक्तिहरुले मात्र आआफ्नो नागरिकता वा राष्ट्रिय परिचयपत्र सहित बिहान १० देखि साँझ ६ बजेसम्म तोकिएको स्थानमा उपस्थित भइ ग्यास खरिद गर्न सक्ने उल्लेख गरेको छ ।
निगमले एलपी ग्यासको आयात नियमित रुपमा भइरहेको र सोको बिक्री वितरण सम्बन्धित उद्योगहरुले आआफ्ना विक्रेताहरु मार्फत नियमित रुपमा गरिरहेको पनि जनाएको छ ।

प्रकाशित मिति : ३० श्रावण २०८३, शनिबार  ७ : ५५ बजे

दुई जनाको उद्धार भएसँगै अझै आशाको किरण जीवितै छ : गृहमन्त्री

काठमाडौं– गृहमन्त्री सुधन गुरुङले त्रिशूली ३ ए जलविद्युत् आयोजनाको सुरुङबाट

डेढ दशकपछि बन्दै काभ्रे प्रशासनको भवन

बनेपा– जिल्ला सदरमुकाम धुलिखेल नगरपालिका–७ स्थित सरस्वती बजार नजिक निर्माण

श्रीनगर विमानस्थलमा इन्डिगोको जहाज पार्किङका क्रममा खम्बामा ठोक्कियो

नयाँदिल्ली- श्रीनगर विमानस्थलमा इन्डिगो एयरलाइन्सको विमान पार्किङ गर्ने क्रममा खम्बामा

भारतलाई तेल आपूर्ति जारी राख्छौँ : रुसी राजदूत

नयाँदिल्ली– भारतको ऊर्जा आवश्यकता पूरा गर्न रुस प्रतिबद्ध रहेको भारतका

त्रिशूली–३ ‘ए’ सुरुङबाट उद्धार गरिएका दुईमध्ये एकको अवस्था जटिल

काठमाडौं- रसुवाको भोटेकोशी नदीमा गत भदौ १० गते आएको भीषण