परराष्ट्र सम्बन्ध बलियो बनाउन राष्ट्रपतिको सुझाव « Khabarhub

परराष्ट्र सम्बन्ध बलियो बनाउन राष्ट्रपतिको सुझाव


९ पुस २०७६, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- राष्ट्रपति विद्यादेवी भण्डारीले राष्ट्रिय हितलाई सर्वोपरी राखी मित्रराष्ट्रसँग नेपालको कूटनीतिक सम्बन्ध विकास र विस्तार गर्नुपर्ने आवश्यकता रहेको बताएकी छिन् ।

नेपाल पूर्वराजदूत संघद्वारा राष्ट्रपति भवन शीतल निवासमा आज आयोजित ‘ज्येष्ठ पूर्वराजदूत सम्मान समारोह’मा उनले नेपालको भूराजनीतिक अवस्था र आर्थिक विकासका चाहनालाई ध्यानमा राखी परराष्ट्र सम्बन्धलाई बलियो बनाउनुपर्नेमा जोड दिइन् ।

“हाम्रो परराष्ट्र नीतिको मूल मर्म भनेको सबैसँग मित्रता हो, हामी विश्वलाई नै मित्रताको सम्बन्धमा गाँस्नुपर्ने लक्ष्य लिएर हिँडिरहेका छौँ”, उनले भनिन् ।

कूटनीतिक माध्यमद्वारा देशको गरिमा र प्रतिष्ठा सुदृढ तुल्याउन महत्वपूर्ण भूमिका खेल्नुभएका वरिष्ठ पूर्वराजदूतको योगदानको राज्यले सधैँ स्मरण गरिरहने बताउँदै उनले विभिन्न चुनौतीका बीच मुलुकको शिर उँचो राख्न पूर्वराजदूतले प्राप्त गरेको सफलता नेपालको इतिहासको उज्ज्वल पक्ष भएको बताइन् ।

राष्ट्रपति भण्डारीले समारोहमा ज्येष्ठ पूर्वराजदूत योगप्रसाद उपाध्याय, सूर्यप्रसाद श्रेष्ठ, कमल कोइराला र प्रा डा मोहन लोहनीलाई संघका तर्फबाट सम्मान गरिन् ।

सो अवसरमा परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले नेपालको राजनीतिक सङ्क्रमणका समयमा मुलुकको छविलाई माथि बढाउन र सम्बन्ध प्रगाढ तुल्याउन पूर्वराजदूतबाट महत्वपूर्ण भूमिका निर्वाह भएकामा खुसी व्यक्त गरे ।

नेपालजस्तो मुलुकका लागि आफ्नो अस्तित्व, विकास र हितको प्रवर्द्धन गर्ने महत्वपूर्ण माध्यम भनेकै सफल कूटनीति भएको बताउँदै उनले नेपालको सामर्थ्य भनेकै आफ्ना मित्रसँग सन्तुलित सम्बन्ध विकास गरेर हित प्रवर्द्धन गर्नु रहेको बताए ।

पराष्ट्रमन्त्री ज्ञवालीले भने, “हाम्रो जस्तो देशका लागि कूटनीतिक विकास महत्वपूर्ण साधनका रुपमा रहेको छ, त्यसमा राजदूतको भूमिका सर्वोपरी हुन्छ । मुलुकको परराष्ट्रनीति मात्रै सही भएर हुँदैन, त्यसलाई सञ्चालन गर्ने राजदूत र मन्त्रालयको संयन्त्र कस्तो छ, भन्ने कुराले तय गर्छ ।”

सम्मानित पूर्वराजदूत श्रेष्ठले परराष्ट्र सेवाबाट नियुक्त व्यक्ति मात्र कूटनीतिज्ञ हुन् भन्ने खालको मन्त्रालयको बुझाइलाई सच्याउन सुझाव दिँदै खटाइएका राजदूतको योगदानको मूल्याङ्कन गर्ने संयन्त्रको आवश्यकतामा जोड दिए ।

नेपाल पूर्वराजदूत संघका अध्यक्ष डा शम्भुराम सिङ्खडाले नेपालजस्ता साना मुलुकले कूटनीतिक चलाखीबाट आफ्नो स्वार्थ र राष्ट्रिय हितलाई सम्बोधन गर्न सक्नुपर्ने बताए ।

पूर्वराजदूत उपाध्याय संयुक्त राज्य अमेरिका, श्रेष्ठ बेलायत, कोइराला दक्षिण कोरिया र प्रा डा लोहनी बङ्गलादेशमा नेपाली राजदूतका रुपमा रहेका थिए ।

प्रकाशित मिति : ९ पुस २०७६, बुधबार  ७ : ०१ बजे

बागमतीमा मन्त्रालय गाभिएपछि प्रदेश सचिवको क्षेत्रगत जिम्मेवारी तोकियो

हेटौँडा– बागमती प्रदेश सरकारले मन्त्रालय गाभिएपछि प्रदेश सचिवको क्षेत्रगत जिम्मेवारी

मिथिला क्षेत्रमा आज मधुश्रावणी पर्व समापन गरिँदै

महोत्तरी– मिथिलाञ्चल क्षेत्रमका नवविवाहिता मिथिलानीले आज मधुश्रावणी पर्व समापन गर्दैछन्

इन्डोनेसियामा ७.७ म्याग्निच्युडको शक्तिशाली भूकम्प, दुईजनाको मृत्यु

काठमाडौँ– इन्डोनेसियाको पूर्वी क्षेत्रमा पर्ने फ्लोरेस द्वीप नजिकै ७.७ म्याग्निच्युडको

शिक्षा मन्त्रालयले सातवटै प्रदेशमा शिक्षा संवाद गर्दै, पहिलो कार्यक्रम आज विराटनगरमा

काठमाडौँ– शिक्षा मन्त्रालयले प्रस्तावित शिक्षा ऐन ल्याउनुअघि सातवटै प्रदेशमा पुगेर

नेपाल आयल निगमले काठमाडौँका यी पाँच ठाउँबाट खाना पकाउने ग्यास वितरण गर्दै

काठमाडौँ– नेपाल आयल निगमले आज काठमाडौँका विभिन्न पाँच ठाउँबाट खाना