प्रधानसेनापति अन्तर्राष्ट्रिय महिला फुटबलको उपाधि एपीएफलाई « Khabarhub

प्रधानसेनापति अन्तर्राष्ट्रिय महिला फुटबलको उपाधि एपीएफलाई


९ पुस २०७६, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- सातौँ प्रधानसेनापति अन्तर्राष्ट्रिय महिला फुटबल प्रतियोगिताको उपाधि सशस्त्र प्रहरी बलको एपीएफ क्लबले जितेको छ । नेपाली सेनाको त्रिभुवन आर्मी क्लबलाई २–० गोलले हराउँदै एपीएफले उपाधि चुमेको हो ।

नेपाली सेनाको भद्रकालीस्थित मुख्यालयको खेल मैदानमा आज भएको फाइनल खेलमा एपीएफका लागि सरु लिम्बू र रेखा पौडेलले एक–एक गोल गरेका थिए । खेलको छैटौँ मिनेटमा सरुले तथा ८९औँ मिनेटमा रेखाले गोल गर्दै एपीएफलाई जित दिलाएका थिए ।

उपाधिसँगै एपीएफले रु तीन लाख तथा ट्रफी प्राप्त गरेको छ । सो पुरस्कार नेपाली सेनाका प्रधानसेनापति पूर्णचन्द्र थापाले वितरण गरे । एपीएफले नेपाल पुलिस क्लबलाई ५–२ गोलले तथा आर्मीले भुटानको फुटबल टोलीलाई २–० गोलले हराउँदै फाइनल प्रवेश गरेको थियो ।

यस्तै उपविजेता बनेको त्रिभुवन आर्मी क्लबले रु एक लाख ५० हजार प्राप्त गर्‍यो । सो पुरस्कार नेपाल ओलम्पिक कमिटीका अध्यक्ष जीवनराम श्रेष्ठले वितरण गरेका थिए । प्रतियोगितामा तृतीय भएका नेपाल पुलिस क्लब र भुटानका फुटबल टोलीलाई सशस्त्र प्रहरी बलका महानिरीक्षक शैलेन्द्र खनालले प्रतिटोली रु ५० हजार पुरस्कार प्रदान गरेका थिए ।

भद्रकालीस्थित आर्मी फुटबल ग्राउण्डमा नेपाली सेनाद्वारा आयोजित प्रधान सेनापति सातौं अन्तर्राष्ट्रिय आमन्त्रण महिला फुटबल प्रतियोगिता २०७६ को सर्वोत्कृष्ट हुन सफल खेलाडी त्रिभुवन आर्मी क्लबकी दीपा राईलाई पुरस्कार स्वरुप दिइएको स्कुटरको साचो हस्तान्तरण गर्दै प्रधानसेनापति पूर्णचन्द्र थापा ।

प्रतियोगिताको सर्वोत्कृष्ट खलाडीको पुरस्कार आर्मीकी दीपा राईले जितिन् । उनले यमाहा कम्पनीको एक थान स्कुटर हात पारेकी छिन् । राईलाई प्रधानसेनापति थापाले स्कुटरको साँचो हस्तान्तरण गरेका थिए । सो पुरस्कार एन्फाको समन्वयमा यमाहाले उपलब्ध गराएको हो ।

यस्तै प्रतियोगिताको उत्कृष्ट गोलकिपर एपीएफकी एन्जिला सुब्बा, उत्कृष्ट डिफेन्डर आर्मीकी पूजा रानामगर, उत्कृष्ट मिडफिल्डर भुटानकी पेमा छोदेन छिरिङ, उत्कृष्ट फरवार्ड एपीएफकी सावित्रा भण्डारी र उत्कृष्ट प्रशिक्षक एपीएफकै जनक सिंह  भएका थिए । उनीहरुले जनही रु १० हजार पुरस्कार प्राप्त गरेका छन् ।

भद्रकालीस्थित आर्मी फुटबल ग्राउण्डमा नेपाली सेनाद्वारा आयोजित प्रधानसेनापति सातौं अन्तर्राष्ट्रिय आमन्त्रण महिला फुटबल प्रतियोगितामा प्रथम हुन सफल सशस्त्र प्रहरी एपिएफ क्लबका खेलाडीलाई पुरस्कृत गर्दै प्रधान सेनापति पूर्णचन्द्र थापा ।

उनीहरुलाई नेपाली सेनाका बलाधिकृत रथी शरदकुमार गिरी, युवा तथा खेलकूद मन्त्रालयका सचिव रामप्रसाद थपलिया र अखिल नेपाल फुटबल संघ अध्यक्ष कर्माछिरिङ शेर्पाले पुरस्कार तथा ट्रफी वितरण गरेका थिए ।

सो अवसरमा सैनिक श्रीमती सङ्घकी अध्यक्ष दीपा थापाद्वारा घोषित उदीयमान खेलाडीको पुरस्कार आर्मीकी विमला विकले प्राप्त गरिन् । सो पुरस्कार सङ्घकी उपाध्यक्ष रीता गिरीले वितरण गरेकी थिइन् ।

गत मङ्सिर २९ गतेदेखि प्रतियोगिता शुरु भएको हो । एन्फासँगको सहकार्यमा शुरु भएको प्रतियोगितामा त्रिभुवन आर्मी क्लब, नेपाल पुलिस क्लब, सशस्त्र प्रहरीको एपीएफ क्लब, प्रदेश नं १, प्रदेश नं २, प्रदेश नं ५ तथा भारतको सिक्किम र भुटानको फुटबल टोली सहभागी भएका थिए ।

लिगकम नकआउटका आधारमा खेलाइएको प्रतियोगिता सेनाले २०७० सालदेखि आयोजना गर्दै आएको छ ।

प्रकाशित मिति : ९ पुस २०७६, बुधबार  ७ : १८ बजे

नेपालको लगातार चौथो हार, नेदरल्यान्ड्ससँग ५७ रनले पराजित

काठमाडौं – आईसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत नेदरल्यान्ड्समा जारी ओडीआई

यातायात क्षेत्रलाई राज्यले संकटमा पार्दैछ : भीमज्वाला राई

काठमाडौं – चर्को जरिवाना र चालकलाई जसरीपनि जेल सजायको व्यवस्था

‘पाथीभरा माता’ नामले परिचित समीर थापा पक्राउ

सुर्खेत – झारफुक तथा हेराइ–मनाइ गर्ने भन्दै मानिसमाथि दुर्व्यवहार गरेको

प्रहरीले हटाइदियो माइतीघरमा लघुवित्त पीडितले बनाएका अस्थायी संरचना (तस्बिरहरू)

काठमाडौं – माइतीघरमा रात कटाउन लघुवित्त पीडितहरूले बनाएको अस्थायी संरचना

चीनलाई लक्षित गर्दै अमेरिकाद्वारा ह्युमनोइड रोबोट आयातमा प्रतिबन्ध

हङकङ – संयुक्त राज्य अमेरिकाको सङ्घीय सञ्चार आयोग (एफसीसी)ले राष्ट्रिय