काठमाडौं आइपुगिन् भारतीय गायिका आशा भोस्ले « Khabarhub

काठमाडौं आइपुगिन् भारतीय गायिका आशा भोस्ले


९ पुस २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- भारतीय गायिका आशा भोस्ले नेपाल आएकी छिन् । साधना कला केन्द्रको निमन्त्रणामा उनी बुधवार नेपाल आएकी हुन् ।

नेपाल आइपुगेकी गायिका भोस्लेले शनिवार संगीतकार रणजीत गजमेरको संगीतमा केही गीत प्रस्तुत गर्ने कार्यक्रम राखिएको छ ।

८० वर्षीया गायिका भोस्लेले नेपाल बसाइको क्रममा लुम्बिनी, पोखरा, मुक्तिनाथलगायत स्थानको पनि भ्रमण गर्ने जनाइएको छ ।

गायिका भोस्लेले ‘यो हो मेरो प्राणभन्दा प्यारो माइतीघर’, ‘म प्यार बेचिदिन्छु’, ‘गैरीखेतको शिरै हान्यो’, ‘मोहनी लाग्ला है’ लगायत थुप्रै नेपाली गीतमा स्वर दिएकी छन् ।

उनलाई विमानस्थलमा लिन साधनाका सञ्चालक मिलन मोक्तान पुगेका थिए । विमानस्थलमा गायिका भोस्लेलाई पञ्चकन्याले हातमा दियो बत्ती बाली स्वागत गरेका थिए ।

प्रकाशित मिति : ९ पुस २०७६, बुधबार  ७ : ३७ बजे

बूढीगण्डकीमा बाढी : ६५ घरमा क्षति, १८ जनाको उद्धार

गोरखा – गोरखाको सिरिङ्गी हिमालमा गएको हिमपहिरोका कारण उइनगुलुङ खोला

हिरासतमुक्त भएलगत्तै हजुरआमाको निधन, गाउँ फर्किए ककरोचका संस्थापक अभिजीत दिप्के

काठमाडौं– ककरोच जनता पार्टीका संस्थापक अभिजीत दिप्के प्रहरी हिरासतबाट मुक्त

रोहित पौडेलको शतकमा नेपालले क्यानडालाई दियो २३६ रनको चुनौती

काठमाडौँ– आईसीसी विश्वकप क्रिकेट लिग–२ मा नेपालले क्यानडालाई २३६ रनको

दसैँका लागि ६ स्थानबाट ग्यास वितरण, सिलिन्डर साट्न नपाएको उपभोक्ताको गुनासो 

काठमाडौं– दसैँमा खाना पकाउने एलपी ग्यासको अभाव हुन नदिन काठमाडौं उपत्यकाका