पीपीएल क्रिकेट : बुटवललाई हराउँदै विराटनगर ‘प्लेअफमा’ | Khabarhub Khabarhub

पीपीएल क्रिकेट : बुटवललाई हराउँदै विराटनगर ‘प्लेअफमा’


९ पुस २०७६, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- समूहमा दोस्रो स्थानमा रहेको बुटवल ब्लास्टर्सलाई लिग चरणको अन्तिम खेलमा पराजित गरेसँगै विराटनगर टाइटन्स पोखरामा जारी दोस्रो संस्करणको नमस्ते पोखरा प्रिमियर लिग (पीपीएल) टी–२० क्रिकेट प्रतियोगिताको ‘प्लेअफ’मा प्रवेश गरेको छ ।

लिग चरणका चार खेल खेल्दा जम्मा दुई अङ्कसहित समूहको पाँचौ स्थानमा रहेको विराटनगरले आज आफ्नो महत्वपूर्ण खेलमा एक खेल अगावै प्लेअफमा स्थान सुरक्षित गरिसकेको बुटवललाई चार विकेटले पराजित गरेर पुनः प्लेअफमा बुटवलसँगको भेट पक्का गरेको हो ।

दोस्रो चरण पुग्न चार अङ्कसहित तेस्रो स्थानमा रहेको काठमाडौँभन्दा रनरेटमा अघि रहनुपर्ने अवस्थामा विराटनगरले उत्कृष्ट ब्याटिङ गर्दै प्लेअफमा स्थान बनाएको हो । बुटवल विराटनगरसँग पराजित भएसँगै राष्ट्रिय टोलीका कप्तान ज्ञानेन्द्र मल्लको टोली काठमाडौँ प्रतियोगिताबाट बाहिरिएको छ ।

खेलमा टस जितेर विराटनगरले फिल्डिङ (क्षेत्र रक्षण) रोजेपछि ब्याटिङ शुरु गरेको बुटवलले आठ विकेट गुमाउँदै १३३ रनको योगफल तयार गरेको थियो । अघिल्लो चरण पुग्नका लागि विराटनगरलाई आज जितले मात्र नपुग्ने अवस्था थियो । नेट रनरेटमा काठमाडौँभन्दा अघि हुन उसले १२ दशमलव तीन ओभरमै लक्ष्य पूरा गर्नुपर्ने अवस्था रहेकोमा ११ दशमलव चार ओभरमा छ विकेट गुमाएर ५० बल बाँकी छँदै लक्ष्य भेट्टाउन सफल भएको हो ।

विराटनगरका शुरुआती ब्याट्सम्यान मुहम्मद जैद आलमले १० बलमा २४ रन जोड्दै उत्कृष्ट शुरुआत गर्नुभयो भने पाँचौँ क्रममा ब्याटिङमा आउनुभएका नोमान खानले २२ बलमा ३५ तथा पुनित मेहराले १७ बलमा ३२ रन जोडेपछि लक्ष्य भेट्टाउन सहज भएको थियो । पुष्प थापा आठ बलमा १८ रन जोड्दै अविजित रहन सफल हुनुभयो । बुटवलका नितेश थापाले दुई तथा कमल खत्री, हर्ष टङ्क र अविनाश बोहोराले एक÷एक विकेट लिनुभएको थियो ।

त्यसअघि शुरुआतमा ब्याटिङ गरेको बुटवलका लागि हर्ष टङ्कले ४४ बलमा छ चौका र पाँच चौकासहित ६७ रन बनाएका थिए । शिवम सिँहले २६ बलमा ३७ तथा सिद्धान्त लोहनीले २१ बलमा ११ रनको योगदान दिए ।

‘खेलको म्यान अफ दी म्याच’ विराटनगरका जैद आलमले चार ओभर बलिङमा चार विकेट लिँदै जम्मा २० रन खर्चिएका थिए । किशोर महतोले दुई र दीपेश श्रेष्ठ र साहव आलमले एक-एक विकेट लिएका थिए ।

प्रतियोगिताअन्तर्गत बिहीबार  बुटवल र विराटनगर फाइनल प्रवेशका लागि प्लेअफमा स्पर्धा गर्नेछन् । चितवन राइनोज भने पाँच वटै खेलमा अविजित रहँदै समूह विजेता बनेर फाइलनमा पुगिसकेको छ ।

प्रतियोगिताको फाइनल खेल पुस १२ गते सञ्चालन हुनेछ । प्रतियोगिताको विजेताले रु २७ लाख तथा उपविजेताले रु १० लाख पुरस्कार पाउनेछन् ।

प्रकाशित मिति : ९ पुस २०७६, बुधबार  ९ : ११ बजे

‘जापानमा रोजगारी गर्न चाँडै नै नेपाली श्रमिक पठाउँछौं’

काठमाडौं – श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री शरदसिंह भण्डारीले

आजका समाचार : सहकारी छानविन प्रतिवेदन सार्वजनिक, प्रधानमन्त्री राष्ट्रसङ्घतीर र रामकुमारीसँग रिसाए माधव 

प्रधानमन्त्री ओली अमेरिका प्रस्थान प्रधानमन्त्री केपी शर्मा ओली आज संयुक्त

सीके राउतको गुनासो- संविधानमा भएका अधिकार पनि खोस्ने खेल हुँदैछ

जनकपुरधाम– जनमत पार्टीका अध्यक्ष डा.सीके राउतले संविधानमा भएका अधिकार पनि

रविले ग्यालेक्सी टिभीबाट तलब नै लिएका थिए एक करोडभन्दा बढी

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने ग्यालेक्सी

सिरहाका स्थानीय तहविरुद्ध दुई सय ७० भ्रष्टाचारका उजुरी

सिरहा– अख्तियार दुरुपयोग अनुसन्धान आयोग, बर्दिबासले चालु आर्थिक वर्षको पहिलो