रिशभ पन्तको इनिङमा दिल्लीलाई सफलता | Khabarhub Khabarhub

रिशभ पन्तको इनिङमा दिल्लीलाई सफलता


११ चैत्र २०७५, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं–गत सिजनमा राम्रो प्रदर्शन देखाउन नसकेका नेपाली लेग स्पिनर सन्दीप लामिछाने आवद्ध टोली दिल्ली क्यापीटल्सले यो सिजनको पहिलो खेलमा मूम्बई इन्डियन्सलाई पराजित गर्दै सुखद् सुरुआत गरेको छ । इन्डियन प्रिमियर लिग (आईपीएल) मा आइतबार राति भएको खेलमा मूम्बईलाई ३७ रनले पराजित गर्दै दिल्लीले यो सिजनको राम्रो सुरुआत गरेको हो ।

टस हारेर पहिलो ब्याटिङ गरेको दिल्लीका लागि आक्रामक ब्याटिङ गरेका युवा ब्याट्सम्यान रिशभ पन्तले २७ बलमा ७८ रन बनाएपछि मूम्बईले २सय १४ रनको लक्ष्य पाएको थियो ।

दिल्लीले दिएको २ सय १४ रनको लक्ष्य पछ्याएको मूम्बई १९ ओभर २ बलमा सबै विकेट गुमाउँदै १सय ७६ रनमात्रै बनाउन सकेको थियो । यस्तै मूम्बईका लागि युवराज सिंहले अर्धशतक बनाएपनि टिमको जीतका लागि प्रयाप्त हुन सकेन ।

मूम्बईका लागि अन्य ब्याट्सम्यानहरु कुर्नल पाण्ड्याले ३२ रन क्योन्टन डि ककले २७ रन, किरोन पालार्डले २१ रन बनाएका थिए ।

त्यस्तै, मूम्बईविरुद्ध दिल्लीका लागि कागिसो रवडा र इशान्त शर्माले समान २—२ विकेट लिका थिए । ट्रेन्ट बोल्ट, केमो पाउल, अजर पटेल र राहुल तिवेतीले समान १—१ विकेट लिएका थिए ।

यसअघि पहिलो ब्याटिङ गरेको दिल्लीले निर्धारित २०ओभर पुरा खेल्दै ६ विकेट गुमाएर २ सय १३ रन बनाएको थियो ।

दिल्लीका लागि अविजित रहेको विकेट किपर ब्याट्ससम्यान रिशभ पन्तले २७ बलमा ७ छक्का र ७ चौकाको मद्दतमा ७८ रन बनाएका थिए । त्यस्तै, शिखर धवनले ४३ रन कोलिन इनग्रामले ४७ रन बनाएका थिए भने कप्तान श्रयस अयरले १६ रन बनाएका थिए ।

दिल्लीविरुद्ध मूम्बईका बलर मिचेल म्याकलेनघानले उत्कृष्ट प्रदर्शन गरे । उनले ४ ओभर बलिङ गर्दै ३ विकेट लिएका थिए । त्यस्तै, जस्प्रीत बुम्राह, वेन कटिङ र हार्दीक पााण्ड्याले समान एक—एक विकेट लिए ।

दिल्लीले आफ्नो मुख्य दुई स्पिनरलाई पवेलियनमा राख्दै टोली मैदान उतारेको थियो । भारतका अनुभवी बलर अमित मिश्रा र नेपाली राष्ट्रिय क्रिकेट टोलीका सदस्य सन्दीपलाई बेञ्चमा बसालेको थियो । जसमा दिल्लीले मुम्बईविरुद्ध ब्याटिङ लइन अप बलियो बनाएको पनि स्पष्ट थियो ।

मिश्रा र नेपाली लेग स्पिनर सन्दीप लमिछाने मध्ये एक जना मैदान उत्रिर्ने सम्भावना देखाएपनि दिल्लीले मूम्बईविरुद्धको खेलमा दुवै जनालाई पवेलियनमा राखेको हो । सन्दीप र मिश्रा टोलीमा नपरेपछि आईपीएलका कमेन्टेटरले दिल्लीको सरप्राइज भनेका थिए ।

प्रकाशित मिति : ११ चैत्र २०७५, सोमबार  ७ : ५२ बजे

आजका समाचार : अन्तरिम सरकारमा ११ जनामात्रै मन्त्री, दलहरू पार्टी भवन बनाउने योजनामा र गाजामा इजरायली सेनाको व्यापक आक्रमण

कार्की सरकारमा ११ जनामात्रै मन्त्री हुनेअन्तरिम सरकारी प्रधानमन्त्री सुशीला कार्कीले

लुटिएका सामग्री फिर्ता नगरे कानुनी कारबाही गरिने

गण्डकी – ‘जेन-जी’ आन्दोलनका क्रममा पोखरा महानगरपालिका र मातहतका कार्यालयबाट

वीरगञ्ज महानगरमा एक अर्बभन्दा बढीको क्षति

वीरगञ्ज– जेन-जी आन्दोलनको क्रममा भएको तोडफोड र आगजनीले वीरगञ्ज महानगरको

जेन-जी आन्दोलनमा भएको घटनाको छानबिन हुनुपर्छ : मुख्यमन्त्री कार्की

विराटनगर–कोशी प्रदेश सरकारका मुख्यमन्त्री हिक्मत कुमार कार्कीले जेनजी आन्दोलनमा भएको घटनाको

रविलाई जेलभित्रै राखेर रास्वपा महाधिवेशनको तयारी

काठमाडौं– अन्तरिम सरकारले अगामी फागुन २१ गते निर्वाचन हुने मिति