अचम्मको परम्परा : चिता जलिरहेकै ठाउँमा रातभर नाच्छन् यहाँका ‘नगरबधु’ « Khabarhub

अचम्मको परम्परा : चिता जलिरहेकै ठाउँमा रातभर नाच्छन् यहाँका ‘नगरबधु’


११ चैत्र २०७५, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

संस्कृति र संस्कार बडो अचम्मका हुन्छन् । ठाउँ अनुसार आ–आफ्ना ऋति रिवाज र परम्परा ।  सोही अनुरुप समाज चलेको हुन्छ, त्यहाँका मानिसहरुलाई त्यही संस्कारले बाँधेको हुन्छ । अन्यथा समाजबाट बहिस्कृतको अवस्था आउनेसम्मका घटना सुनेका र देखेकै छौं ।

भारतको काशीस्थित कर्णिका घाटमा एउटा यस्तो परम्परा छ जहाँ स्मसानघाटमा चिता जलिरहेकै ठाउँमा महिलाहरु जम्मा भएर रातभर मस्तीसँग नाचिरहेका हुन्छन् । मानिसको मरणमा दुःख र सन्नाटा छाउँछ, भावविह्व बनिरहेको अवस्थामा एकाएक गानाबजाना सहितको नाचगान जो कोहीलाई अचम्मित र अनोठ लाग्छ नै । तर यो वास्तविकता हो ।

यहाँ सधैँ जस्तो यस्तो नाचगान भने हुँदैन । वर्षको एक दिन चैत्र नवरात्रीको आठौं दिनमा यस स्मसान घाटमा चीतासँगै महफिल सजाइन्छ । वास्तमा चिताको नजिक नाचिरहेका युवतीहरु त्यो शहरका बदनामी गल्लीका नगरबधु (बेश्या) हुन्छन् । तर, त्यहाँ नाच्नको लागि उनीहरुलाई जबजस्ती ल्याइएको भने हुँदैन । न त उनीहरुलाई पैसा नै दिएर बोलाइन्छ । यहाँ आउन पाउने नगरबधुहरु आफूलाई निकै भाग्यमानी ठान्दै आउने गर्छन् ।

जसरी काशीको यो घाटामा मोक्ष प्राप्तिका लागि मुर्दाहरुलाई जलाउन त्यहाँ ल्याइन्छ त्यसैगरी जिउँदैमा मोक्ष प्राप्तिकै लागि यहाँ नाच्छन् नगरबधुहरु । त्यहाँ रहेका तमाम नगरबधुहरु आफ्नो मुत्तिका लागि नाच्ने गर्छन, उनीहरुको एउटै संकल्प हुन्छ कि आगामी जन्ममा यस्तो बन्न नपरोस् । यसरी नाचेमा उन्मुक्ति पाइन्छ भन्ने विश्वास पनि राख्छन् –उनीहरु । त्यहाँ नाचेर उनीहरु नगरबधुको कलंक झेल्न नपरोस् भन्ने कामना पनि गर्छन् ।

यसरी नगरबधु भएर हिड्नु उनीहरुको पक्कै रहर होइन । विभिन्न वाध्यता र परिबन्धमा फसेर उनीहरु नगरबधुको नारकीय जीवन विताउन बाध्य भइरहेका हुन्छन् ।

यो परम्परा चल्नुका पछाडि लामै कारण रहेको जनाइन्छ । सयौं साल पहिले राजा मानसिंहद्वारा बनाइएको बाबा मशान नाथको दरबारका लागि राखिएको कायक्रमसँग जोडिएको छ । यसका लागि बजारमा भएका नामी नर्तकी तथा कलाकारहरुलाई नाचगानका लागि बोलाइएको थियो ।

कार्यक्रम मशानघाटको आसपासमा रहेको मन्दिरमा राखिएको थियो । त्यसैले यहाँ आएर शहरका कलाकार तथा नर्तकीहरुले आफ्नो कला प्रस्तुत गर्न इन्कार गरे । शहरभरी कार्यक्रमको चर्चा भइसकेको कारण कार्यक्रम स्थगित गर्नुभन्दा विकल्प खोज्न थालियो ।

यहाँ नाच्न कोही कलाकार नआउने भएपछि विकल्पको रुपमा त्यहाँका बद्नामी गल्ली–गल्लीमा रहेका नगरबधुहरु निमन्त्रणा दिइयो । उनीहरुले पनि सो निमन्त्रणालाई सहर्ष स्वीकारेका थिए । त्यसबेलादेखि अहिलेसम्म नै यो परम्परा चल्दै आएको मानिन्छ ।

वर्षौ वितेपनि यो पररम्परा अझै चलेकै छ । आजभोलि पनि मुम्बईका बार गर्लहरुलाई समेत नाच्नका लागि बोलाइन्छ । पुलिस प्रसाशनको सुरक्षाकाबीच अहिले पनि यो परम्पराले निरन्तरता पाउँदै आएको छ । यस खास मौकालाई हेर्नका लागि मानिहरुको समेत भीड लाग्ने गर्दछ ।

प्रकाशित मिति : ११ चैत्र २०७५, सोमबार  ९ : ४३ बजे

सरकारलाई रक्षा बमको चेतावनी- जनताले तपाईँहरूको ल्याकत नापिरहेका छन् 

काठमाडौँ– रक्षा बमले दसैँ मनाउन घर फर्किरहेका नागरिकले भोग्नुपरेका यातायात

पाकिस्तानमा विद्यालयको छत खस्दा २९ जनाको मृत्यु, ५० भन्दा बढी घाइते

पेसावर-  पाकिस्तानको पेसावरमा बिहीबार निजी विद्यालयको छत खस्दा २८ बालबालिका र

भोटेकोशी बाढी : दसैँ आयो, तर आमाबुवा आउनुभएन

बाँके – गाउँघरमा दसैँको चहलपहल बढेको छ । घरआँगन सरसफाइ

अफतावका छोरा फिरदोस कांग्रेस सहमहामन्त्रीमा विजयी

काठमाडौं– अफताव आलमका छोरा फिरदोस आलम नेपाली कांग्रेसको १५ औँ

पुनरुत्थान र पुनर्निर्माणमा सहयोग गर्न एडिबीलाई अर्थमन्त्रीको आग्रह

काठमाडौं– अर्थमन्त्री डा स्वर्णिम वाग्लेले नेपालले भोगेको प्राकृति विपत्तिपछिको पुनरुत्थान