अचम्मको परम्परा : चिता जलिरहेकै ठाउँमा रातभर नाच्छन् यहाँका ‘नगरबधु’ | Khabarhub Khabarhub

अचम्मको परम्परा : चिता जलिरहेकै ठाउँमा रातभर नाच्छन् यहाँका ‘नगरबधु’


११ चैत्र २०७५, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

संस्कृति र संस्कार बडो अचम्मका हुन्छन् । ठाउँ अनुसार आ–आफ्ना ऋति रिवाज र परम्परा ।  सोही अनुरुप समाज चलेको हुन्छ, त्यहाँका मानिसहरुलाई त्यही संस्कारले बाँधेको हुन्छ । अन्यथा समाजबाट बहिस्कृतको अवस्था आउनेसम्मका घटना सुनेका र देखेकै छौं ।

भारतको काशीस्थित कर्णिका घाटमा एउटा यस्तो परम्परा छ जहाँ स्मसानघाटमा चिता जलिरहेकै ठाउँमा महिलाहरु जम्मा भएर रातभर मस्तीसँग नाचिरहेका हुन्छन् । मानिसको मरणमा दुःख र सन्नाटा छाउँछ, भावविह्व बनिरहेको अवस्थामा एकाएक गानाबजाना सहितको नाचगान जो कोहीलाई अचम्मित र अनोठ लाग्छ नै । तर यो वास्तविकता हो ।

यहाँ सधैँ जस्तो यस्तो नाचगान भने हुँदैन । वर्षको एक दिन चैत्र नवरात्रीको आठौं दिनमा यस स्मसान घाटमा चीतासँगै महफिल सजाइन्छ । वास्तमा चिताको नजिक नाचिरहेका युवतीहरु त्यो शहरका बदनामी गल्लीका नगरबधु (बेश्या) हुन्छन् । तर, त्यहाँ नाच्नको लागि उनीहरुलाई जबजस्ती ल्याइएको भने हुँदैन । न त उनीहरुलाई पैसा नै दिएर बोलाइन्छ । यहाँ आउन पाउने नगरबधुहरु आफूलाई निकै भाग्यमानी ठान्दै आउने गर्छन् ।

जसरी काशीको यो घाटामा मोक्ष प्राप्तिका लागि मुर्दाहरुलाई जलाउन त्यहाँ ल्याइन्छ त्यसैगरी जिउँदैमा मोक्ष प्राप्तिकै लागि यहाँ नाच्छन् नगरबधुहरु । त्यहाँ रहेका तमाम नगरबधुहरु आफ्नो मुत्तिका लागि नाच्ने गर्छन, उनीहरुको एउटै संकल्प हुन्छ कि आगामी जन्ममा यस्तो बन्न नपरोस् । यसरी नाचेमा उन्मुक्ति पाइन्छ भन्ने विश्वास पनि राख्छन् –उनीहरु । त्यहाँ नाचेर उनीहरु नगरबधुको कलंक झेल्न नपरोस् भन्ने कामना पनि गर्छन् ।

यसरी नगरबधु भएर हिड्नु उनीहरुको पक्कै रहर होइन । विभिन्न वाध्यता र परिबन्धमा फसेर उनीहरु नगरबधुको नारकीय जीवन विताउन बाध्य भइरहेका हुन्छन् ।

यो परम्परा चल्नुका पछाडि लामै कारण रहेको जनाइन्छ । सयौं साल पहिले राजा मानसिंहद्वारा बनाइएको बाबा मशान नाथको दरबारका लागि राखिएको कायक्रमसँग जोडिएको छ । यसका लागि बजारमा भएका नामी नर्तकी तथा कलाकारहरुलाई नाचगानका लागि बोलाइएको थियो ।

कार्यक्रम मशानघाटको आसपासमा रहेको मन्दिरमा राखिएको थियो । त्यसैले यहाँ आएर शहरका कलाकार तथा नर्तकीहरुले आफ्नो कला प्रस्तुत गर्न इन्कार गरे । शहरभरी कार्यक्रमको चर्चा भइसकेको कारण कार्यक्रम स्थगित गर्नुभन्दा विकल्प खोज्न थालियो ।

यहाँ नाच्न कोही कलाकार नआउने भएपछि विकल्पको रुपमा त्यहाँका बद्नामी गल्ली–गल्लीमा रहेका नगरबधुहरु निमन्त्रणा दिइयो । उनीहरुले पनि सो निमन्त्रणालाई सहर्ष स्वीकारेका थिए । त्यसबेलादेखि अहिलेसम्म नै यो परम्परा चल्दै आएको मानिन्छ ।

वर्षौ वितेपनि यो पररम्परा अझै चलेकै छ । आजभोलि पनि मुम्बईका बार गर्लहरुलाई समेत नाच्नका लागि बोलाइन्छ । पुलिस प्रसाशनको सुरक्षाकाबीच अहिले पनि यो परम्पराले निरन्तरता पाउँदै आएको छ । यस खास मौकालाई हेर्नका लागि मानिहरुको समेत भीड लाग्ने गर्दछ ।

प्रकाशित मिति : ११ चैत्र २०७५, सोमबार  ९ : ४३ बजे

सहकारी अपचलनबारे छानबिन समिति गठन हुनुपर्ने एकीकृत समाजवादीको माग 

काठमाडौं– नेकपा एकीकृत समाजवादीले सहकारीको बचत अपचलनबारे छानबिन समिति गठन

राष्ट्रपति पुटिन चीन भ्रमणमा

बेइजिङ– रुसी राष्ट्रपति भ्लादिमिर पुटिन आफ्नो दुई दिने राजकीय भ्रमणका

गृहमन्त्रीले संसद्‍मा बोल्न पाउनुपर्छ, त्यसपछि समिति बनाउन तयार छौँ : उपसभापति अर्याल

काठमाडौं– सत्ता साझेदार राष्ट्रिय स्वतन्त्र पार्टीका उपसभापति डोलप्रसाद अर्यालले गृहमन्त्री

संसद्मा अवरोधबीच सुदूरपश्चिमका मुख्यमन्त्रीले पाए विश्वासको मत

काठमाडौं- सुदूरपश्चिमका मुख्यमन्त्री दीर्घबहादुर सोडारीले विश्वासको मत पाएका छन् ।

इजरायली प्रधानमन्त्री नेतान्याहुसँग रक्षामन्त्री असन्तुष्ट

काठमाडौं– इजरायलका रक्षामन्त्री योभ गालान्टले इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुलाई निशाना