रोहितको ‘सूर्यवंशी’ मा अक्षय कुमारसँग देखिएलिन् क्याटरीना ? | Khabarhub Khabarhub

रोहितको ‘सूर्यवंशी’ मा अक्षय कुमारसँग देखिएलिन् क्याटरीना ?


११ चैत्र २०७५, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुम्बई – निर्देशक रोहित सेट्टीले प्रहरीको कथालाई लिएर बनाएका फिल्म त सफल नै छन् । अजय देवगनको ‘सिंहम्’ होस् या रणवीर सिंहको ‘सिम्बा’ होस्, यी फिल्मले बलिउडमा धमाका मच्चाए ।

अब रोहित सेट्टीले फेरि एकपटक सुपरहिट फिल्म बनाउने तयारी गरेका छन् । यो फिल्ममा उनले अक्षय कुमारलाई लिनेछन् । फिल्मको नाम ‘सूर्यवंशी’ राखिएको छ । फिल्ममा अक्षय कुमारलाई पुलिस अफिसरका रुपमा देख्नेछन् ।

अहिले बलिउडमा चर्चा छ कि, फिल्ममा हिरोइन को होलिन् ? समाचारका अनुसार बलिउडमा क्याटरीना कैफ फिल्ममा अक्षयकुमारको जोडी बन्ने सम्भावना छ । भारतीय मिडियाका अनुसार यो फिल्ममा क्याटरिना कैफलाई खेलाउने तयारी भइरहेको छ ।

यसभन्दा पहिले पनि क्याटरिना र अक्षयकुमारको जोडी देखिइसकेको छ । यी दुईले ‘तीस मार खान’, ‘सिङ इज किङ’, ‘दे दनादन’ जस्ता सुपरहिट फिल्म दिइसकेका छन् ।

यद्यपि फिल्ममा को नायिका लिने भन्नेबारेमा निर्माण टिमले औपचारिक जानकारी दिइसकेको छैन ।

प्रकाशित मिति : ११ चैत्र २०७५, सोमबार  १० : ०३ बजे

टाइब्रेकरमा चुक्यो नेपाल, उज्बेकिस्तान एसियन कपमा छनोट

काठमाडौं – नेपाली राष्ट्रिय महिला फुटबल टोली एएफसी महिला एसियन

कर्णाली राजमार्ग अवरुद्ध हुन नदिन ठाउँठाउँ डोजर तैनाथ

कालीकोट – कर्णाली राजमार्गलाई वर्षायाममा बाढी र पहिरोका कारण अवरुद्ध

उज्बेकिस्तानसँग पहिलो हाफमा नेपाल ३–१ पछाडि

काठमाडौं – एएफसी महिला एसियन कप २०२६ छनोटअन्तर्गत समूह ‘एफ’को

उज्बेकिस्तानले थप्यो गोल

काठमाडौं – एएफसी महिला एसियन कप छनोट अन्तर्गत समूह ‘एफ’

उज्बेकिस्तानविरुद्ध नेपालले फर्कायो गोल

काठमाडौं – एएफसी महिला एसियन कप छनोट अन्तर्गत समूह ‘एफ’