रक्सी छुटाउन २२ वर्षे अभियान | Khabarhub Khabarhub

रक्सी छुटाउन २२ वर्षे अभियान


११ चैत्र २०७५, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

अछाम- मंगलसैन नगरपालिका–६ ठुलासैनस्थित मध्यपहाडी लोकमार्ग सँगै जोडिएको रेणु कोल्ड स्टोर एण्ड गोरी होटलमा बिहानदेखि बेलुकासम्म ग्राहकको चहलपहल भैरहन्छ । यहाँ पाइने खाना–नास्ता, दही–दूध, घीउलगायतका खानेकुरा र होटल सञ्चालक हरिकला तथा उहाँका श्रीमान् गोरप्रसाद भण्डारीको व्यबहारले सबैलाई मोहित बनाउँछ ।

कुनैबेला गोरप्रसादले २४ सै घण्टा मदिरा सेवन गर्थे र घरमा आएर झगडामा उत्रन्थे । त्यसरी भताभुङ्ग हुने अवस्थामा रहेको उनको परिवार यतिबेला आर्थिक, सामाजिक र सबै हिसाबले सबल बनेको छ । आठ वर्ष यता गोरप्रसादले मदिरा सेवन चटक्कै छोडेपछि व्यावसायिक रुपमा दम्पती मिलेर सङ्घर्ष गर्दा सबैतिरबाट सफल भएकामा उनीहरु दङ्ग छन् । होटल सँगै डेरी उद्योगसमेत सञ्चालन गरेकी हरिकला र गोरप्रसादले मनग्य आम्दानी मात्रै गरेका छैनन्, व्यवसायमार्फत जीवनलाई नै कायापलट नै गरेका छन् ।

विगतका वर्षहरुमा मदिरा सेवन गर्ने गरेकै कारण कलह र कटुतापूर्ण सम्बन्ध रहेको हरिकला र गोरप्रसादको वर्तमान भने व्यावसायिक रुपमा सफल र सामाजिक रुपमा अब्बल छ । यसो हुनुको पछाडि गोरप्रसादले मदिरा परित्यागपछि श्रीमतीसँग मिलेर कडा मेहनत गर्नु नै भएको दुबै बताउँछन् ।

अभाव, दबाब र सामाजिक अपहेलना सँगै २२ वर्ष अघिदेखि सामान्य रुपमा चिया र खीर बेच्दै गरेका विगतका ती दिन र मदिराविरुद्ध श्रीमानसँग लड्दाका कठिन क्षणहरु सम्झँदै हरिकलाले भनिन्-‘पहिले त साह्रै अप्ठेरो थियो, पैसा थिएन, भाँडाकुँडा थिएन । श्रीमानले पनि साथ दिने त कता कता, मदिरा सेवन गरेर मलाई र छोराछोरीलाई कुटपिट गर्नु हुन्थ्यो । मैले ठूलो दुःख झेलेकी छुँ ।’ मदिराको लतमा लागेर बिग्रिएका श्रीमान्लाई बाटोमा ल्याउन सबैसँग हारगुहार माग्दै सङ्घर्ष गरेर आफू अघि बढेको हरिकलाले बताइन। अहिले श्रीमानले मदिरा छाडेको र मिलेर काम गरेपछि आफूहरु सफल भएको हरिकलाको भनाइ छ ।

श्रीमान्‌ले साथ नपाएकी र गाउँ समाज सबैतिरबाट अपहेलना खेपेकी हरिकलाले विगत सम्झँदै भावुक भएर भनिन – ‘मेरो विगतको सङ्घर्षको परिणाम स्वरुप आजभोलि सबैबाट प्रशंसा पाइरहेकी छु । व्यावसायिक रुपमा पनि सफल भएकी छुँ । आठ वर्षदेखि श्रीमान्‌ले पनि रक्सि छोडेर मलाई डटेर साथ दिएपछि झनै हौसला बढेको छ ।’

उमेरले ५० वर्ष कटिसकेर पनि श्रीमतीलाई व्यावसायिक रुपमा दरो साथ दिइरहेका गोरप्रसाद अहिले मदिरा खान त परै जाओस् पसलमा आउने ग्राहकले रक्सी शिशीको बिर्को खोलिदिन आग्रह गर्दा पनि खोल्न मान्दैनन् । ८ वर्ष यता मदिरा सेवन चटक्कै छोडेका गोरप्रसाद तीन वर्ष यतादेखि त शुद्ध शाकाहारी नै बनेका छन्।

अभाव र सङ्गतका कारण मान्छे कुलतमा फस्ने गरेको उनको भनाइ छ । आफ्नो नराम्रो बानीबारे उनले भने – ‘पहिला आफ्नो स्थिति पनि त्यस्तै थियो । खल्तीमा पैसा नहुने, काम नहुने, जाँड खाने यस्तै यस्तै, । तर मदिरा छोडेर काम गर्दा अहिले जमीन आकाशको फरक पाएँ । मलाई आर्थिक, सामाजिक र स्वास्थ्यका हिसाबले निकै फाइदा भएको छ । समाजको पनि अगुवा जस्तै छु । पहिले मसँग कोही सोध्न आउँदैनथे ।’रासस

प्रकाशित मिति : ११ चैत्र २०७५, सोमबार  २ : १२ बजे

बागमतीसहित यी प्रदेशमा ठूलो वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

महिला एसिया कप : आइतबार भारत र श्रीलंकाको फाइनल भिडन्त

काठमाडौं – एसिसी महिला एसिया कप क्रिकेटको फाइनलमा भारत र

शनिबारको विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – आज २०८१ साल साउन १२ गते शनिबार सन्

शनिबार, शनिदेवको पूजा गर्नुहोस्

काठमाडौं – आज २०८१ साल साउन १२ गते शनिबार तदनुसार

आज २०८१ साल साउन १२ गते शनिबारको राशिफल

काठमाडौं – आज २०८१ साल साउन १२ गते शनिबार तदनुसार