शेयर बजारमा सोमबार सामान्य सुधार « Khabarhub

शेयर बजारमा सोमबार सामान्य सुधार


११ चैत्र २०७५, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- लगातार घट्दै आएको शेयर बजार सोमबार भने सामान्य अङ्कले वृद्धि भई थामिएको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार कारोवारमापक नेप्से परिसूचक ३.८७ विन्दुले बढेर एक हजार १३८.६७ विन्दुमा पुगेको छ ।

यस्तै ठूला कम्पनीको शेयर कारोवार मापन गर्ने सेन्सेटिभ परिसूचक ०.९५ विन्दुले बढेर २४२.२५ विन्दुमा पुगेको छ । स्टकका अनुसार कूल १६९ कम्पनीको नौ लाख २९ हजार २१७ कित्ता शेयर रु २४ करोड २६ लाख ५९ हजार ५१५ मूल्यमा खरीद बिक्री भएका छन् ।
कारोवार भएका दश उपसमूहमध्ये आज चार उपसमूहको शेयर भने घटेको छ । छ वटा उपसमूहको शेयर भने बढेको छ । जलविद्युत् १.७६, वित्त २.१४, उत्पादन २३.७९ र अन्य उपसमूह ३.९७ विन्दुले घटेको छ ।

यस्तै बैंकिङ ४.७३, होटल ८.५४, विकास बैंक १०.२५, निर्जीवन बीमा ४२.७५, लघुवित्त ५.८७ र जीवन बीमा ५०.३ विन्दुले बढेको छ । स्टकका अनुसार ग्लोबल आइएमइ लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले ५.८६ प्रतिशतले कमाएका छन् । नेपाल हाइड्रो डेभलपर्स ३.२५, रिडी हाइड्रो पावर ३.२३, आरम्भ लघुवित्त वित्तीय संस्थाका शेयरधनीले ३.२२ प्रतिशतले कमाएका छन् ।

यस्तै युनिभर्सल पावर कम्पनीका शेयरधनीले दश प्रतिशतले गुमाएका छन् । यस्तै शिवम् सिमेन्ट ९.८०, जनउत्थान सामुदायिक लघुवित्त वित्तीय संस्था ५.९२, ग्लोबल आइएमइ समुन्नत स्किम एकका शेयरधनीले ३.८९ प्रतिशतले गुमाएका छन् ।

कारोवारका आधारमा मुक्तिनाथ विकास बैंकको संस्थापक शेयर रु दुई करोड आठ लाख, नागरिक लगानी कोष रु एक करोड १२ लाख २९ हजार ८२, नेपाल क्रेडिट एण्ड कमर्सियल बैंक रु ८८ लाख ६४ हजार ४९८, माथिल्लो तामाकोशी जलविद्युत् कम्पनी रु ८४ लाख ३६ हजार २५, नेपाल लाइफ इन्स्योरेन्स कम्पनी रु ८२ लाख ८२ हजार ७५६ कारोवार भई शीर्ष स्थानमा रहेका छन् ।

प्रकाशित मिति : ११ चैत्र २०७५, सोमबार  ४ : ४२ बजे

रोहित शेट्टीको घरमा फायरिङ : बिश्नोई गिरोहको धम्की

काठमाडौं– बलिउडका चर्चित निर्देशक रोहित शेट्टीको मुम्बईस्थित जुहूको घर ‘शेट्टी

पाठेघरको मुखको क्यान्सरविरुद्ध खोप लगाइँदै

त्रिवेणी– यही माघ २७ गते रुकुम पश्चिममा एक हजार ८००

यूएईले दुई सय ६७ नेपाली बन्दीलाई दियो आममाफी, सरकारद्वारा कृतज्ञता व्यक्त

काठमाडौं– नेपाल सरकारले संयुक्त अरब इमिरेट्स (यूएई) सरकारको ५४औँ राष्ट्रिय

के हो पत्रकार दिनेश सिटौलाको ज्यान लिएको ‘सबअरेक्नोइड हेमरेज’ ?

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन (बालेन्द्र)

स्याङ्जामा वडा सदस्यसहितका युवाहरू कांग्रेस प्रवेश 

काठमाडौं– स्याङ्जामा नेकपा एमालेका वडा सदस्यसहितका युवाहरू पार्टी परित्याग गरी