राधेराधेस्थित प्रजापति कम्प्लेक्समा आगलागी, ८० लाख बराबर क्षति « Khabarhub

राधेराधेस्थित प्रजापति कम्प्लेक्समा आगलागी, ८० लाख बराबर क्षति


२८ कार्तिक २०८३, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

भक्तपुर– मध्यपुरथिमि-९ राधेराधेस्थित प्रजापति कम्प्लेक्सको सातौँ तलामा आज बिहान आगलागी हुँदा करिब रु ८० लाख बराबरको क्षति भएको छ ।
    
आज बिहान करिब ८:०० बजे प्रजापति कम्प्लेक्सका सञ्चालक कुमार प्रजापतिले आफ्नो पसल खोल्ने क्रममा धुवाँको मुस्लो देखेपछि दमकल र प्रहरीलाई जानकारी गराएका थिए ।

आगलागीबाट सातौँ  तलामा रहेको ‘द ट्रयाङ्कुली टाइम्स स्पा एण्ड वेलनेश प्रालि’ मा विद्युत् सर्ट भई आगलागी भएको स्पाका सञ्चालक नरेश रन्जितले जानकारी दिए । 
    
उनले भने, ‘बिहान अचानक विद्युत् सर्ट भएर स्पामा आगालागी भएको हो । यसबाट स्पाको मात्रै करिब ६० लाख बराबरको भौतिक सम्पत्ति नष्ट भएको छ, पाँच वर्षदेखि सञ्चालनमा आएको स्पाले आगलागीबाट ठूलो क्षति व्यहोर्नुपरेको छ ।’
    
आगलागीबाट करिब २० लाख बराबरको क्षति भएको कम्प्लेक्सका सञ्चालक प्रजापतिले जानकारी दिए । कम्प्लेक्स र स्पामा गरी करिब ८० लाख बराबरको क्षति भएको अनुमान गरिएको जिल्ला प्रहरी परिसर भक्तपुरका प्रमुख एवं प्रहरी उपरीक्षक सूर्यबहादुर खड्काले जानकारी दिए । 

उनका अनुसार आगलागी भएको करिब डेढ घण्टामा जुद्ध बारुण यन्त्र भक्तपुर, सशस्त्र प्रहरी बल नेपाल औद्योगिक सुरक्षा बेस ब्यासीबाट आएको टोली र प्रहरी वृत्त थिमिबाट आएको प्रहरीको टोलीले आगो नियन्त्रणमा लिएको थियो । नेपाली सेना रणशेर गण सूर्यविनायकको टोलीले पनि आगलागी नियन्त्रणमा सहयोग गरेको थियो ।  
    
आगलागी बिहान भएकाले घटनामा कुनै मानवीय क्षति नभएको प्रहरी उपरीक्षक खड्काले जानकारी दिए । अग्लो भवनको माथिल्लो तलमा आगलागी हुँदा पानीको फोहोरा माथिसम्म पुर्‍याउन दमकललाई केही कठिनाइ भने भएको उनले बताए। 

जुद्ध बारुण यन्त्र भक्तपुरका प्रमुख विजय धौभडेलले अग्लो भवनमा हुने आगलागी नियन्त्रणमा लागि नेपालमा पनि ड्रोन प्रविधि भित्र्याउन माग गरिरहेको बताउँदै सरकारले अग्लो भवनमा हुने आगलागी नियन्त्रणका लागि नयाँ प्रविधि भित्र्याउनुपर्नेमा जोड दिए ।

प्रकाशित मिति : २८ कार्तिक २०८३, शनिबार  १२ : ४३ बजे

राधेराधेस्थित प्रजापति कम्प्लेक्समा आगलागी, ८० लाख बराबर क्षति

भक्तपुर– मध्यपुरथिमि-९ राधेराधेस्थित प्रजापति कम्प्लेक्सको सातौँ तलामा आज बिहान आगलागी

घान्द्रुक, सिक्लेस र ल्वाङमा पर्यटकको घुइँचो, बास पाउनै मुस्किल

गण्डकी– तिहार र छठको बिदासँगै पर्यटकीय याम उत्कर्षमा पुगेपछि कास्कीका

सार्वजनिक बिदामा पनि आरटीजीएस प्रणाली सञ्चालन हुने

काठमाडौँ– नेपाल राष्ट्र बैंकले छठ पर्वका अवसरमा सार्वजनिक बिदा परे

चीन भ्रमणमा जानुअघि सभापति लामिछानेसँग रास्वपा सांसदहरूको छलफल

काठमाडौँ– चीन भ्रमणमा जान लागेको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को उच्चस्तरीय

गोरखाको धार्चेमा भीषण पहिरो

गोरखा– गोरखाको धार्चे गाउँपालिका–१ स्थित ठाडो भर्‍याङको जंगल क्षेत्रमा भीषण