वन कर्मचारीको कमाउ धन्दा, जडिबुटी निकासीमा डेढ करोडको घोटाला « Khabarhub

वन कर्मचारीको कमाउ धन्दा, जडिबुटी निकासीमा डेढ करोडको घोटाला


११ चैत्र २०७५, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font


काठमाडौं– तत्कालीन जिल्ला वन कार्यालय डोल्पाका कर्मचारीले जडिबुटी निकासीमा अनियमितता गरेको भन्दै विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर भएको छ ।

जिल्ला वन कार्यालयका कर्मचारीहरुले स्थानीय जग्गा धनी तथा जडिबुटी ठेकेदारसँगको मिलेमतोमा डेढ करोड रुपैयाँ बराबरको अनियमितता गरेको अख्तियार दुरुपयोग अनुसन्धान आयोगको छानबिनबाट पत्ता लागेको छ ।

तत्कालीन जिल्ला वन अधिकृत राम तिवारी ठाकुरसहितले निजी हकभोगको जग्गाबाट जडिबुटी संकलन गरेको भनी नक्कली छुटपूर्जी बनाएर राष्ट्रिय वनबाट संकलन गरिएको जटामसी बाहिरी जिल्ला निकासी गरेका थिए ।

जिल्ला वन अधिकृत ठाकुरसहितको मिलेमतोमा १ लाख ८५ हजार ९ सय ९६ किलो जटामसी नक्कली छुटपूर्जी बनाएर जिल्ला बाहिर निकासी गरिएको थियो । अख्तियारका अनुसार उक्त जटामसीको मूल्य १ करोड ४८ लाख ६९ हजार ६ सय ८० रुपैयाँ बराबरको हुन आउँछ ।

अख्तियारले तत्कालीन जिल्ला वन अधिकृत ठाकुर, फरेस्टर रुद्र बहादुर बुढा तथा भीम बहादुर बुढाविरुद्ध जनही १ करोड ४८ लाख ६९ हजार ६ सय ८० रुपैयाँ बिगो, जरिवाना र कैद सजाय माग गर्दै सोमबार विशेष अदालतमा मुद्दा दायर गरेको हो ।

प्रकाशित मिति : ११ चैत्र २०७५, सोमबार  ५ : १३ बजे

आर्सनललाई जिताएका म्याडुएके : बेन्चबाट मैदान छिर्दै बने खेलका नायक

काठमाडौँ – नोनी म्याडुएकेको निर्णायक गोलको मद्दतले इङ्लिस प्रिमियर लिगमा

यो वर्ष नवरात्रको नवौँ दिनमा पनि किन महाअष्टमीकै कर्म दोहोर्‍याउनुपर्ने ?

काठमाडौँ – नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले यस वर्षको नवरात्रमा

सिन्धुली सुमो दुर्घटनाका मृतक, बेपत्ता र घाइतेको पहिचान खुल्यो

खोटाङ – काठमाडौँबाट खोटाङ आउँदै गरेको को १ ज २९७६

सोमबार भगवान शिवको पूजा गर्नुहोस्

काठमाडौँ – २०८३ साल कात्तिक २ गते सोमबार सन् २०२६

आज २०८३ साल कात्तिक २ गते सोमबारको राशिफल

काठमाडौँ – २०८३ साल कात्तिक २ गते सोमबार सन् २०२६